Author: सूचनापाना

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको सूची अनुसार प्रतिनिधि सभातर्फ कुल २ हजार ५२६ उम्मेदवार रहेका छन्। जसमध्ये २३५ जना महिला र २ हजार २९१ पुरुष रहेका छन्। यस्तै, प्रदेश सभातर्फ कुल ३ हजार ४७६ उम्मेदवार र २९७ जना महिला उम्मेदवार र १ जना अन्य उम्मेदवार रहेका छन्। आयोगले भोलिसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ। प्रतिनिधिDownload

Read More

काठमाडौं । आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् । आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् । यता राजनीतिक दलहरु भने बागी उम्मेदवार व्यवस्थापनमा जुटेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुले विज्ञप्ति नै जारी गरेर बागी उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने चेतावनी नै दिएका…

Read More

काठमाडौँ । कालिकोटको तिलागुफा नगरपालिकामा बाढी पहिरोबाट प्रभावितहरूका राहत सामग्री लिएर गएको हेलिकप्टर अवतरण हुन नसकी फर्किएको छ । बाढी पहिरो प्रभावितहरूका लागि प्रदेश सरकारबाट राहत सामग्री लिएर गएको नेपाली सेनाको फिस्टेल एअर हेलिकप्टर खबर मौसमका कारण अवतरण हुन नसकी फर्किएको हो । यसैबीच हेलिकप्टरले शुभकालिका गाउँपालिका ३ की ५३ वर्षीया धना तिरुवा र खुट्टा फ्याक्चर भएका सान्नी त्रिवेणी गाउँपालिका १ लुसाका १४ वर्षीय अपिल जैसीलाई प्रदेश अस्पताल लिएर फर्किएको छ ।

Read More

काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया(२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका चौधरीको उम्मेदवारी खारेज हुने निर्णय भएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिए । चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेदवारी खारेज भएको उनले बताए ।

Read More

काठमाडौँ । बागी उम्मेदवारी फिर्ता नगरे नेपाली काँग्रेसले उम्मेदवारलाई कारबाही गर्ने भएको छ। मंगलबार दिउँसो बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बागी उम्मेदवारलाई बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको थियो। बैठकपछि काँग्रेसले विज्ञप्ति जारी गर्दै तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जानकारी दिएको हो। पार्टीले बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन भनेको हो। फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ।

Read More

बर्दिया । बर्दिया प्रहरीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहाबाट उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको भे८प ३८०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चार ग्राम सात सय मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा बाँकेको खजुरा गाउँपालिका–४ बस्ने सिमोन विक र ललित भुजेल पक्राउ परेका थिए । सोधपुछ गर्दा उनीहरूले खजुरा गाउँपालिका–१ बस्ने भानु सिग्देल र नेपालगन्ज उपमहानगरपालिका–४ बस्ने राजेश विकका लागि लागूऔषध ओसारपसार गरेको पत्ता लागेपछि चारैजना पक्राउ परेका हुन् । पक्राउ परेका चारैजनालाई बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी…

Read More

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारवाही सुरु गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘आचारसंहितामा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ । उक्त व्यवस्था उलङ्घनकर्तालाई निर्वाचन आयोग, ऐन २०७३ को दफा २३ बमोजिम स्पष्टीकरण सोधी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको अवगत गराइन्छ,’ आयोगले विज्ञप्तिमा भनेको छ । निर्वाचन आचारसंहिता,…

Read More

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ । उजुरी कानूनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको थियो । बीपी काँग्रेसका तर्फबाट डडेल्धुराको उम्मेदवार रहेका कर्ण मल्लले देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी दिएका थिए । नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको उजुरीमा उल्लेख छ । तर, मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट गलत भएको पाइएकोले उजुरी खारेज गरिएको मुख्य…

Read More

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । भेटवार्ता आज सैनिक मुख्यालय जंगी अड्डामा भएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार पाकिस्तानका राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फर्कनुअघि प्रधानसेनापतिसँग बिदाई भेट गरेका हुन् । भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिएका थिए । यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Read More

काठमाडौं । कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएका छन् । आइतबार दिउँसो १ बजेतिर तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामीहरुको भागदौड मच्चिएको थियो । पहिरोमा पुरिएर तिलागुफा नगरपालिका ४ का नवनिर्वाचित वडाअध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको अन्तिम संस्कार चलिरहँदा त्यहाँ पुगेका मलामीमाथि पहिरो खसेको हो। बेपत्ता हुनेहरुमा हेमराजका बुबा कालीबहादुर शाही, धनबहादुर शाही, क्षेत्रजंग शाही, खगेन्द्र शाही, भेषबहादुर शाही, धन शाही, अलि शाही, खेमराज शाही, भक्तबहादुर शाही, मोतिलाल शाही, परबहादुर शाही, नरेश शाही र प्रशान्त शाही छन्।…

Read More