Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । मेलम्चीको पानी तेस्रो पटक काठमाडौं उपत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी निर्माण सुरु गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी सुरु गरिएको बताए। यस वर्षको मनसुनी वर्षा सुरु हुन थालेपछि जेठ १७ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान बन्द गरिएको थियो। वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहान तथा सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएका थिए। कार्यकारी निर्देशक श्रेष्ठले भने,…
काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत कार्यकारी समितिको बस्दै नबसेको बैठकको निर्णय उल्लेख गर्दै सरकारले सरुवा गरेको ४ कर्मचारीको हाजिर नगराएको खुलेको छ। सरकारको निर्णय अटेर गर्नेतर सरकारी सुविधा दुरूपयोग गर्ने उपाध्यक्षसहित आयोगका निर्देशकलाई कारबाही गर्नुपर्ने माग कर्मचारीले गरेका छन्। हाल सरुवा भइसकेका सदस्य सचिव डा. भोजराज काले र उपाध्यक्ष गिरीको कार्यशैलीप्रति आपत्ति जनाउँदै मंगलबारदेखि कर्मचारीले काम बन्द गरेका छन्। यो क्रम हिजो ऋबार पनि जारी रहेको थियो। हामी धबार कार्यालय आएका थियो, सरकारको निर्णय कार्यान्वयन नभएसम्म काम नगर्ने अडान जारी राखेका छौ, एक कर्मचारीले भने। आयोगको उपाध्यक्ष डा। गिरीले कानुनको बर्खिलाफमा शिक्षा…
कानो । नाइजेरियामा एक दशकमा आएको सबैभन्दा खराब बाढीमा परेर करिब ५०० जनाको मृत्यु भएको छ । वर्षा मौसममा आएको बाढी पहिरोमा अन्य १४ लाख मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । प्रचुर वर्षा र कमजोर पूर्वाधारको कारणले गर्दा आएको बाढीले अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको देश स्पार्किनको ठूलो भागलाई असर गरेको छ । जारी संकटले खाद्य असुरक्षा र मुद्रास्फीतिलाई अझ खराब बनाउने अनुमान गरिएको छ । नाइजेरियाको मानवीय मामिला मन्त्रालयले भनेको छ, ‘वर्षापछिको बाढीपहिरोका कारण १४ लाख मानिस विस्थापित भएका छन भने करिब ५०० व्यक्तिको मृत्यु भएको रिपोर्ट गरिएको छ । बाढी पहिरोमा परी १,५४६ व्यक्ति घाइते भएका छन…
चौतारा । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ। विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएको हो। नयाँ ट्रयाक खोल्ने कामसँगै पुराना पदमार्ग मर्मत सम्भार गरिएको छ। पर्यटन प्रवर्धनका लागि पदमार्ग निर्माणलाई गति दिइएको हो। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले स्थानीय तहको समन्वयमा दुई करोड रुपैयाँ लागतमा पर्यटन विभागले हेलम्बु, सिमीसिदाङ हुँदै लाङ्टाङ पुगिने ३० किलोमिटर पदमार्ग र गाञ्जालापास हुँदै रसुवाको लाङ्टाङ पुगिने ४० किलोमिटर बाटो निर्माण गरेको जानकारी दिए। लाङ्टाङ जोड्ने यी दुई पदमार्ग मात्रै हुन् । हेलम्बुको कुटुङ्साङ, ठाडेपानी, गोसाइँकुण्ड, रसुवाको स्याफ्रुबेँसी जोड्ने…
फ्लोरिडा। अमेरिकाको फ्लोरिडामा इयान आँधीका कारण १०२ जनाको मृत्यु भएको छ । फ्लोरिडा मेडिकल परीक्षक आयोगले राज्यव्यापी आँधीका कारण उनीहरूको मृत्यु भएको हो । आँधीबाट राज्यको दक्षिणपश्चिम सबैभन्दा बढी प्रभावित छ । इयान संयुक्त राज्य अमेरिकामा अहिलेसम्म आएको सबैभन्दा शक्तिशाली आँधी हो। यो सेप्टेम्बर २६ मा एक शक्तिशाली श्रेणी ४ तुफानको रूप तटीय क्षेत्रमा प्रहार गरेको थियो । आँधीका कारण यस राज्यले यसअघि कहिल्यै नदेखेको ठूलो विनाशको साक्षी बनेको छ । उत्तरी क्यारोलिनामा अर्को पाँच जनाको मृत्यु भएको राज्यका गभर्नरले रिपोर्ट गरेका थिए । ल्यान्डफल गरेपछि आँधी फ्लोरिडा र एट्लान्टिक महासागरमा पुगेको थियो । आँधीले फ्लोरिडामा ठूलो भौतिक क्षति गरेको…
