Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं। नवरात्रीको आज पाँचौ दिन । आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो । सिंहासनगता नित्यं पद्माश्रितकरद्वया ।शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी ।। स्कन्दमाताको चार हात रहेको छ । देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरुपको भगवान कुमार र एउटा हात आशिर्वाद मुद्रामा रहेको छ । स्कन्दमाताको वहान सिंह रहेको छ । कमलको फुलमा बस्ने भएकीले देवीलाई पद्मासना पनि भनिन्छ । यस स्वरुपकी देवीलाई विशेष गरेर फलमा केरा चढाइन्छ । स्कन्दमाताको पूजा आराधना तथा ध्यान गर्नाले…
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण मुलुक भयावह अवस्थामा पुगेको बताएका छन् । बिहीबार भक्तपुरको बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनका कारण मुलुक अप्ठेरो र भयावह अवस्थामा पुगेका कारण त्रसित भएर गठबन्धनका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने लहर चलेको बताए । उनले सरकार गठनका साथै देश बनाउने कुरामा आगामी निर्वाचन निकै महत्त्वपूर्ण हुने धारणा राखे । अध्यक्ष ओलीले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न एमाले बाहेक कसैले पनि नसक्ने भएकाले अब एमालेको सरकार बन्नुपर्ने उल्लेख गरे । उनले देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्ने, भष्टचार नियन्त्रण गरेर सुशासन कायम गर्ने र…
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको छ । काठमाडौँ महानगरपालिका-४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत् प्रसारण लाइनमुनि रहेकाले हटाउन निर्देशन गर्दै माइकिङ गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार विद्युत् प्रसारण लाइनमुनि रहेका संरचना हटाउन माइकिङ गरेर जानकारी दिन सुरु गरिएको छ । महानगरपालिकाले विद्युत् प्रसारण लाइनको तल पर्ने जमिनमा बनेको संरचनामा नक्सापास गर्दैन । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सबै प्रक्रिया पूरा गरेर भवन निर्माण गरेको बताए । राप्रपा स्रोतका अनुसार दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाएर तत्कालीन राप्रपा, नेपाललाई दिएका थिए । उनले पत्नी शशीकला राज भण्डारीको स्मृतिमा…
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको छैठौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको छ । असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा सुरु भएको सो बैठकको बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले नेतृत्व गरेका थिए । बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमति भएको छ । यसका साथै सीमा…
काठमाडौँ । डेंगी संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पारासिटामोल औषधि आपूर्ति व्यवस्था सहज बनाएको जानकारी दिएको छ । सह(प्रवक्ता डा।समिरकुमारी अधिकारीका अनुसार मन्त्रालयले विभिन्न निकायहरूलाई निःशुल्क वितरणका लागि औषधि उपलब्ध गराएको छ। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’विभिन्न औषधि तथा भण्डारण केन्द्रहरूमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको छ। त्यस्तै सम्पूर्ण निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई यसको उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण भइरहेको छ ।’
काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरूले एमोनिया नक्सा सिट वा कम्प्युटर प्रिन्ट नक्सा लिनको लागि नापी कार्यालय धाउनु नपर्ने भएको छ । नापी कार्यालयले डिजिटल प्रणाली मार्फत जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका कार्यान्वयनमा ल्याएपछि यस्तो सम्भव भएको हो । बैङ्क तथा वित्तीय संस्थाहरूले कर्जा दिँदा धितोको रूपमा घर तथा जग्गालाई प्राथमिकता दिने र यसरी धितो राख्नको लागि नक्सा आवश्यक पर्ने हुँदा नापी कार्यालय धाउनु पर्ने बाध्यता थियो । तर, अब भने यस्तो बाध्यता हटेकोले डिजिटल रूपमै नक्सा लिन सकिने व्यवस्था मिलाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागबाट हालै सञ्चालनमा ल्याइएको अनलाइन…
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति भण्डारी र राजदूत बेरीबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन् । उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादसैंको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनका अनुसार विजया दशमीका दिन १९ असोजमा दिउँसो २ देखि अपरान्ह ३ बजेसम्म उच्च पदस्थ व्यक्तिहरुलाई र सोही दिन अपरान्ह ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई बडादसैंको टीका लगाइदिने कार्यक्रम तय गरिएको छ । टीका ग्रहण गर्ने जानेलाई मर्यादित पोशाक लगाउनुपर्ने र राष्ट्रपति कार्यालयको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गर्न भनिएको छ ।
जुम्ला । जुम्लामा स्याउ बोकेको मालबाहक ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । हिमा गाउँपालिका(१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालक विनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार बाग्मती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा मकवानपुर निवासी चालक लामाको निधन भएको हो । दुर्घटनामा सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार टाउकोमा चोट लागेका न्यौपानेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि रिफर…
काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पश्चिम)को सरावल गाउँपालिका–७ भन्सार टोल बस्ने ४२ वर्षीय लखन यादव सोही ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–१९ चक्रबहील इतानी गल्ली डेरा गरी बस्ने हाल पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोतीस्थित भेरी नदीको किनारमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । सुनसरीको रामधुनी नगरपालिका–१ मिठ्ठिचोक नजिक सुनसरी मोरङ सिचाई आयोजनाको नहरमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला…