Author: सूचनापाना

सर्लाही । सर्लाहीको कर्मैयास्थित मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुखमाथि गोली प्रहार गरेर लुटेरा समूह फरार भएको छ । बुधबार बिहान साढे १० बजेतिर बागमती नगरपालिका–१, मिलनचोकमा रहेको बचत तथा ऋण सहकारी प्रमुख साजन कार्कीमाथि लुटेरा समूहले गोली प्रहार गरेको हो । तीनजनाको समूहमा आएका लुटेराले सेवा केन्द्रको कार्यालयभित्र पसेर कार्कीलाई पैसा दिन भन्दै धम्क्याएका थिए । कार्कीले प्रतिकार गर्नेबित्तिकै लुटेरा समूहले चार गोली प्रहार गरेको उनको भनाइ छ । गोली प्रहार गरेपछि लुटेरा समूह भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका छन् । कार्कीको तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेको छ…

Read More

जाजरकोट । बारेकोट गाउँपालिका–२ रोकाय गाउँ । बारेकोट सडक सञ्जालसँग जोडिएपछि यहाँका घरहरु कर्कट पाताले छाउँदा ढुङ्गाको छानो विस्थापित भएको छ । तस्बिर : हेमन्त केसी/रासस

Read More

यही असोज १९ देखि २४ गतेसम्मको अविरल वर्षाका कारण तिला गाउँपालिका–४ जुम्लामा आएको बाढीको बीचमा जोगिएका स्याउ । तस्बिर : शुरबहादुर सिंह, रासस

Read More

निर्माणाधिन सिन्धुली कला घर, सिन्धुलीस्थल । कमलामाई नगरपालिका–३ चपौलीमा छ । सिन्धुलीगढीबाट नजिकै पर्दछ । तस्बिर : राधिका बुढाथोकी, रासस

Read More

मौसम खुलेसँगै ताप्लेजुङको भिन्तुना डाँडाबाट देखिएको फुङलिङ नगरपालिका वडा नं ४ अवस्थित तोक्मे डाँडा बजार । तोक्मे बजारमा प्रत्येक शनिबार हाट लाग्ने गर्दछ । तस्बिर : दिलकुमार लिम्बु, रासस

Read More

सिन्धुपाल्चोक । विभिन्न खाद्य तथा नगदे बालीलाई बाँदरले खान थालेपछि सिन्धुपाल्चोकका किसानले वैकल्पिक खेतीको सुरु गरेका छन् । बाँदर आतङ्कबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानले यसको विकल्पमा कागती, किवी, तथा चिया खेती गर्न थालेका हुन् । किसानले लगाएको बाली जोगाउन नसकेपछि बाँदरलाई झुक्याउँदै वैकल्पिक खेती गर्ने किसानको सङ्ख्या बढ्दो छ । खाद्य तथा फलफूल उत्पादन हुने बेलामा बाँदरबाट जोगाउन मुस्किल हुन थालेपछि जिल्लाका सबै स्थानीय तहमा रहेका किसानले वैकल्पिक खेती अपनाउन थालेका हुन् । यसअघि धान, मकै, कोदोलगायत फलफूल लगाइने ठाउँमा किसानले किवी, कागती, चिया र टिम्मुरलगायत रोप्न थालेका छन् । वैकल्पिक खेतीप्रति चासो नदिएका किसान सरकारले खेतीयोग्य जमिन बाँझो…

Read More

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए । उनका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ । अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ । महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना जारी गरेर दर्ता गर्न भनेको हो । महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएको सूचनामा उल्लेख छ । महानगरले नजिकको वडा कार्यालयमा गएर व्यवसाय दर्ता भनेको छ । महानगरमा दर्ता नगराइ व्यवसाय सञ्चालन गरेमा बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी महानगरले दिएको छ ।

Read More

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिवमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’चयन भएका छन् । कपिलवस्तुमा भएको नवौं महाधिवेशनले उनलाई सर्वसम्मत महासचिवमा चयन गरेको हो । विप्लव यसअघि पनि महासचिव थिए । नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति पनि चयन गरेको छ ।

Read More

काठमाडौँ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् । विज्ञप्ति जारी गरेर एमाले मधेस प्रदेश सदस्य विश्वनाथ लामिछाने, जितपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी, पूर्व जिल्ला कमिटी सदस्यहरू मोजाहिर अन्सारी, कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाँल, प्रदिप कुमार गुप्ता, जाफिर हुसेन मन्सुर, तार्केश्वर साह सोनार लगायत ९७ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् । संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले नेपालको कम्युनिस्ट अभियानमा लाग्दै भूमिगत अवस्थादेखि नेकपा माले हुँदै सक्रिय रूपमा नेकपा एमालेमा लाग्दै आएपनि अब उप्रान्त पार्टी परित्याग गरेको बताएका छन् । श्रमिक, किसान,…

Read More