बारा । निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो । श्रेष्ठले १५ वर्षकी नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी परेको प्रहरी स्रोतले पुष्टि ग(यो । ‘अध्यक्ष श्रेष्ठविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी आएको छ, उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न…
काठमाडौं । नेकपा एमालेका पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख बाटै हटाइने भएको हो । एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले टिकट नदिएपछि एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । पूर्वमाओवादी पृष्ठभूमिका एमाले स्थायी समिति सदस्य प्रभु साहले अन्तिम समय आएर पार्टीले दिएको टिकट लत्याएर स्वतन्त्र उम्मेदवार दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग…
काठमाडौं । प्रधानमन्त्री कार्यालयको दबाबमा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आठ ट्रक सुपारी छोडिएको छ। प्रहरीले राजस्व कार्यालयमा बुझाएको दुई महिनापछि सुपारी छाडिएको हो। मोरङ प्रहरीले साउन ५ मा पक्राउ गरेर ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीलाई ८ ट्रक सुपारी बुझाएको थियो। राजस्वले असोज १३ गते सुपारी छाडि दिएको हो। राजस्व विभागले प्रधानमन्त्री कार्यालयको दबाब थेग्न नसकेपछि इटहरी कार्यालयलाई पत्राचार गरेर सुपारी छाडिएको जानकारी दिइयो। कार्यालयका प्रमुख तीर्थराज खनालले राजस्व अनुसन्धान विभागले असोज १२ गते रोकिएका ट्रक गन्तव्यमा लैजान अनुमति दिनु भन्ने ब्यहोराको पत्र पठाएपछि छाडिएको जानकारी दिए । सुपारी छाड्न दबाबका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा केही राष्ट्रिय नेताले फोन…
काठमाडौं । मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई विभाजित भएर गएका नेताहरूबाटै खतरा देखिएको छ। एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र एमालेका उम्मेदवार २० वटा निर्वाचन क्षेत्रमा आमनेसामने हुँदैछन् । आफ्नै दलका पूर्वनेताहरूसँग आमनेसामने हुने निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले जित निकाल्न असहज हुने महसुस गरेका छन्। उम्मेदवारी मनोनयनको एक दिनअघि एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालसँग पनि एमालेले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। एमालेका उम्मेदवारले प्रतिनिधिसभाका २३ वटा निर्वाचन क्षेत्रमा आफ्नै दलका पूर्वनेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ। सत्ता गठबन्धनभित्रको नेकपा एसले उम्मेदवारी दिएका २० र अन्य ३ स्थानमा एमालेले आफ्नै दलका पूर्वनेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने छ…
काठमाडौं । भारत तथा तेश्रो मुलुकबाट रक्सोल नाका हुँदै आएको कार्गो आयात(निर्यात पूर्ण रुपमा बन्द गरेर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बाट मात्रै गर्न भारतीय पक्षले दवाव दिएको छ । भारत सरकारको पटनास्थित प्रिन्सिपल कमिशनरको कार्यालयले सूचना जारी गर्दै रक्सोलबाट बौद्धीमाई मन्दिर हुँदै आईसीपीसम्म आउने बाटो पूर्णरुपमा सञ्चालनमा आइसकेकोले अब रक्सोलबाट आयात निर्यात हुँदै आएको कार्गो पनि आईसीपीबाट मात्रै हुने जनाएको छ। कमिशनरको कार्यालयले निकालेको सार्वजनिक सूचनाअनुसार अक्टोबर १८ तारिख अर्थात असोज २० गते आइतबारदेखि भारत तथा तेश्रो मुलुकबाट आयात हुँदै आएको सामान (आईसीपी)बाट मात्र जाँचपास हुनेछ। प्रिन्सिपल कमिशनरको कार्यालयले असोज २१ गते नै सार्वजनिक सूचना जारी गरेर सबै आयात, निर्यातकर्ता,…