Author: सूचनापाना

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसार अन्तर्गत राजनीतिक दलहरुले कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म जुलुस, आमसभा, कोणसभा र सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न पाउने छन् ।  ‘मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोबमोजिम निर्वाचन प्रचारप्रसार समेत गर्न सकिने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,’ निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गरी भनेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक…

Read More

काठमाडौं । बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। लामिछानेविरुद्धको मुद्दामा सोमबारदेखि नै थुनछेक बहस सुरु हुने भएको छ । उनले प्रहरी हिरासतबाटै आफूमाथि अदालतमा परेको मुद्दा लड्ने भएका छन् । प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी…

Read More

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।  आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो । उक्त घोषणापत्रमा घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्ने घोषणा गरेको छ । साथै तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान र विजुली उपभोगमा सहुलियत दिन पहल गर्ने पनि सो पार्टीले घोषणापत्रमा समेटेको छ । यसबारे ‘ऊर्जा उत्पादनमा वृद्धि : राष्ट्रको आर्थिक समृद्धि’ भन्ने शीर्षकमा उल्लेख गरिएको छ : घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्दै आकर्षक प्रतिफल…

Read More

विराटनगर । मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको हत्या भएको छ । आइतबार राति दमक नगरपालिका-१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको हत्यामा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका पाँच जना १८ वर्षमुनीका किशोर छन् । पक्राउ परेकाहरूले पूर्व रिसइसवी र मेलामा मुख छाडेको निहुँमा छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ र झापाको सीमा भएर बग्ने मावा खोलाको उर्लाबारी नगरपालिका वडा–७ खण्डमा लागेको छठ मेलामा श्रेष्ठमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी । बझाङमा ६ वर्षीया बालिका बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–२ का ७० वर्षीय धनगिरी सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडितहरूले गत भदौ ९ गते सार्कीले ती बालिकालाई चक्लेट, बिस्कुट दिन्छुँ भन्दै ललाई फकाई ३ पटक लगातार बलात्कार गरेको बताएका हुन् । खेतमा जाँदा बालिका सार्कीलाई देखेर डराउँदै लुकेपछि उनलाई किन डराएको भनी सोध्दा बालिकाले घटनाबारे बताएको बताइएको छ । बालिकाकी आमा माइती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा ल्याएर करणी गरेको पीडित बालिकाको परिवारले जनाएको हो । जिल्ला प्रहरी कार्यालय बझाङले सार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताएको…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।  सोमबार सार्वजनिक गरेको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको शासकीय स्वरुप अघि सारेको माओवादीले संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशसभा पनि प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख रहने उल्लेख गरेको छ । विपन्न, असहाय तथा ज्येष्ठ नागरिकका लागि सामुदायिक आवास बनाउने, ५ वर्षमा गरिबीको दर आधा घटाउने, गरिबिको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न ५ लाख रुपैयाँसम्मको बिउ पूँजीविना धितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने पनि माओवादीले घोषणापत्रमा उल्लेख गरेको छ ।

Read More

काठमाडौं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।  घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गरेृका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

Read More

एजेन्सी । सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु भएको छ । शनिबार शिक्षा मन्त्रालयबाहिर भएको उक्त विस्फोटमा ३०० जना घाइते भएका सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै भनेका छन् । राष्ट्रपति हसन शेख मोहम्मदले विस्फोट स्थलको भ्रमणपछि भने, ‘विस्फोटमा बच्चाहरूलाई काखमा राखेका आमाहरू, स्वास्थ्य बुबाहरू, पढ्न पठाइएका विद्यार्थीहरू, आफ्नो परिवारको जीवनसँग संघर्ष गरिरहेका व्यवसायीहरूको दुःखद मृत्यु भएको छ ।’ आक्रमणको जिम्मा कुनै समूहले लिएको छ । तर, आक्रमणमा मुस्लि लडाकु समूह अल सहबाबको संलग्नता रहेको राष्ट्रपतिले दाबी गरेका छन ।

Read More

काठमाडौं । गायन विधामा बिशेष रुची रहेकै कारण अमेरिकामा बसेर नेपाली गीत संगीतमा समय खर्चिने व्यक्ति हुन् गायक छबि न्यौपाने । आफ्नो व्यवसायलाई थाती राखेर नेपाली गीत संगीतलाई प्रबर्धन गर्ने कार्यमा उनि निरन्तर लागिपरिरहेका छन् । गीत संगितलाई निरन्तरता दिने क्रममा हालैमात्र न्यौपानेको आफ्नै स्वरमा सजिएको ‘टन्नै माया तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक छबि न्यौपाने संगै गायिका मिलन नेवारले स्वर भरेकी छिन् । गोपी दाहालको शब्द रहेको गीतलाई अम्बर तुम्बापो सुब्बाले संगीत र गोपाल रसाइलीले अरेन्ज गरेका छन् । अहिलेको समयलाई मध्य नजर गरेर गीत निर्माण गरिएको देखिन्छ । म्युजिक भिडियोको दुनियामा राम्रो छाप छोड्न सफल…

Read More

गोरखा । नेसपाका अध्यक्ष डा। बाबुराम भट्टराईले आगामी दिनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने बताएका छन् । गोरखामा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने र जिल्लाको विकास पनि हुने भट्टराइको भनाइ छ । उनले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट…

Read More