Author: सूचनापाना

सिरहा । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिराहामा एमाले गठबन्धनलाई आफ्नै बागी उम्मेदवारहरू टाउको दुखाइ बनेको छ । सिराहाको ३ र ४ मा एमाले र जसपाका बागी उम्मेदवारहरूका कारण एमाले गठबन्धनका नेताहरू चिन्तित बनेका छन् । प्रतिनिधिसभाको अघिलो निर्वाचमा क्षेत्र नम्बर ४ बाट राजकिशोर यादवले चुनाव जितेका थिए । यसपटक जसपाले उनलाई सिराहा २ मा पठाएर ४ मा वीरेन्द्र महतो उठेका छन् । वीरेन्द्र महतोविरुद्ध जसपा नेता राजकिशोर यादवका भाइ काशिन्द्र यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेता यादव सिराहा २ मा चुनाव लडेपछि ४ मा आफ्नो भाइलाई स्वतन्त्र उठाएको जसपाका कार्यकर्ताहरूले आरोप लगाएका छन् । काशिन्द्र यादवलाई नेता यादवले उम्मेदवारी फिर्ता लिन दबाब दिए पनि…

Read More

जुम्ला । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले बगर बनेको तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँको खेतबारी । उक्त बाढीले करोडौंको भौतिक क्षति गरेको छ । तस्बिर : शुरबहादुर सिंह, रासस गाउँको बीचमा भिषण बाढी कर्णाली, ३१ असोज । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी गाउँको बीचमा पसेपछि बगर बनेको तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँ । उक्त गाउँ मानवीय क्षति हुनबाट जोगिएको छ । तस्बिर ः शुरबहादुर सिंह, रासस बाढीले बगर बनेको खेतबारी कर्णाली, ३१ असोज । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले बगर बनेको तिला…

Read More

सिन्धुपाल्चोक । हेलम्बु राजमार्गअन्तर्गत मेलम्ची– जिरोकिलो सडक खण्डमा भत्किएको पिच । यो सडक खण्ड कालोपत्रे गरिएको दुई वर्ष नहुँदै अधिकांस ठाँउमा भत्किन थालेको छ । यसले दुर्घटना जोखिम समेत बढेको छ । तस्बिर : देवराज सुवेदी/रासस

Read More

लमजुङ। क्व्होलासोथर गाउँपालिका– १ स्थित वनमा व्यावसायिक रुपमा राखिएको घारसहित मौरीपालन । तस्बिर जनक श्रेष्ठ/रासस

Read More

काठमाडौं । सरकारले देशभर सञ्चालनमा रहेका प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको छ । अर्को सूचना जारी नभएसम्म आजैका मितिदेखि प्याराग्लाइडिङ देशैभर बन्द गराउन निर्देशन दिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । ‘अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको छ’ निरौलाले भने । नवौँ राष्ट्रिय खेलका क्रममा आज बिहान पोखरामा प्याराग्लाइइडिङ गर्दै गर्दा खसेर नेपाल आर्मीका २६ वर्षीय खेलाडी निसिम थापाको मृत्यु भएको छ ।

Read More

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकारी गराएका हुन् । जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगर परिसरमा राखिएको छ । चार बजेसम्म त्यहीँ राखेर त्यसपछि पुनः अस्पतालमा लगेर उनको शव लामो समयसम्म नबिग्रने गरी राखिने जनाइएको छ । यसअघि, आजै प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको सम्झनामा सरकारले योजना बनाएर काम गर्ने बताएका थिए ।

Read More

कोलोम्बो । श्रीलङ्कामा गएको ७२ घण्टामा बाढी र पहिरोबाट तीन जनाको मृत्यु भएको छ । यस प्रकोपमा परी १३ हजार नौ सय २ परिवारका ५५ हजार भन्दा बढी मानिस प्रभावित भएका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार जनाएको छ । बाढी र पहिरो ल्याएको वर्षाको मौसम बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ । भारी वर्षा जारी रहेमा केही क्षेत्रमा बाढीको जोखिम बढ्ने सिँचाइ निर्देशक सुगेश्वरले बताउनु भएको छ । प्रतिकूल मौसम अवस्थालाई ध्यानमा राख्दै छ जिल्लाका लागि जारी गरिएको पहिरोको चेतावनीलाई थप गरिएको डीएमसीले जनाएको छ ।हालको भारी वर्षा देशनजिकैको इन्टरट्रोपिकल कन्भर्जेन्स जोन ९आईटीसीजेड० को प्रभावका कारण भएको जल तथा…

Read More

पोखरा । नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका प्रहरीले जनाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको हो । सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेका हुन् ।

Read More

कैलाली । लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ। कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ। बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको छ। बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्‍याएको छ। असोज १ गते र त्यसपछि लगातारको वर्षापछि २३ गते आएको बाढीले टीकापुरमा पाकेको धानबाली र फुल्न थालेको धानबालीमा क्षति पुर्‍याएको कृषि शाखा प्रमुख मोतिसिंह विकले जानकारी दिए। उनले कृषितर्फ बाढीले पुर्‍याएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताए। ‘हरेक वडामा वडघरको सहयोगमा टोलटोलमा पुगेर तथ्याङ्क लिने काम भइरहेको छ’, उनले भने, ‘वडा नं ५, ६,…

Read More

बेइजिङ । बेइजिङमा कम्युनिष्ट पार्टीको महाधिवेशन सुरु हुँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो विवादास्पद शून्य–कोभिड रणनीतिको रक्षा गर्दै आएका छन् । दशकौं लामो परम्परा तोड्दै प्रतिनिधिहरूले सीलाई पार्टी प्रमुखको रूपमा तेस्रो कार्यकाल हस्तान्तरण गर्ने सम्भावना छ ।  ‘भाइरसको फैलावट रोक्नको लागि शून्य कोभिड नीति पूर्ण मात्रामा जनयुद्ध थियो’ उनले भने । नीतिले धेरैको ज्यान जोगाएको तर चिनियाँ जनता र अर्थतन्त्रलाई दण्डित गरेको उनले बताए । लकडाउन र यात्रा प्रतिबन्धलाई लिएर चौतर्फी सार्वजनिक असन्तुष्टि बढ्दो छ । महाअधिवेशनको पूर्वसन्ध्यामा बेइजिङमा कडा सुरक्षा सतर्कता अप्नाइएको छ । सी र शून्य कोभिड नीतिको आलोचना गर्दै तीब्र प्रदर्शन भएका छन् ।

Read More