Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्य उम्मेदवार महेन्द्र यादवले आफूले बोलेर होइन आफूले काम गरेर देखाउने बताएका छन् । एमाले, राप्रपा, जसपा सम्मिलित तीन दलीय गठबन्धनबाट उम्मेदवार बनेका यादवले आफूले दोहोरो चरित्र नदेखाइ जनताको सेवामा लाग्ने बताएका हुन् । भैरहवामा आयोजित कार्यक्रममा उनले जनताको अगाडि काम गरिदिए जस्तो गर्ने र पछि काम नगर्ने चरित्र आफूमा नहुने बताए ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच जनाको ज्यान जानेगरी आज विहान नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङटार गाउँपालिका–२ मथारमा भएको सवारी दुर्घटनप्रति दुःख व्यक्त गरेका छन् । ‘पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले स्तव्ध भएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’ घाईतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत उनले जनाएका छन् । आज भएको दुर्घटना ५ जनाको मृत्यु र ३० जना घाइते भएका थिए । मृतकको सनाखत हुन बाँकी रहेको छ । पाल्पाको हुगीदेखी दर्शनार्थी लिएर मनकामना आउँदै गरेको…
कात्तिक १२, काठमाण्डौ – नेपाली कांग्रेसले मंसिर चार गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । चुनावी प्रतिबद्धतापत्र भनिएको घोषणापत्रमा ’संविधानको रक्षा स्थायित्व र सम्मुनतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य भन्ने नारा उल्लेख छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले घोषणापत्र लेखेको हो । पुराना घोषणापत्रको समीक्षासहित आवश्यक थप विषयवस्तु अहिलेको घोषणापत्रमा समावेश गरिएको घोषणापत्र लेखन समितिका प्रवक्ता एवम् सहमहामन्त्री जीवन परियारले बताउनुभयो ।
कात्तिक १२, उत्तर कोरियाले छोटो दूरीका दुई वटा क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको छ । आणविक हतियारको प्रयोगले उत्तरकोरियाको शासनको अन्त्य हुने अमेरिकी सेनाको चेतावनीलाई बेवास्ता गर्दै उत्तरकोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको समाचारसंस्था एपीले जनाएको छ । हिजो पूर्वी तटीय टोङगचोन क्षेत्रबाट प्रक्षेपण गरिएका दुई वटा क्षेप्यास्त्र २४ किलोमिटर उचाइमा झण्डै २ सय ३० किलोमिटर उडेका जनाएको छ । दक्षिण कोरियाले विज्ञप्ति निकालेर प्रक्षेपणको कडा शब्दमा निन्दा गरेको छ । दक्षिण कोरियाले प्रक्षेपणलाई गम्भीर उत्तेजना भन्दै त्यसले कोरियाली प्रायद्वीपको क्षेत्रीय शान्तिमा आँच पुर्याएको तथा क्षेप्यास्त्र निर्माणसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन भएको बताएको छ । जापानी रक्षा मन्त्रालयले प्रक्षेपण पत्ता…
कात्तिक १२, काठमाण्डौ – मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले आवश्यक सामग्रीहरु जिल्लामा पठाउन सुरु गरेको छ । मतपेटिका, छेकाबारा, स्वस्तिक छाप लगायतका विभिन्न ५७ प्रकारका सामग्रीको ढुवानी सुरु गरिएको आयोगले जनाएको छ । आयोगकाअनुसार हिजोदेखि सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो । अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने आयोगले जनाएको छ । आयोगकाअनुसार जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउनेछन् । आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन सामग्रीको ढुवानीको काम भइरहेको जनाएको छ । मतपत्र ढुवानीको काम पनि भइरहेको छ । अहिलेसम्म…
भारतले विना सूचना विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गयो
कात्तिक १२, काठमाण्डौ – महाकाली नदीपारि भारतले सडक चौडा पार्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गएको छ । अर्की बालिका घाइते भएकी छिन् । हिजो भएको घटनामा व्यास गाउँपालिका–२ दुम्लिङका हिक्मत महराका छोरा ९ वर्षीय पवनको ज्यान गएको हो । हिक्मतकी छोरी १४ वर्षीया सरिना घाइते भएकी छिन् । उनको खुट्टामा चोट लागेको र अहिले जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गल सिंह धामीले जानकारी दिनुभयो । उहाँकाअनुसार भारतले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विना सूचना विस्फोट गराउँदा घटना भएको हो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्याउने काम…
काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्न सुरु गरेको छ । रातको समयमा सडक तथा नदी किनारा लगायत सार्वजनिक स्थलमा फोहोर फाल्न आउनेलाई कारबाही गर्ने गरिएको महानगरले जनाएको छ । महानगरका अनुसार जथाभावी फोहोर फाल्नेसँग जरिबानाबापत ४ लाख ५ सय रुपैयाँ संकलन भएको छ । महानगरको वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा १ लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए । फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजार रुपैयाँदेखि…
काठमाडौँ । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयर बापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार सेयरधनीले आवेदन दिएका छन् । कम्पनीले सेयर बापतको रकम बुझाउन गत ४ असोजदेखि आवेदन माग गरेको थियो । प्रतिकित्ता १० रुपैयाँ बुझाएका १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनी मध्ये झण्डै ७८ हजारले बाँकी रकम चुक्ता गरेका हुन् । साविकका सर्वसाधारण सेयरधनीबाट अङ्कित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ सङ्कलन गरिने छ । आवेदन दिने अन्तिम मिति १७ कात्तिक रहेको कम्पनीले बताएको छ । कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद…
काठमाडौँ । ‘मेमोरी किङ’ अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन्। अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लन्डनको ‘वर्ल्ड बुक अफ रेकर्डस्’ को कार्यालयबाट नेपाल आएलगत्तै सार्वजनिक गरेका हुन्। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले उनलाई बधाई दिँदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन्। १ मिनेटमा ८३ वस्तुहरूको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान, साधना र मेमोरी टेक्निकहरूलाई दिन्छन्। शर्माले यसअघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुहरूको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए। ‘यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गर्दै आगामी दिनमा…
काठमाडौं । कास्कीमा बन्दुकको छर्रा लागेर एक जना महिला घाइते भएकी छन् । शनिबार बिहान साढे ८ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ खैमराङमा घाँस काट्दै गरेकी महिला बन्दुकको छर्रा लागेर घाइते भएकी थिइन् । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले साँझ एक जनालाई बन्दुकसहित पक्राउ गरेको कास्की प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए । उनका अनुसार घटनालगत्तै खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही वडाका २२ वर्षीय आइत सिंह तामाङ छन् । उनको साथबाट एक नाले भरुवा बन्दुक फेला पारेको डिएपी तिवारीले बताए । तामाङलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा…