Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ३ मा उमेदवारी दर्ता गरेका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चारवटामा एमाले र एकमा राप्रपा र एमालेबीच तालमेल भएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उमेदवार दर्ताका लागि गोरखा जाँदैछन् । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लिएर अध्यक्ष प्रचण्डले गोरखा-२ बाट उम्मेदवारी दर्ता गर्न लागेका हुन् । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् आफूहरु गोरखा जान लागेको जानकारी गराएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२बाट उम्मेदवारी दर्ता गर्ने भएका छन् । सत्ता गठबन्धनबीच भागबन्डा हुँदा बस्नेतको निर्वाचन क्षेत्र नम्बर–१ माओवादी केन्द्रको भागमा परेपछि बस्नेतले क्षेत्र नम्बर–२बाट उम्मेदवारी दिन लागेको जिल्ला सभापति जंगबहादुर लामाले जानकारी दिए । उनी उम्मेदवारी मनोनयनपत्र दर्ता गराउने तयारीमा छन् ।
काठमाडौं । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता सुरु भएको छ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मनोनयन दर्ताको कार्य बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहनेछ । मनोनयन पत्र दर्ता गर्दा मतदाता नामावली ऐन, २०७३, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेशसभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ र निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मनोनयन पत्रसाथ कागजात…
काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले विभिन्न ८ शीर्षकमा मात्रै खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मतदाता नामावली खरिद, प्रचार प्रसार सामग्री, गोष्ठी अन्तरक्रिया, सवारी साधन, ढुवानी, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन शीर्षकमा उम्मेदवारले खर्च गर्न पाउनेछन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को प्रतिकूल नहुने गरी उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको लागि आयोगले तोकेको खर्चको अधिकतम हदभित्र रही खर्च गर्न पाउँछन् ।…
काठमाडौँ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका ३ मुसरियामा हिजो शुक्रवार राति १० बजेतिर लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको ज्यान गएको हो । ज्यान गुमाउनेमा लमही नगरपालिका-१ का लहानु चौधरी र राप्ती गाउँपालिका-६ का सुलेश चौधरी रहेका छन् । दुर्घटनामा परि लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा ज्यान गएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए । मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकाएर…
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी टिचिङ अस्पताल पुगेकी छन् । उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुखाखोकीलगायत समस्या देखिएपछि टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ । “भाइरल, रुखाखोकी हो । अहिले टिचिङ अस्पतालमा जाँच हुँदै छ,” उनले भने ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा चुनावमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् । माओवादी केन्द्रको पदाधिकारीको बैठकले अध्यक्ष दाहाललाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलका अनुसार अध्यक्ष दाहाल गोरखा २ बाट उम्मेदवार बन्ने निर्णय भएको हो ।
काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । घटनामा दुई जना बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार पहिरोमा परि मृत्यु हुनेमा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा र उनीहरुका छोराहरु अनमोल र मिलन छन् । सुरेन्द्र हमाल र गणेश बहादुर शाही बेपत्ता छन् । आज बिहान करिब ३–४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए । पहिरोमा परि गम्भीर अवस्थामा रहेका दुई जनालाई उद्धार गरिएको केशरीले जानकारी दिए । गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन…
एजेन्सी – भारतको महाराष्ट्रस्थित नासिकमा शनिबार बिहान एउटा निजी बसमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा करिब ३८ जना घाइते भएको बताइएको छ । प्रहरीका अनुसार नासिक–औरंगाबाद सडकमा रहेको नान्दुरनाका नजिक बिहान ५;३० बजे दुर्घटना भएको हो । मुम्बईबाट यवतमाल जाँदै गरेको बस कन्टेनर ट्रकसँग ठोक्किएर बसमा आगो लागेको थियो । नासिकका प्रहरी नायब उपरीक्षक अमोल ताम्बेले भने, ‘दुर्घटनामा ३८ यात्रु सामान्य घाइते भएका छन्। उनको उपचार चलिरहेको छ । मृत्यु हुनेको सनाखत भइरहेको छ । दुर्घटना कसरी भयो र बसमा आगजनी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’ प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाका…