Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनको मिति घोषणा भइसकेपछिसमेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ । निर्वाचन आयोगले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति दिने, नेपाल स्टक एक्सचेञ्जमा नयाँ ब्रोकरलाई अनुमति दिने, प्रदेश तहमा लघुबीमा कम्पनीहरुलाई अनुमतिपत्र दिने लगायतका निर्णय गरेको समाचार प्रकाशित भएसँगै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।
रामेछाप । लोकतान्त्रिक बाम गठबन्धनबाट रामेछापले मंगलबार प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। नेकपा माओवादी र नेपाली कांग्रेस गठबन्धन रामेछापले कृषि तथा पशुपालन सिंचाइ, खानेपानी तथा वातावरण संरक्षण, पूर्वाधार विकास शिक्षा जस्ता विविध विषयलाई समेटिएर प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । प्रतिबद्धता पत्रमा ने।क।पा। एमालेका नेता केपी शर्मा ओलीले संविधानको मूल मर्म र भावनाबिपरित अनि जनताको अभिमतप्रतिकुल स्वेच्छाचारी, तानाशाही र प्रतिगामी हर्कत गर्दै पटक पटक संविधान बिपरित संसद विघटन गर्ने दुस्साहस गरेको आरोप लगाईएको छ । जसकारण संविधानले परिकल्पना गरेको लोकतान्त्रिक समाजवाद प्राप्तिको लक्ष्यमा पहिलो पाईलामै ठेस लागेको प्रतिबद्धता पत्रमा जनाईएको छ । प्रतिगमनको बिरुद्ध दृढताका साथ उभिने नेपाली कांग्रेस, नेकपा…
काठमाडौँ । नेपाली काँग्रेसले पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको “नेपाली काँग्रेस प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९, केन्द्रीय प्रचार–प्रसार समिति”को पहिलो बैठकले प्रदेश, जिल्ला, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको हो । मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी प्रदेश, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहसम्मका प्रचार(प्रसार समिति र पार्टी संयन्त्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको केन्द्रीय…
काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ धाम नजिकै हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । केदारनाथबाट २ किलोमिटर टाढा गरुडछट्टीमा सोमबार बिहान भएको हेलिकप्टर दुर्घटनामा एक चालकसहित ७ जनाको मृत्यु भएको भारतीय समाचार संस्था आजतकले जनाएको छ । खराब मौसमका कारण भएको भनिएको उक्त दुर्घटना भएको हेलिकोप्टर दिल्लीको आर्यन कम्पनीको भएको जनाइएको छ । उक्त दुर्घटनाको पुष्टी गर्दै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनामा परेको उद्धार र दुर्घटनाबारे छानबिनका लागि निर्देशन दिएका छन् । त्यस्तै भारतीय गृहमन्त्री अमित शाहले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
नवलपरासी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी नवलपरासी–१ का मतदाताका घरमा चुनावी प्रचारमा छन् । निर्वाचनलाई लक्षित गर्दै प्रत्येक घरको समस्या बुझ्न मतदाताका घरमा पुगेको उनले बताउने गरेका छन् । अर्बपति चौधरीले आफ्नो जीवनको ६५ वर्षमा कहिल्यै फेल नभएको बताएका छन् । ‘६५ वर्षको उमेरमा कहिल्यै फेल नभएको म यहाँ विकास गर्छु भनेर आएको छु, व्यवसायमा जस्तै राजनीतिमा पनि सफल हुने विश्वास म मा छ’, उनले भने। अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेर आफू प्रत्यक्ष राजनीतिमा आएको उनको भनाइ छ । उनले भने ‘विकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई सन्तुलन…
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुन ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा तोकेको छ। विभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन आयोगले प्रत्यक्षतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्च सीमा तोकेको छ । खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानिएको आयोगले जनाएको छ । उल्लिखित भारका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधि सभाको…
काठमाडौँ । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । प्रहरी वृत्त, गौशालाले हालै लिएको बयानमा उनले बलात्कारको अभियोग अस्वीकार गरेका हुन् । तर घटना भएको भनिएको दिन जाहेरीमा उल्लेखित स्थानमा आफू पुगेको उनको बयान छ । स्रोतका अनुसार पीडित भनिएकी किशोरीसँग ५ भदौमा घुम्न गएको पनि उनले स्वीकारेका छन् । प्रहरीले नगरकोटमा बसेको भनिएको भ्याली भ्यु रिसोर्ट र पिंगलास्थानस्थित होटेल काठमाडौँ इनको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज पनि उनलाई देखाएको थियो । त्यसक्रममा सन्दीपले फुटेजमा देखिएको व्यक्ति आफैँ भए पनि जाहेरवालाकै अनुरोधमा त्यहाँ गएको बताएका छन् । उनले नगरकोटबाट फर्किएर आउँदा अबेर भएपछि…
काठमाडौँ । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
सिन्धुपाल्चोक । जङ्गलीमा पाइने कालिजको चोरी सिकारी रोक्न घरेलु कालिजपालन सुरु गरिएको छ । पछिल्लो समय आकर्षणमा रहेको जङ्गली कालिजको चोरीशिकारी हुन थालेपछि घरमै व्यावसायिकरुपमा पालन सुरु गरिएको हो । विशेष गरी पहाडी भेगभन्दा माथिल्लो स्थानमा पाइने जङ्गली कुखुरा (कालिज)को मासुको माग स्थानीयस्तरमा बढेको छ । लेक तथा पहाडी जङ्गलीमा पाइने जडीबुटी खाएर हुर्कने कालिजको चोरी सिकारी हुँदा लोप हुने अवस्थामा पुगेपछि स्थानीय युवाले घरमै कालिजको व्यावसायिक पालन गरेका हुन् । गाउँमै रोजगारीको वातावरण सिर्जना पनि हुने र युवालाई विदेश पलायन रोक्ने उद्देश्यले कालिजपालन सुरु गरिएको हो । स्थानीय युवा मिलेर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ थुम्पाखरमा कालिज व्यवसाय थालनी गरिएको रामचन्द्र…