Author: सूचनापाना

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी रौतहट निर्वाचन क्षेत्र नं. (क) मा परेको छ ।  उत्त क्षेत्रमा २८ जना पुरुष र २ जना महिला गरी ३० जनाको उम्मेदवारी परेको छ । प्रदेश सभातर्फ ठूलो ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नं.३ (ख)मा परेको छ । यो क्षेत्रमा २२ जना पुरुष र ५ जना महिला गरी २७ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सभामा तेस्रो ठूलो उम्मेदवारी महोत्तरी निर्वाचन क्षेत्र नं.३ (ख)मा परेको छ । यस क्षेत्रमा २५ जना पुरुष र एक जना महिला गरी २६ जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन आयोगले जनाएको छ…

Read More

काठमाडौं । साताको पहिलो कारोबारदिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।  शुक्रबार प्रतितोला ९४ हजार १ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार रुपियाँले घटेर ९३ हजार १ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपियाँ कायम रहेको छ। यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा २५ रुपियाँले घटेर प्रतितोला एक हजार एक सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको थियो । उनको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिने छ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उनको शरीर अध्ययनका लागि राखिने छ । सत्यमोहनले मृत्युपछि आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा पहिल्यै गरेकाले उनकै…

Read More

मस्को । युक्रेनी शहरहरूमा नागरिक पूर्वाधारमा रुसी हमलाले डरलाग्दो आर्थिक अवस्थालाई जटिल बनाउने यस वर्ष गरिबीमा दश गुणा वृद्धि भएको विश्व बैंकका एक शीर्ष अधिकारीले बताएका छन् । पूर्वीयुरोपका लागि विश्व बैंकका क्षेत्रीय कन्ट्री डाइरेक्टर अरूप बनर्जीले यस साता ऊर्जा सुविधाहरूमा ठूलो मात्रामा रूसी आक्रमणपछि युद्धकालीन प्रणालीको प्रभावकारितालाई प्रतिबिम्बित गरेको बताए । ‘यदि यो जारी रह्यो भने दृष्टिकोण धेरै कठिन हुनेछ’, उनले एक अन्तर्वार्तामा रोयटर्सलाई भने, ‘जाडोले साँच्चै सताउन थालेपछि निश्चित रूपमा डिसेम्बर वा जनवरीमा र यदि घरहरू मर्मत नगरिए आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको बसाइसराइको अर्को आन्तरिक लहर आउन सक्छ ।’ सरकार चलाउनको लागि निरन्तर र अनुमानित आर्थिक सहयोग चाहिने…

Read More

काठमाडौं । आगामी ४ मंसिरमा तय भएको संसदीय निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र सम्पन्न गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकालागि समानुपातिक निर्वाचन प्रणालीतर्फको ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ । हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ । प्रत्यक्षतर्फ पनि मतपत्र छपाइको काम सुरु भएको छ । १७ लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ…

Read More

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो । अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले जोशीको निधन भएको पुष्टि गरे । जोशी ७ असोजमा किष्टमा भर्ना भएका थिए । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो ।

Read More

काठमाडौं । नवौं बृहत राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।  पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा १३औं दक्षिण एसियाली खेलकुद (साग)की समेत स्वर्ण पदक विजेता रहेकी सन्तोषीले बागमती प्रदेशलाई एथलेटिक्सतर्फ पहिलो स्वर्ण जिताएकी हुन् । सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.२९ सकेन्डमा पूरा गरिन् । यस्तै, नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् । राजपुराले ३६ मिनेट २९ सकेन्डमा पूरा गरेकी थिइन् । कास्य विजेता पुष्पाले ३७.०४ सकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् । बिहान नै भएको पहिलो स्पर्धाको…

Read More

विराटनगर । बीस वर्षपछि मोरङको महादेवकोल शाखा नहरमा पानी पुगेपछि त्यहाँका किसान हर्षित भएका छन्। सुनसरी मोरङ सिँचाइ आयोजना मातहतमा रहेको महादेवकोल शाखा नहर लामो समयदेखि बालुवा र माटोले पुरिएपछि नहरमा पानी चल्न सकेको थिएन। नहरमा पानी नहुदा त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट वञ्चित भएका थिए। त्यस क्षेत्रमा कृषिमा सिँचाइ सेवा पु¥याउने गरी पाँच दशकअघि निर्माण भएको उक्त शाखा नहरमा दुई दशकदेखि पानी सञ्चालनअवरुद्ध भएको थियो। सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरले नहरमा थुप्रिएको बालुवा र माटो सफाइ गरेपछि पानी सञ्चालन भएको हो। मोरङ जहदा गाउँपालिका–४ मा मात्र करिब पाँच सय बिघा जग्गामा अहिले पानी पुग्दा किसान हर्षित भएको सो शाखा…

Read More

इस्लामाबाद । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । मस्तुङ जिल्लामा भएको विस्फोटमा अन्य ४ जना घाइते भएका छन् । स्थानीय एक आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको मस्तुङ जिल्लाका उपायुक्त सुल्तान बुग्ती जानकारी दिए । सडकको छेउमा राखिएको बम रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको अधिकारीले बताएका छन् । आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन् । 

Read More

काठमाडौं । किस्ट अस्पतालमा उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ ।विगत २३ दिनदेखि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत १ सय ३ वर्षीय जोशीको उपचारमा खासै उल्लेखनीय रुपमा सुधार नभएको अस्पतालले जनाएको छ । उमेर धेरै भएका उनमा एकै पटकमा धेरै प्रकारका स्वास्थ्य समस्या देखिएको छ । निमोनिया र पिसाबको संक्रमण, मुटुरोगसँगै पछिल्लो समय उनमा डेंगु संक्रमण देखिएको थियो । जोशीलाई प्रतिमिनेट ४ लिटर अक्सिजन दिनुपरेको अस्पतालले जनाएको छ । जोशीको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । किस्ट मेडिकल कलेजले…

Read More