Author: सूचनापाना

काठमाडौँ । हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ । काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नंको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो । बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ । बसमा आगलागी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका छन् । बसमा ३२ यात्रु सवार थिए । उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए । गुड्दै गरेको बसको इन्जिनबाट…

Read More

लमजुङ । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो। ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैधले बताए । हातहतियार निर्वाचन सम्पन्न भएको एक हप्तापश्चात् फिर्ता गरिनेछ । हातहतियार तोकिएको समयमा नबुझाए कानुननुसार कार्बाही गरिनेछ ।

Read More

काठमाडौँ । विवेकशील साझा पार्टीले पूर्वअध्यक्ष रवीन्द्र मिश्रका पालामा ल्याएको सिद्धान्त खारेज गरेको छ। पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष मिश्रका पालामा ल्याइएको विचारभन्दा माथि देशको सिद्धान्त खारेज गरेको हो । बैठकले उक्त सिद्धान्तलाई विवादास्पद र घातक दस्तावेज निष्कर्ष निकालेको छ । बैठकले उक्त सिद्धान्त प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरेको सो पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । प्रवक्ता परियारले उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति सुरू भएको दावी गरेका छन् । बैठकले केही नेताहरूमाथि पार्टी हित विपरित कार्य गरेको भन्दै स्पष्टीकरण लिने निर्णय समेत गरेको छ । पूर्व अध्यक्ष…

Read More

काभ्रे । काभ्रेमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। काभ्रेको विकट खानीखोला गाउँपालिका–१ स्थित गैरीभान्ज्याङमा खानीखोलाबाट बनेपातर्फ दशैँको लागि खसी लिएर आउँदै गरेको बा५च ४११७ नम्बरको बोलेरो दुर्घटना भएका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले दुर्घटनामा परी खानीखोला–४ स्थित् डाँडागाउँका ज्ञानबहादुर जिम्बाको २१ वर्षीय छोरा दिपेश जिम्बाको मृत्यु भएको जानकारी दिए। उनका अनुसार मृतक जिम्बाको शव बनेपास्थित शिरमेमोरियल अस्पतालमा राखिएको छ। त्यस्तै घाईते ५ जनालाई उपचारका लागि अस्पताल लागिएको छ। जसमा शिरमेमोरियलमा छिरिङ जिम्बा र रुपेश स्याङ्तान रहेको छ भने धुलिखेल अस्पतालमा मिलन लोप्चन, बलबहादुर…

Read More

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ट्युसन सेन्टरमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । आक्रमणमा अधिकांश महिला विद्यार्थी, प्रहरी र प्रत्यक्षदर्शीहरू छन् । सहरको पश्चिममा रहेको दस्त९ए९बर्ची क्षेत्रमा रहेको काज शिक्षा केन्द्रमा भएको झडपमा अन्य ३० जना घाइते भएका छन् । बम हमला हुँदा विद्यार्थीहरुले परीक्षा दिइरहेका थिए । आक्रमणको कुनै समूहले लिएको छैन् । आक्रमण भएको क्षेत्रमा अल्पसंख्यक हजराजको बाहुल्यता छ , जसलाई बारम्बार इस्लामिक स्टेट ९आइएस० लडाकुले निशाना बनाइरहेका छन् । स्थानीय टिभी र सामजिक सञ्जालमा सेयर गरिएको फुटेजमा नजिकैको अस्पतालमा शवहरू भुइँमा छरपस्ट फैलिएको देखिन्छ ।

Read More

काठमाडौँ । यस वर्ष दशैँको दिन पानी पर्ने र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तर पश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि पर्ने भएको हो । मौसमविद् विनोद पोखरेलले नवमीदेखि नेपालमा वर्षा सुरु हुने र द्वादशीसम्मै कायम रहने बताए । यसबिचमा पश्चिम नेपालका केही स्थानमा अति भारी वर्षाको सम्भावना समेत छ । जल तथा मौसम विज्ञान विभागले पनि दशैँ विशेष मौसम बुलेटिन जारी गर्दै असोज १८ गते नवमीको दिन केही स्थानमा मध्यम खालको वर्षा हुने जानकारी गराएको…

Read More

प्योङयाङ । उत्तर कोरियाले शनिबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको तटीय गार्डले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ । उत्तर कोरियाबाट कम्तिमा दुईवटा प्रक्षेपणहरू प्रक्षेपण गरिएको थियो कोस्ट गार्डले जनाएको छ भने जापानको सार्वजनिक प्रसारक एनएचकेले भने कि वस्तुहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेको जनाएको छ । कोस्ट गार्डले स्थानीय समयअनुसार बिहान पौने सात बजे जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बलिस्टिक क्षेप्यास्त्र उत्तर कोरियाबाट प्रक्षेपण गरिएको जस्तो देखिन्छ ।’ लगभग १५ मिनेटपछि जारी गरिएको दोस्रो विज्ञप्तिमा, तटरक्षकले अर्को स्पष्ट ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको जनाएको छ । एनएचकेले सरकारी स्रोतलाई उद्धृत गर्दै दुवै क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर…

Read More

सल्यान – सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दामोदर केसीका अनुसार शनिबार बिहान कुमाख गाउँपालिका–६ जिमालीनजिकै दुर्घटनामा परेका हो । दुर्घटनामा ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया अनिता भन्ने एनका पुनको मृत्यु भएको उनले जानकारी दिए । डुमकोटबाट धार्मिक पर्यटकीयस्थल खैराबाङ भगवतीको दर्शन गर्न आउँदै गरेका यात्रु बोकेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ । जिपमा १९ जना यात्रु सवार रहेको र घाइतेहरूको विवरण आउन बाँकी रहेको…

Read More

मेलम्ची । गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ। विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो। नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दसैंमा यातायात सहज भएको छ। नगरपालिकाले गए राति इन्द्रावती नदीमा ह्युमपाइप राख्ने काम सम्पन्न गरेको छ। बिहानैदेखि यहाँ यातायातका साधन सञ्चालनमा आएका छन्। नगरपालिकाले वडा नं ११ फट्टे मेलम्ची नदीमा एक हप्ताअघि नै ह्युमपाइप राखेर यातायात सञ्चालन भइसकेको इञ्जिनियर राजु दङ्गालले जानकारी दिए। दुवाचौरका व्यापारी जितु भारतीले अब सहजै सामान मेलम्चीबाट ल्याएर बेच्न सकिने भन्दै खुसी व्यक्त गरे।…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ। सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्‍याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारी रूपमा फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ। बञ्चरेडाँडामा हानिकारक फोहोर व्यवस्थापन नगर्ने योजनाअनुरूप कामपाले यस किसिमको अभ्यास सुरू गरेको हो। कामपा प्रमुखको सचिवालयका सदस्य सुनिल लम्सालले भने, ‘उपत्यकामा तीन स्थानको पहिचान भएको छ। बीचमा केही अवरोध नआए आगामी मंसिरदेखि उक्त कामको थालनी हुनेछ। त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयसँग छलफल भइरहेको छ।’ फोहोर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्नेछ। हाल कामपा र…

Read More