Author: सूचनापाना

तेहरान । टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु भएको छ । टर्कीको ब्ल्याक सी तटमा मिथेन विष्फोटले चिरिएको सयौं मिटर कडा चट्टान मुनिबाट २२ शव निकालिएको  उद्धारकर्ताहरूले शनिबार जानकारी दिएका छन् । विस्फोटका अन्य ८ घाइतेको अस्पतालमा उपचार गरिएको छ । उक्त विस्फोटलाई स्वास्थ्य मन्त्री फहरेटिन कोकाले अहिलेसम्मकै सबैभन्दा घातक औद्योगिक दुर्घटना बताएका छन् । ‘हामी वास्तवमै खेदजनक अवस्थाको सामना गरिरहेका छौँ’ आन्तरिक मन्त्री सुलेमान सोयलुले भने । विस्फोटबारे अनुसन्धान भइरहेको छ ।

Read More

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो। त्यसपछि मेयर सम्पाङले शुक्रबार फेसबुकमा स्ट्याटस राख्दै शर्मिलालाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका हुन्। ‘यी बहिनी को हुन्रु यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!,’ उनले फेसबुकको स्ट्याटसमा लेखेका छन्।

Read More

काठमाडौँ । पशुपतिनाथमा भक्तजनहरूले चढाएका सामग्रीहरूको विक्री सुरु गरिएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरूले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीहरूलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको हो। कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण सुरु गर्न थालेको जनाएको छ। मन्दिरमा सङ्कलन भएका विभिन्न ३१ प्रकारका सामग्रीहरूलाई तोकिएको मूल्यमा बिक्री गर्न थालिएको पशुपति क्षेत्र विकास कोष संस्कृति, संरक्षण महाशाखाले जनाएको छ । भक्तजनले श्रद्धाले चढाएका सामग्रीहरूलाई सर्वप्रथम कोषको गणना कक्षमा ३२ प्रकारका सामग्रीहरूलाई आम्दानीको रूपमा दाखिला गरिने र सोही सामग्रीहरू बिक्री कक्षमार्फत बिक्री गरिने महाशाखाको भनाई छ । उनले खद्दरको मोटो गम्छाको ११० रुपैयाँ, खद्दरको…

Read More

काठमाडौं । नेपाल सरकारले गाडी, मोटरसाइकल, तयारी मदिरा र स्मार्ट फोनहरूको आयात प्रतिबन्ध कायम नै राखेको छ । सरकारले आयात प्रतिबन्ध मंसिर २९ गतेसम्मलाई लम्ब्याएको हो । शुक्रबारको मन्त्रिपरिषद् बैठकले वस्तुको आयात प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उद्योगी व्यवसायीहरुले प्रतिबन्ध खुलाउन दबाब दिएपनि सरकारले बन्देजलाई यथावत् राखेको हो । गाडी, महँगा मोटरसाइकल, तयारी मदिरा र ३ सय डलर भन्दा बढी मूल्यका स्मार्ट फोनको आयात प्रतिबन्ध मंसिर २९ गतेसम्म यथावत राख्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेको थियो । वैशाख दोस्रो सातादेखि नै कार, जिप र भ्यान, १५० सीसीमाथिका मोटरसाइकल, मदिरा र महँगा मोबाइल फोनको…

Read More

काठमाडौँ । धोबीखोला र बागमतीको दोभान थापाथलीस्थित रुद्रेश्वर मन्दिरमा वरपर निर्माण भएका संरचनामा शुक्रबार काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग सम्झौता गरेर त्यस क्षेत्रमा विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाहरुले पार्क बनाएका थिए । तर कतिपयले सम्झौता विपरीत संरचना बनाएपछि समितिले काठमाडौँ महानगरपालिकाको सहयोग लिएर ती संरचनामा डोजर चलाएको हो । समितिका सुपरभाइजर सागर कटुवालका अनुसार पूर्व सूचना गरेर महानगर प्रहरीको सहयोगमा रुद्रेश्वर मन्दिरले बनाएको भजन हल, क्रियापुत्री भवन लगायतको संरचना हटाएको हो । समितिले बागमती किनार नजिकै निर्माण भएको सत्य साई बाबा ध्यान केन्द्र पनि हटाएको छ । बागमती कोरिडोरमै थापाथलीदेखि युएन पार्कको…

Read More

काठमाडौँ । कालाकार सुशीला ग्लानको निधन भएको छ। उपचारको क्रममा ग्लानको शुक्रबार बिहान जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो। पारिवरका एक सदस्यका अनुसार जन्डिसबाट ग्रस्त भएपछि उनलाई दुई दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनले विभिन्न म्युजिक भिडियोहरूमा अभिनय गरेकी छिन्। उनले अभिनय गरेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होसार मेला’, ‘डम्फुमा सेलो’ जस्ता गीत लोकप्रिय छन्। उनले अभिनय गरेको ‘मायाभन्दा ठूलो जात होइन कहाँ पर्‍यो घर रु रु बोलको म्युजिक भिडियो सार्वजनिक हुने क्रममा रहेको छ। काठमाडौँको शंखरापुरमा जन्मिएकी ग्लानको शुक्रबार नै बौद्ध जोरपाटीस्थित जम्बोडाँडामा अन्तिम संस्कार गरिएको छ।

Read More

काठमाडौं । सरकारले विदेशी लगानीको न्युनतम सीमा प्रति विदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्युनतम सीमा प्रति विदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको बताए। निर्णयहरू:

Read More

काठमाडौं । बिरामी भएर अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ । किस्ट अस्पतालले शुक्रबार बुलेटिन जारी गर्दै जशीको अवस्था चिन्ताजनक रहेको जनाएको हो । २२ दिनदेखि उपचाररत उनलाई बिहीबार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर, औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ । जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या छ । साथै उनलाई डेङ्गी पनि भएको थियो ।

Read More

निरन्तर भएको वर्षापछि बबई नदीमा आएको बाढीले क्षति पु¥याएको जब्दीघाटको पुल । सो पुल भत्किएपछि गुलरियाको सदरमुकाम र बारबर्दिया नगरपालिकाको स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ । तस्बिरः मेनका चौधरी/रासस

Read More

नेपाल सरकारद्वारा संरक्षित क्षेत्र काँक्रेबिहार र यसको आसपासमा बचेको खेतीयोग्य जमिन । पछिल्लो समय जग्गा प्लटिङ गरी घडेरीका रुपमा बिक्री गर्दा खेतीयोग्य जमिन मासिँदै गइरहेको छ । तस्बिरः सुरेश आचार्य/रासस

Read More