Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
रामेछाप । रामेछापको गर्जाङदेखि देवीटारसम्मको १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। गोकुलगंगा गाउँपालिका-१ गर्जाङदेखि मन्थली नगरपालिका-१३ फलासीको न्यु खिम्ती सबस्टेसनसम्मको उक्त प्रसारण लाइन पूरा भएपछि खिम्ती खोलामा बनेको उपल्लो खिम्ती र माथिल्लो खिम्ती जलविद्युत् आयोजनाबाट उत्पादित १९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । नेपाल विद्यत् प्राधिकरणले बनाएको ३१ किमि लामो प्रसारण लाइन ०७३ सालदेखि निर्माण थालिएको थियो । कोभिड महामारीले निर्माण सामग्री आयात गर्न भएको ढिलाइ र स्थानीय अवरोधका कारण निर्धारित समयमा आयोजना पूरा हुन सकेको थिएन । स्थानीय अवरोध सुल्झाएर आयोजना निर्माण गत महिनामा मात्र सकिएको थियो । गर्जाङ(खिम्ती १३२ केभी प्रसारण हुँदै लाइन समयमै पूरा नहुँदा…
खोटाङ । भिजन फर चेञ्जले खोटाङको दिक्तेल बजारमा इन्टरनेट प्रविधि र डिजिटल सुशासनसम्वन्धी समसामयिक छलफलको आयोजना गरेको छ । इन्टरनेट तथा प्रविधिको प्रयोगले मानव जीवनमा ल्याएको सहजता एवं त्यसको प्रयोगका क्रममा ध्यान दिनुपर्ने मुद्धाका विषयमा विचार विमर्शका लागि भिजन फर चेञ्जले खोटाङ उद्योग वाणिज्य संघसँगको सहकार्यमा शुक्रबार छलफल आयोजना गरेको हो । इन्टरनेट र प्रविधिको प्रयोग गर्दा ध्यान दिन सकिने सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिक र कानूनी मुद्धाहरुको विषयमा छलफल गर्न कार्यक्रम गरिएको भिजन फर चेञ्जका व्यवस्थापक गीता बरामुले बताईन् । बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा खोटाङका स्थानीय तहमा डिजिटल सुशासन सम्वन्धी भएका गतिविधिहरुको मापन र सो माथि विचार विमर्श गरिएको…
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो। दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरिने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतले जानकारी दिए । सत्ता गठबन्धनसँग असन्तुष्टि जनाउँदै जसपा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ ।
काठमाडौ । विदेशी पर्यटकको आगमनमा उच्च वृद्धि भएको छ। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९ को अक्टोबरको तुलनामा सन् २०२२ को अक्टोबरसम्ममा नेपाल आएका विदेशी पर्यटकको सङ्ख्या ७१.९० प्रतिशतले बढेको छ। विभागका अनुसार यो वर्षको अक्टोबर महिनामा ८८ हजार ५८२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । हवाई माध्यमबाट मात्रै नेपाल भित्रिनेको यो सङ्ख्या यो वर्षकै सबैभन्दा अधिक हो। सन् २०२२ को जनवरीदेखि अक्टोबरसम्ममा चार लाख ७३ हजार ५६३ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। सन् २०२२ को प्रारम्भबाटै पर्यटन आगमनमा सुधार देखिन थालेको हो । यस वर्षको जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार…
काठमाडौं । चुनाव प्रचारका लागि गृहजिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव जितेमा आफूले प्रधानमन्त्री बन्ने अवसर पाउने बताएका छन् । शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै देउवाले जनताले जिताएर पठाएमा मात्र आफू आगामी दिनमा प्रधानमन्त्री बन्न पाउने बताए । “तपाईंहरूको सहयोगले भोलिका दिनमा पनि प्रधानमन्त्री हुने मौका पाउनेछु,” देउवाले भने । उनले संविधानलाई जोगाउनुपर्ने अहिलेको आवश्यकता भएको पनि बताए । संविधान च्यात्न खोज्ने ओलीजीबाट सजक हुन आवश्यक छ,” उनले भने । स्वतन्त्र न्यायपालिकाका लागि गठबन्धन लागिपरेको उनको भनाइ छ । “न्यायपालिका स्वतन्त्र हुनुपर्छ । त्यसमा गठबन्धन लागेको छ । नेपालमा स्थायित्व र स्थिरताका लागि…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मेची बगरको मान्छे भएपनि महाकालीको लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेको तर प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराकै भएर पनि लिम्पियाधुरा र लिपुलेक नदेखेको टिप्पणी गरेका छन् । बैतडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई विकासको बाटोमा अगाडि बढाउने दाबी गरे । उनले भने, ‘झुलाघाटमा पक्की पुल बनाउने जिम्मा एमालेले लिन्छ । म लिन्छु । यो पोल मात्रै होइन, गोकुलेको विद्यालयलगायतका विकासका काम अघि बढाउनुपर्छ भन्ने मलाई थाहा छ । महाकाली कोरिडोरमा पक्की बाटो जान्छ ।’ ‘म मेची किनारको मान्छेले लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेँ, तर शेरबहादुर देउवा ५ पटक…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा कर्ण मल्ललाई नै समर्थन हुने बताएका छन् । महेन्द्रनगरको चुनावी सभामा संशोधन गर्दै ओलीले डडेलधुरामा कांग्रेसबाट विद्रोह गरेका मल्ललाई दिएको समर्थन कायमै रहेको बताए । ‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौँ । मैले सुने त्यहाँ कसैले बक्तव्य निकाल्यो भनेर’ ओलीले भने, ‘तर त्यस्तो अधिकार अरूलाई छैन ।’ डडेलधुरा एमालेले भने मल्ललाई समर्थन नगर्ने निर्णय गरेको छ । एमाले डडेलधुराका अध्यक्ष प्रेमबहादुर बोहोरा तथा सचिव शिवराम ताम्राकारले स्वतन्त्र उम्मेदवारी दिएका पूर्व एमाले नेता विक्रमबहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्ति निकालेका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले त्यो विज्ञप्ति निकाल्ने अधिकारी अरूलाई…
रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले एमालेलाई हराउन विदेशीको इसारामा मिल्दै नमिल्ने दल मिलेर आएको बताएका छन् । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको टोकरपुरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता ढुङ्गेलले मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता, स्वाभिमान र विकासको लागि सूर्य चिन्हमा मतदान गर्न अनुरोध गर्दै सो कुरा बताएका हुन् । रामेछापबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका ढुङ्गेलले भने, ‘एमालेलाई हराउन विदेशीको इसारामा मिल्दै नमिल्ने दल मिलेर आएका छन्’ । अहिलेको अप्राकृतिक गठबन्धन मङ्सिर ४ पछि नटिक्ने ढुङ्गेलले दाबी गरे । ‘ गठबन्धन मङ्सिर ४ पछि दन्त्य ओखर जस्तै कुटुक्क फुट्छ’ ढुङ्गेलले भने ।
काठमाडौं । निर्वाचन आयोगले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ । आयोगको टोलीले शुक्रबार सर्वोच्चमा निवेदन दिएको हो । आयोगले कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेख खारेजीको माग गरेको छ । लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । मेडिकल काउन्सिलबाट भत्तामात्रै प्राप्त हुने भएकाले त्यस पदबारे निर्क्योलका लागि कार्कीले आयोगमा भदौ २८ गते निवेदन दिएकी थिइन् । आयोगले त्यस निवेदन कुनै सुनुवाइ नगरी आफूविरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन् । कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा…
रामेछाप । राष्ट्रिय परिचयपत्र वितरणको कार्य अब वडा तहबाटै हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्थलीमा अभिमुखीकरण कार्यक्रम गरी परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिएको हो । अबको एक हप्तापछि जिल्लाको १२ देखि १५ वटा वडा मार्फत परिचयपत्रको काम सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जी करण विभागका महानिर्देशक तीर्थराज भट्टराईले बताए । ‘पहिलो चरणमा रामेछापमा रहेका ६४ मध्ये १२ देखि १५ वटा वडाबाट काम सुरु हुन्छ, अहिले एउटा वडामा दुई वटा स्टेसन मार्फत नागरिकको विवरण प्रविष्ट गर्ने तयारी छ’, उनले भने ।विभागले तीन महिनाभित्र सबै वडामा काम सक्ने लक्ष्य राखेकाले आवश्यकताका आधार फेरी १० वटा…