Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज नगरपालिकाभर सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गरी हरिबोधिनी एकादशीका दिन नगरपालिका कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका संघ संस्थामरुमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । नगर कार्यपालिकाको छैटौं बैठकले उक्त विदा दिने निर्णय गरेको हो । सुन्दरबजार नगरपालिका-७ पाउँदी स्थित कर्मदा नदीका शिवजी मन्दिरमा एकादशी मेला लाग्ने गर्दछ । एकादशी मेला भर्नको लागि पाउँदीमा ठूलो भीड लाग्ने हुँदा यस क्षेत्रका कार्यालय, विद्यालय र संघसंस्थाहरु प्रभावित बन्दै आएका थिए । पाउँदीस्थित मस्र्याङ्दी किनारमा मेला भर्ने भक्तजनहरुको भीड लाग्ने गर्दछ भने फूलको डोली तार्न गाउँबाट भक्तजनहरु…
आफ्नो पक्षमा माहोल बनाउन देश दौडाहा दलहरु, एमाले र कांग्रेस सुदूरपश्चिम केन्द्रित, गोरखामा प्रचण्ड
काठमाडौं । चुनावमा आफ्नो पक्षमा माहोल बनाउन दलहरुले देश दौडाहा सुरु गरेका छन् । निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन प्रचार प्रसारका आमसभा, र्यालीलगायतका कार्यक्रम गर्न छुट दिएसँगै दलहरुले देश दौडाहा सुरु गरेका हुन् । चुनावी प्रचारप्रसारका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । बिहीबार नै धनगढी पुगेका ओली आज सुदूर पश्चिम प्रदेशको दार्चुलाबाट चुनावी सभाको सुरुवात गर्ने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो । ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन…
सुर्खेत । नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले ११ औँ नेपाल युरोपेली युनियन चलचित्र महोत्सव पहिलोपटक सुर्खेतमा आयोजना गर्ने भएको छ । चलचित्र महोत्सव यही कात्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालयको कुइनेपानीस्थित सेमिनार हलमा आयोजना हुन लागेको हो । निःशुल्क हेर्न सकिने महोत्सवमा ५ युरोपियन र ३ नेपाली चलचित्र प्रर्दशन गरिनेछ । ‘‘दुई वर्षको अन्तरालपछि सिनेमा हलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै ३ नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौँ, सिनेमा साँस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र साँस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरुलाई हामी कसरी हेर्छौं भन्ने हाम्रो बुझाइलाई सम्वृद्ध…
काठमाडौं । जर्मनीका फरवार्ड टिमो वेर्नरले कतारमा यही महिना कतारमा सुरु हुने पिफा विश्वकप फुटबल गुमाउने भएका छन् । एंकलको चोटका कारण वेर्नरले कतार विश्वकप गुमाउने भएका हुन् । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार आरबी लाइपजिगले साख्तर डोनेस्कलाई ४-० ले पराजित गर्दा वेर्नर घाइते भएका थिए । २६ वर्षीय वेर्नर १९ मिनेटपछि नै मैदानबाट बाहिरिएका थिए । वेर्नरको क्लब लाइपजिगले बिहीबार उनको चोट पुष्टि गर्दै २०२२ भरीका लागि खेल बाहिर हुने जनाएको छ । वेर्नरले जर्मनीका लागि ५५ खेल खेल्दै २४ गोल गरिसकेका छन् । प्रिमियर लिग क्लब चेल्सीका लागि समेत खेलेका उनी यसै वर्ष फेरि लाइपजिगमै फर्केका थिए ।
काठमाडौं । बलात्कार अभियोग लगाइएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जवाफी बहस हुनेछ । सन्दीपका तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएपछि आज जवाफी बहस हुन लागेको हो । जिल्ला अदालत काठमाडौंमा बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लभ मैनाली, रमण श्रेष्ठ र शम्भु थापाले बहस गरेका थिए । उनका तर्फबाट अधिवक्ता सविना भण्डारीले पनि बहस गरिन् । सन्दीपकै तर्फबाट बुधबार अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौड्यालले बहस गरेका थिए । बिहीबार समयाभावका कारण सरकारी वकिलको तर्फबाट जवाफी बहस भएन । त्यसैले सन्दीपविरुद्धको मुद्दा आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आज सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता महेश खत्रीले जवाफी बहस गर्नेछन् ।…
बाँके । राष्ट्रिय जनमुक्ति पार्टीबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार बनेकी विद्या शर्मा सरकारी कागजात किर्ते गरेको आरोपमा जेल पर्नुभएको छ । नेपालगञ्जका ‘राजनीतिक हस्ती’ डा. धवलशमशेर राणा, मो.इस्तियाक राईसँग चुनावी प्रतिस्पर्धा गर्ने अठोटका साथ उम्मेदवार बनेकी शर्माले असोज २३ गते नेपालगञ्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । ‘घर’ चुनाव चिह्न र ‘देश बचाऔं, देश बनाऔं’ नारा रहेको उक्त पार्टीले ‘नयाँ नेपाल निर्माणको संवाहक’ विद्या शर्मा लेखिएको पर्चा समेत बनाइसकेको छ । तर, सरकारी कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको शर्माले जेलभित्रबाटै चुनाव लड्नुपर्ने देखिएको छ । शर्मालाई हाल बर्दिया कारागारमा राखिएको…
काठमाडौं । सर्लाहीको बसबरिया–३ मानपुरका ६० वर्षीय उत्तिम सहनीले वाग्मतीमा जाल हालेर माछा मार्न थालेको चार दशकभन्दा बढी भइसक्यो । त्यति नै वर्ष भयो, उनले निर्वाचनमा भोट हाल्न थालेको पनि । उनी जालमा माछा पार्छन् तर नेताहरू उनलाई जालमा पार्छन् । ‘हरेक चुनावमा नेताले नयाँनयाँ बहाना बनाएर हामीलाई जालमा पार्दै आएका छन्,’ मनुषमारा नहरमा माछा मार्दै गरेका उनले भने, ‘नेताको जालबाट उम्किन कहिल्यै सकेनौं ।’ गरिबीका कारण नेताहरूले झुक्याउँदै आएको उनले बताए । ‘सन्तानका लागि राम्रो होला भनेर पटकपटक भोट खसाल्न गयौं,’ जाल हान्दै गरेका उनले आफ्ना दुई छोरालाई देखाउँदै भने, ‘नेताहरूको झुटा आश्वासनले मसँगै यिनीहरू पनि जालमा परिरहेका छन्…
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा व्यस्त भएका छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार गृहजिल्ला डडेल्धुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा चुनावी सभामै व्यस्त बनेका छन् । प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नेछन् । देउवाले कात्तिक २० गते बिहान ११ बजे…
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान दार्चुलाको चुनावी सभामा सहभागी हुने भएका छन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका एमालेको चुनावी अभियान सुरु गर्न उनी आज दार्चुला जाने कार्यक्रम रहेको नेकपा एमालेले जनाएको छ । ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा आमसभालाई सम्बोधन गर्नेछन् । आजै दिउँसो २ बजे बैतडी र अपराह्न ४ बजे कञ्चनपुरमा पार्टीको चुनावी अभियानमा सहभागी हुने बताइएको छ । बिहीबारदेखि चुनावी प्रचारप्रसार गर्न खुला गरिएको छ । त्यससँगै दल र नेताहरू चुनावी सभामा केन्द्रित हुन थालेका छन् ।
काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । देशका अन्य भूभागको मौसम सामान्यतः सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ। शनिबार प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।