Author: सूचनापाना

रामेछाप । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले रामपुरवासीको समस्या समधान गर्ने जिम्मा लोकतान्त्रिक बाम गठबन्धनले लिने बताएका छन् । सोमबार रामेछाप नगरपालिकाको वडा नं ५ रामपुरमा वडा स्तरीय चुनाबी सभामा आफ्नो भनाई राख्ने क्रममा रामपुरवासीका धेरै समस्याहरु रहेको र ति समस्या समधान गर्ने जिम्मा लोकतान्त्रिक‌ बाम गठबन्धनको‌ रहेको बताएका हुन् । रामपुरको‌ गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा उपलब्ध, भौतिक विकास, सभ्य समाज निर्माण लगयतका कामलाई आफूहरुले पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । वडा स्तरीय सभामा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायाण…

Read More

काठमाडौं – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको अभियोगमा बुधबारदेखि थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसको पहिलो दिन आज काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताए । उनले जबर्जस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न नसकेको बताए । उनले पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्ने बारेमा पनि वकालत गरेको बताए । उनले आफूहरूले पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर वकालत गर्नुपर्नेमा जोड दिएको पनि बताए । नागरिकता जागिर खानलाई सहज बनाउनका लागि घटाएर बनाइने प्रचलन रहेकाले जन्म…

Read More

बुटवल । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढेको बताएका छन् । उनले सत्ता गठबन्धनका नेताहरु निजी स्वार्थमा लाग्दा राष्ट्रियता कमजोर बन्दै गएको आरोप समेत लगाए । देवदह–२, मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादीको संयुक्त प्रचार प्रसार कार्यालयको बुधबार उदघाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार विश्वकर्माले राष्ट्रको अहितमा काम गरेकाले सत्ता गठबन्धनलाई परास्त गर्ने बेला आएको बताए । रुपन्देहीको क्षेत्र नम्वर १ का विभिन्न स्थानलाई जोड्ने गरी सडक सञ्जालका योजनाहरु अगाडि बढेको बताउँदै एमाले सचिव विश्वकर्माले एमालेको सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै एक पालिका…

Read More

बारा । बाराको निजगढ नगरपालिका ८  स्थित अस्सी बिगाहमा रहेको तीन विघा उखुखेतीमा भिषण आगलागी भएको छ । आज दिउँसो ४ बजेदेखि सुरु भएको आगो दुई घण्टापछि नियन्त्रणमा आएको हो । स्थानीय हिरा सारु मगरको १ विघा र राम खत्रीको २ विघा उखुखेतीमा आगो लागेको हो । आगोलागीबाट करिब १५ लाखको उखु नष्ट भएको किसान हिरा सारु मगरले जानकारी दिए । आज दिउँसो एकासी लागेको आगलागीबाट तीन विघा जमिनमा लगाएकोे उखु पूर्ण रुपमा जलेर नष्ट भएको हो । ‘बारीमा पाकेको उखु विक्री गर्ने तयारीमा लागि परेका थियौं,’ किसान मगरले भने, ‘तयारी उखु जलेर पूर्ण रुपमा नष्ट भयो । कसले के कारणले उखु…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ जुद्द शालिक नजिक एक जनाको शव फेला परेकोमा प्रहरीले उनको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ घर भएका ६२ वर्षीय जितबहादुर लामालाई पक्राउ गरेको जनाएको छ । अन्दाजी ४४–४५ वर्षका पुरुषको शव जुद्द शालिक नजिक फेला परेको थियो । शव फेला परेपछि प्रहरी वृत्त जनसेवाबाट प्रहरी नायब उपरीक्षक सहितको प्रहरी टोली घटनास्थलमा पुगी घटनास्थललाई सुरक्षित राखिएको र घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक सहितको अपराध अनुसन्धान अधिकृतको प्रहरी टोली खटिएको थियो । घटनास्थलमा त्रिवि…

Read More

रामेछाप । उमेदवारका लागि जिल्लाबाट नाम सिफारीस गर्ने बेलामा आकांक्षि नभएपनि पार्टीको निर्णय चित्त नवुझाएर प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उमेदवारी दिएका रामेछापका ४ जनाले आफ्नो प्रचार प्रसार तिव्र वनाउन सकेका छैनन् । आवेग र उक्साहटमा लागेर उमेदवार वनेकाहरु निर्वाचनमा विजय हुने कुरामा आशावादी पनि छैनन् । केहिले मुख्य उमेदवार हराउनका लागि आफ्नो ध्यान केन्द्रीत गरेका छन् ,तर उनिहरु आफैलाई पनि मुख्य उम्मेदवारलाई हराउन सकिनेमा विश्वास लागेको छैन । प्रतिनिधिसभा सदस्य पदका लागि यस पटक स्वतन्त्र उमेदवारी दर्ता गराउनेको संख्या ४ जनानै विगतमा कुनै तहमा निर्वाचित व्यक्ति हैनन् । उनिहरुको लामो राजनीतिक ईतिहास समेत छैन् । चार मध्ये सैपु घर…

Read More

काठमाडौं । निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिता भित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ । मङसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कार्तिक १७ गते देखि राजनीतिक दलहरुले गर्ने आमसभा, कोणसभा तथा अन्य प्रचारप्रसारका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरणको विषयमा आयोगले पुनः ध्यानाकर्षण गराएको हो । निर्वाचन आचारसंहिता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानुन, निर्वाचन ऐन, नियम र निर्वाचन आचारसंहिता प्रतिकूल हुनेगरी सभा, समारोहहरु नगर्न आग्रह गरे । राजनीतिक दलहरूले अर्काको कार्यक्रम बिथोल्न लागेमा र अर्कालाई आरोप–प्रत्यारोप गरेमा कारबाहीको भागिदार हुने उनले स्पष्ट पारे । उनले राजनीतिक…

Read More

काठमाडौं । सर्वोच्च अदालतले सरकारी कोषबाट सुविधा प्राप्त गर्ने निर्वाचित पदाधिकारीसमेत लाभको पद धारण गर्नेभित्र पर्ने नयाँ व्याख्या गरेको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पदमै रहेर भाग लिन पाउनुपर्ने हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका तत्कालीन अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमा सर्वोच्चले स्थानीय तहका निर्वाचित पदाधिकारीको पदलाई लाभको पदको व्याख्या गरेको हो। प्रतिनिधि सभा निर्वाचनको सम्मुखमा उम्मेदवार हुनेको लाभको पदबारे विवाद भइरहेका बेला सर्वोच्चले फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको हो। अदालतले संविधानको धारा ३०६ को (छ)ले गरेको तलब, भत्ता तथा अन्य कुनै पनि सुविधालाई पारिश्रमिक मान्ने परिभाषा तथा सम्बन्धित निर्वाचन ऐनहरूको व्यवस्थामा टेकेर सो व्याख्या गरेको छ। न्यायाधीशद्वय तेजबहादुर…

Read More

काठमाडौं । जबरजस्ती करणीको कसुरमा मुद्दा चलाइएका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस आज हुने भएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिएपछि बुधबार थुनछेक बहस हुन लागेको हो । मंगलबारबाट सन्दीपको बयान लिन सुरु गरिएको भए पनि केही समय बत्ती गएको र बयान लामो भएको कारण मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । मंगलबार साँझसम्म बयान लिएर सकाएपछि सन्दीपविरुद्धको मुद्दा न्यायाधीश घिमिरेले हेर्दाहेर्दैमा राखेका छन् । बुधबार इजलास खुल्ने बित्तिकै उनीमाथि थुनछेक बहस सुरु हुनेछ । सम्भव भएसम्म बुधबार नै थुनछेक बहस सकाउने तयारी गरिएको छ । यद्यपि सरकारी वकिल र प्रतिवादीका वकिल गरी…

Read More

काठमाडौं । भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग)ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो। भारत सरकारले गत भदौ २३ गते सूचना जारी गर्दै धान निर्यातमा नेपाल, भुटानसहितका मुलुकमा पनि धानको निर्यातमा २० प्रतिशत भन्सार शुल्क कायम गरेको थियो । उक्त सूचना जारी भएदेखि नै वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चामल, दाल, तेल संघले नेपाल तथा भारतका सम्बद्ध निकायहरूमा नेपालको लागि…

Read More