Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । नेपाल फार्मेसी परिषद्को २० औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत परीक्षार्थी मात्र फेल भएका छन् । परिषद्ले शनिबार लिएको फर्मासिस्टतर्फको लाइसेन्स परीक्षामा उपस्थित ७४७ मध्ये ६५ प्रतिशत अर्थात् ४८३ परीक्षार्थी फेल भएका छन् । परीक्षाका लागि कुल ७९६ निवेदन परेको मध्ये २६४ विद्यार्थी मात्रै पास भएको परिषद्ले जनाएको छ । परिषद्ले पहिलो पटक बायोमेट्रिक प्रणालीबाट परीक्षा लिएको थियो । परीक्षा बिहान १० बजे देखि सानोभर्याङस्थित नेपाल सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको थियो ।
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित प्याराग्लाइडिङ उडान आजबाट खुलेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ वटा शर्त अघि सार्दै देशभरका प्याराग्लाइडिङ उडान सूचारु गर्न अनुमति दिएको छ । उडान भर्ने पाइलटहरु स्वास्थ्य परीक्षणमा योग्य ठहरिएमा मात्र उडान दिनुपर्ने लगायतका शर्तहरु १५ दिनभित्र नेपाल हवाई खेलकुद संस्थाले कायान्वयन गर्ने सहमति भएपछि नियमित उडान सूचारु गर्ने निर्णय भएको प्राधिकरणको फ्लाइट अपरेसन्स महाशाखाका उपप्रबन्धक विनय गिरीले बताए । गत असोज ३० गते उक्त खेलको क्रममा आकाशबाट एक सय मीटर तल भुईंमा खसेका त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निशिम थापाको मृत्यु भएको थियो । त्यसलगत्तै…
काठमाडौं । तेस्रोपटक चिनियाँ राष्ट्रपति चुनिएका सी चिनफिङले उच्च राजनीतिक अनुभव नभएका व्यक्तिलाई दोस्रो नेताका रुपमा प्रस्तुत गरेका छन् । तेस्रोपटक पार्टी र देशको नेतृत्वमा चुनिएका सीले आफ्ना विश्वासपात्र ली छयाङलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको सांघाई प्रमुख रहेका ६३ वर्षीय ली यसअघि राष्ट्रपति सीको ‘चिफ अफ स्टाफ’ रहिसकेका व्यक्ति हुन्् । लामो समयदेखि सी निकट रहेका ली चीनको शक्तियुक्त दोस्रो नेता बनेका हुन् । कहिल्यै स्टेट काउन्सिलसम्म नबनेका उनी वरीयतामा माथि रहेका धेरै नेतालाई पछि पार्दै प्रधानमन्त्री बन्न सफल भएका हुन् । सीको तेस्रो कार्यकालमा प्रधानमन्त्री बनेका ली नगरपालिका तथा प्रदेशबाट सिधै चीनको प्रधानमन्त्री बन्ने…
मृत्यु एक त्यस्तो सत्य हो जसको आगमनको न कुनै समय हुन्छ, न त कुनै संकेत नै यो त जुनसुकै बेला जो सुकै माथि जहाँसुकै पनि घट्न सक्छ । बाटो काट्दा काट्दै गाडीको ठक्करले, अहिलै भुइँँचालो आएर, ज्वालामुखी फुटेर, हृदयघात भएर होस या अन्य कुनै रोग र बिरामको कारणले होस् जो सुकैको पनि मृत्यु हुन सक्छ । तर यी त मृत्युका बाहाना मात्र हुन् मानिस मर्दछ छ त बाँचेको हुनाले । मृत्यु त्यो सत्य जुन अकाट्य र अवश्यम्भावी छ । त्यसैले पनि होला कवि सिरोमणि लेखनाथ पौड्यालले भन्नुभएको – ‘ आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ती…
सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, आधा दर्जन बढी घाईते, ३ को अवस्था गम्भिर
रुपन्देही । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शुक्रबार साँझ वाणगंगा नगरपालिका वडा नं ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा साइकलमा सवार यात्रुसहित एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो । सो दुर्घटनामा सवारी चालक सशस्त्र प्रहरी रमेश चौधरी र स्थानीय अमर तङनामीको पनि निधन भएको प्रहरीको भनाई छ । चार नम्बरबाट तौलिहवातर्फ जाँदै गरेको सशस्त्रको ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार यात्रीलाई ठक्कर दिँदै दुर्घटनामा परेको स्थानीयले बताएका छन् । दुर्घटनामा आधा दर्जनभन्दा बढी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ ४ जनाको सामुदायिक…
काठमाडौं – सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सदर गरेको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो । निर्वाचन आयोगले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए । सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।
काठमाडौं । पशुपति गौशाला धर्मशाला क्षेत्रमा सम्झौता विपरीत निर्माण गरिएका संरचना हटाउन पशुपति क्षेत्र विकास कोषले ३५ दिने सूचना जारी गरेको छ । मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशाला उद्देश्य मुताविक नचलाएकाले गत असोज २६ गते नै यस्ता संरचना हटाउन पत्र पठाएको आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । गौशाला धर्मशाला विशुद्ध रुपमा गाईपालन, नन्दी सेवा तथा तीर्थयात्रीलाई धर्मशाला ९आवास० सञ्चालन मात्र गरेको हुनुपर्नेमा समितिले सम्झौता विपरीतका सेवा पनि चलाएकाले सम्झौता र मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउन सूचित गरिएको छ । सम्झौता र मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र नहटाएमा नियम बमोजिम भई जाने कोषले जनाएको छ । पशुपति…
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आइतबार ५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । कात्तिक १४ गते बिक्री गर्ने गरी बैंकले सो परिमाणको ट्रेजरी बोलकबोल गर्न लगेको हो । बैंकको सूचना अनुसार कात्तिक ६ गते आइतबार दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ३ अर्ब ६० करोड रुपैयाँ छुट्याएको छ भने ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याएको छ । यसअघि बैंकले असोज ३१ गते ४ किसिममा कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो…
कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरा केन्द्रित भएर आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद समग्रमा भव्य रह्यो । विगतमा दुई पटकसम्म मिति घोषणा भएर पनि रोकिएको राष्ट्रिय प्रतियोगिता पोखरा र गण्डकी प्रदेशका आठ जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्म उत्साहपूर्णरुपमा आयोजना भएको थियो । प्रतियोगिताले सहभागी खेलाडी, प्रशिक्षक र आयोजकमा उत्साह थप्यो भने चार दशकपछि पोखराले खेलकुदको कुम्भमेला आयोजनाको अवसरलाई राम्रैसँग सदुपयोग गरेको छ । प्रतियोगिताका ३६ वटै खेल तोकिएको समयमा, तोकिएकै स्थानमा सम्पन्न भए । खेलाडीहरुले लामो समयपछि आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर पाउनु र केही राष्ट्रिय कीर्तिमान बन्नुले राष्ट्रिय खेलकुद खेलाडीका लागि विशेष रह्यो । खेलाडीले…
काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताले पोखरा बुटवलमा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्ने भएका छन् । पोखरामा बिहान ११ बजेदेखि तथा बुटवलमा दिउँसो २ बजेदेखि सुरु हुने भनिएको प्रशिक्षण भेलालाई शीर्ष नेताले सम्बोधन गर्ने भएका हुन् । पोखराको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता आज पोखरा पुगेका छन् । सत्तागठबन्धनले शुक्रबारदेखि प्रदेशमा चुनावी अभियान सुरु गरेको हो । गठबन्धनको संयुक्त चुनावी अभियानपछि दलहरू पार्टीको चुनावी अभियानमा सरिक हुने भएका छन् ।