Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
सल्यान – सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दामोदर केसीका अनुसार शनिबार बिहान कुमाख गाउँपालिका–६ जिमालीनजिकै दुर्घटनामा परेका हो । दुर्घटनामा ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया अनिता भन्ने एनका पुनको मृत्यु भएको उनले जानकारी दिए । डुमकोटबाट धार्मिक पर्यटकीयस्थल खैराबाङ भगवतीको दर्शन गर्न आउँदै गरेका यात्रु बोकेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ । जिपमा १९ जना यात्रु सवार रहेको र घाइतेहरूको विवरण आउन बाँकी रहेको…
मेलम्ची । गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ। विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो। नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दसैंमा यातायात सहज भएको छ। नगरपालिकाले गए राति इन्द्रावती नदीमा ह्युमपाइप राख्ने काम सम्पन्न गरेको छ। बिहानैदेखि यहाँ यातायातका साधन सञ्चालनमा आएका छन्। नगरपालिकाले वडा नं ११ फट्टे मेलम्ची नदीमा एक हप्ताअघि नै ह्युमपाइप राखेर यातायात सञ्चालन भइसकेको इञ्जिनियर राजु दङ्गालले जानकारी दिए। दुवाचौरका व्यापारी जितु भारतीले अब सहजै सामान मेलम्चीबाट ल्याएर बेच्न सकिने भन्दै खुसी व्यक्त गरे।…
काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ। सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारी रूपमा फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ। बञ्चरेडाँडामा हानिकारक फोहोर व्यवस्थापन नगर्ने योजनाअनुरूप कामपाले यस किसिमको अभ्यास सुरू गरेको हो। कामपा प्रमुखको सचिवालयका सदस्य सुनिल लम्सालले भने, ‘उपत्यकामा तीन स्थानको पहिचान भएको छ। बीचमा केही अवरोध नआए आगामी मंसिरदेखि उक्त कामको थालनी हुनेछ। त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयसँग छलफल भइरहेको छ।’ फोहोर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्नेछ। हाल कामपा र…
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रियको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडान प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन नउडाउन सूचित गरेको हो । यस्तो कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने विमानस्थल कार्यालयको भनाई छ । यस्ता गतिविधि नगर्न भन्दै कार्यालयले अटेर गरेमा कानूनअनुसार कडा कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । ड्रोन उडान सम्बन्धी नियम २०२१ ले विमानस्थलको आसपास ड्रोन उडाउन बन्देज गरे पनि पछिल्लो समय अटेर गरी ड्रोन उडाइरहेको पाइएको कार्यालयको भनाइ छ ।
काठमाडौँ । दसैँ नजिकिएसँगै देशभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । गएको वर्षको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । दसैँ सुरु हुनुअघि पेट्रोल २२ लाख लिटर खपत हुने गरेको थियो । अहिले पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। दसैँ सुरु हुनुअघि भने डिजेल दैनिक औसत ३५ लाख लिटर खपत हुँदै आएको थियो । दसैँ मनाउन मानिसहरू काठमाडौँ उपत्यका बाहिरिन थालेसँगै काठमाडौँका केही पेट्रोल पम्पमा इन्धन भर्नेको लामो लाइन लागेको छ…
काठमाडौं – नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । कार्यतालिका प्रकाशित गरिएको छ । इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ ।
काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटिआर ७२-५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो । नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर आज बिहान ८.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान भर्ने तालिका रहेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तोलाले जानकारी दिए । सो विमानलाई प्राधिकरणले नाइनएन-एएमजेट कल साइन दिएको छ । सत्तरी सिट क्षमताको उक्त विमान अष्ट्रेलियन कम्पनीसँग लिजमा ल्याएको हो । एमएसएन नं ९८६ भएको उक्त विमानको जम्मा आठ हजार…
काठमाडौं । दुई वर्षअघि घोषणा भएको फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । रिमेश अधिकारीको लेखक तथा निर्देशन रहेको यो फिल्ममा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंको कथा उल्लेख छ । यही दिन दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ पनि प्रदर्शनमा आउँदैछ । फिल्म ‘नालापानी’ले बिहीबार आयोजना गरेको ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशकसँगै फिल्मसँग सम्बन्धित संस्थाका प्रतिनिधिले फिल्मलाई सोलो रिलिज गर्न दिनुपर्ने माग राखे । निर्देशक अधिकारीले नौ वर्षको अध्ययन र अनुसन्धान गरेर फिल्म निर्माण गरेको खुलाउँदै फिल्मले नेपाली वीरताको गाथा…
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् । आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ । एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।
काठमाडौं । दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ । महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड व्राण्डका २० केजी तौलका ६ बोरा चामल, सोही व्राण्डका २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट मकैको च्याँख्ला विक्री गर्न रोक लगाएको छ । उत्पादन अनुज्ञा पत्र नभएकोले यी सामान विक्रीमा रोक लगाइएको खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा अवधेश झाले बताए । झाकाअनुसार…