Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । गायक युगल गुरुङ र गायिका बर्तिका एम राईले इन्गेजमेन्ट गरेका छन्। उनीहरूले पारिवारिक जमघटबीच इन्गेजमेन्ट गरेका हुन्। युगल र बर्तिकाले साथीले बधाई दिइएको तस्बिर इन्स्टाग्राम स्टोरीमा पोस्ट गरेका छन्। युगल र बर्तिका लामो समयदेखि प्रेममा थिए। उनीहरू दुवै अहिलेका चर्चित गायक गायिका हुन्। गायक युगलले ‘यो पर्खाइ, आफ्नो संसार, कोठा, सहारा, लुकामारी, कहाँ छौ, कुरा’ लगायत गीत गाएका छन्। गायिका बर्तिकाले ‘तिमी र म, नजिक, उमेर, बाँकी, खुसी, घर, सम्झना, खै’ लगायत गीत गाएकी छन्।
काठमाडौँ । मुगुको छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाईंको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् । उद्धारका लागी घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
काठमाडौं । सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित नाबालिग नभएको उनका वकिलले दाबी गरेका छन्। सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित भनिएकी युवती नाबालिग नभएको दाबी गरेकी हुन्। ‘उहाँले दुई वटा जन्मदर्ता बनाएको देखिएको छ। शिलशिलाबद्ध रूपमा उहाँ (सन्दीप) लाई फसाउन खोजिएको देखिन्छ,’ उनले भनिन्, ‘ उहाँले ढाँटेर, आफ्नो उमेर घटाएर जन्मदर्ता बनाउनुभएको छ त्यो प्रमाण पेस गर्छौं। उहाँ (सन्दीप) निर्दोष हुनुहुन्छ।’ सन्दीप लामिछानेले इजलासमा पनि न्यायाधीश दयाराम ढकालसमक्ष आफूलाई पीडित युवतीले १९ वर्षको भनेर जानकारी गराएको बताएको अर्का वकिल सरोजकृष्ण घिमिरेले बताए। पीडितका कागजातबारे भने आफू अनभिज्ञ रहेको उनले बताए। ‘उमेरको…
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरित हाइड्रोजन ऊर्जाको विकासमा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्नसक्ने बतााएकी छिन् । ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ उद्घाटन गर्दै उनले नेपालमा हरित हाइड्रोजन उत्पादन र निर्यातका लागि प्रचुर सम्भावना रहेको बताइन् । ‘हाइड्रोजनको व्यावसायिक प्रयोग नवीनतम प्रविधि हो । यसको व्यापार सहज भइसकेको छैन । पर्याप्त जलस्रोत उपलब्ध भएकाले नेपालमा यसको सम्भावना अन्य देशको भन्दा बढी छ’, मन्त्री भुसालले भनिन्, ‘हाइड्रोजन ऊर्जा उत्पादन र व्यापारमा नेपालले अग्रणी भूमिका निर्वाह गर्न सक्छ ।’ हाइड्रोजन ऊर्जाका विषयमा विश्वले अहिले…
काठमाडौं । कालिकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन भएका छन्। आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका उनीहरू अहिलेसम्म सम्पर्कविहीन छन् भने खोजी गर्न प्रहरी परिचालन गरिएको छ। स्थानीय हेमराज शाहीको मृत्यु भएपछि शव घाटमा लिएर गएका मलामीहरू सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। उनीहरू कुकुरखोल्सीबाट सम्पर्कविहीन भएको अनुमान छ। सो क्षेत्रमा पहिरो गएको र मलामीहरू पनि पहिरोमा परेको हुनसक्ने प्रहरीको अनुमान छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार मलामी गएकाहरू पहिरोसँगै तिला नदीमा आएको बाढीमा परेको हुन सक्ने अनुमान छ। राँचुलीका करिब ४७ वर्षीय कालिबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३१ वर्षका क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही,…
काठमाडौं । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले सोमबार उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। दसैं बिदाका कारण अदालत बन्द भएका कारण पक्राउ परेका उनलाई आजमात्रै अदालतमा उपस्थित गराएको हो। अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । खोकी र ज्वरोका कारण शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । भण्डारीलाई कोरोना भएपनि अहिले भने स्वास्थ्य स्थिति सुधारउन्मुख रहेको बताइएको छ ।
एजेन्सी । नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा डुंगा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । ८० जना सवार उक्त डुंगा अनाम्ब्रा राज्यको ओगबरु क्षेत्रमा शुक्रबार पल्टिएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । बाढीको पानीले डुबानमा परेपछि उनीहरू सुरक्षित स्थानमा पुग्न खोजिरहेका थिए । राष्ट्रपति मुहम्मदु बुहारीले उक्त दुःखद दुर्घटनाका पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले देशको जल यातायात प्रणालीमा सुरक्षा उपायहरूको समीक्षा गर्न पनि आदेश दिएका छन् । बुहारीले सरकारी निकायलाई डुंगाहरूमा सुरक्षा प्रोटोकलहरू जाँच गर्न र भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न आह्वान गरे । स्थानीय सञ्चारमाध्यमका अनुसार डुंगा पल्टनुअघि ओग्बाकुबाको न्क्वो…
काठमडौं । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा बिहीबार पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ। दसैं बिदाका कारण अदालत बन्द रहेकाले आज मात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो। कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो। सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको छ। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक(पटक बलात्कार गरेको आरोप लागेको थियो। भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग…
काठमाडौँ । देशभर हालसम्म २ हजार १२८ जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै हालसम्म देशभर १९३७ पुरुष र १९१ महिला गरी कूल २१२८ उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएको जनाएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज (आइतबार) उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जारी रहेको छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताको समय बिहान १० देखि अपराह्न ५ बजेसम्म ताकेको थियो । उक्त समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य हालसम्म पनि जारी रहेको आयोगले जनाएको…