Author: सूचनापाना

बुटवल । रुपन्देहीको देवदहको पाल्पाली टोलमा एक दम्पती मृत फेला परेका छन्। देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा बसोबास गर्दै आएका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरमा सोमबार बिहान मृत भेटिएका हुन्। चार दिनअघिमात्र वैदेशिक रोजगारबाट फर्किएका बालेन्द्र बन्द कोठाभित्र झुन्डिएको अवस्थामा थिए भने सोही कोठामा हेमकलाको शब भेटिएको छ । कोठामा ढोका भित्रबाट चुकुल लागेको अवस्थामा उनिहरुको शव फेला परेको प्रहरीले जनाएको छ। देवदह प्रहरी चौकी प्रमुख रहेका प्रहरी निरीक्षक गंगाबहादुर सारुले हेमकला भुईंमा पल्टिएको र बालेन्द्र झुण्डिएको अवस्थामा फेला परेको बताए। बुटवलको प्रहरी टोली घटनास्थल पुगेपछि मात्र ढोका…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ  र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । आमसभाका लागि ओली आज बिहान पोखरा जाँदैछन् ।  

Read More

लमजुङ । लमजुङमा दुई उम्मेदवारले आफ्नो उम्मेदवारी हापेको बताए पनि उनीहरू सम्बद्ध पार्टीहरूले मत माग्ने काम रोकेका छैनन् । जसपाका उम्मेदवार नरेन्द्र गुरुङ र नेपाली काँग्रेस (विपि)का उम्मेदवार डा. लक्ष्मीकान्त पौडेलको पक्षमा ती पार्टी भोट मागिरहेका छन् । उनीहरूले निजी रुपमा पत्रकार सम्मेलन गर्दै वक्तव्यसमेत जारी गरी उम्मेदवारी हापेको भएता पनि उनीहरूका पार्टीले भने भोट मागिरहेका छन् । उनीहरूले कार्तिक १३ गते विहान जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी आफूहरूले उम्मेवारी हापेर सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको उल्लेख छ । तर आजका दिनमा पनि ती दलको जिल्ला नेतृत्वले भने उनीहरुलाई भोट मागिरहेको अवस्था छ । डा. लक्ष्मीकान्त पौडेलले आफूले ४०…

Read More

जनकपुरधाम । बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा एक महिला र एकदिने नवजात शिशुको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित एकदिने नवजात शिशुको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । सेन्ट्रल हस्पिटलबाट सुत्केरी बिरामीलाई बाहिर लगिरहेको ना ३ च ३५७५ नम्बरको बोलेरो लक्ष्मीनिया बजार र निकालको बीचमा रहेको सर्फ फ्याक्ट्री अगाडि डिभाईडरमा ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरीका प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार लक्ष्मीनिया ५० वर्षीया चन्द्र्कालादेवी महतो, १५ वर्षीय सुदिप…

Read More

धनगढी । प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ३२ किलोको मालाले सम्मान गरिएको छ। आइतबार उनको गृहजिल्ला डडेल्धुरामा ३२ किलोको मालाले देउवालाई सम्मान गरिएको हो। सयुंक्त लोकतान्त्रिक वाम गठबन्धन परशुराम नगरपालिकाले जोगबुढामा देउवालाई ३२ किलोको मालाले सम्मान गरेको जनाएको छ। देउवा चुनावी सभालाई सम्बोधन गर्न जोगबुढा पुगेका छन्।

Read More

धनगढी । बाजुरामा आगोमा जलेर पाँच महिने शिशुको मृत्यु भएको छ । जिल्लाको बुढीन्नदा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृत्यु भएको हो । आइतबार बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार चुलोको नजिकै सुताइ राखेको शिशुको जलेर मृत्यु भएको हो। यस्तै आजै बाजुराको सदुमरकाम मार्तडीको एक घरमा आगलागी भएको छ । बडीमालिका नगरपालिका–८ स्थित वीर बहादुर थापाको घरमा आगलागी भएको हो । बिजुलीको तार सट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताए। उनका अनुसार स्थानीय, प्रहरी, शसस्त्र प्रहरी विद्यार्थी र नेपाली सेनाले…

Read More

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचनपछि सत्तारुढ गठबन्धनको सरकार बन्ने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर-४ मा सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताले चाहेको विकास र समृद्धिको अभिलाषालाई पुरा गर्न कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धनको सरकार बन्ने बताए । सामाजिक एकता र सदभाव अभिवृद्धि नगरी राष्ट्रिय एकता सम्भव नहुने बताउँदै उनले राष्ट्रिय एकता नभइ देशमा राजनीतिक स्थायीत्व कायम नहुने बताए । राजनीति स्थायीत्व भएपछि मात्रै मुलुकले समृद्धि हासिल गर्ने मन्त्री कार्कीको भनाइ छ । मुलुकको मुहार फेर्न, गरिवी र बेरोजगारी अन्त्य गर्न सत्ता गठबन्धनको…

Read More

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन र आफूले जनतालाई भ्रममा पार्ने कुनै काम नगर्ने र झुट्टा आश्वासन पनि नदिने बताएका छन् । उनले केही राजनीतिक दल र उनीहरुका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौं भन्ने जस्ता झुट्टा आवश्वासन बाँडेको जनाउँदै जनतालाई भ्रममा पार्ने काम राजनीतिक नेतृत्वले गर्न नहुने जनाए । पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देहीको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य खाँणले आइतबार बुटवल उपमहानगरपालिका–१५ मा आयोजित कार्यक्रममा बोल्दै निर्वाचन जित्नका लागि जनतालाई भ्रममा पार्ने नेताहरु सफल नहुने र त्यस्ता उम्मेदवारलाई जनताले समयमै चिन्नुपर्ने बताए…

Read More

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा नक्कली अकाउन्ट बनाएर दुस्ख दिने सप्तरीका सुमित कुमार थापालाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ । उनले फेसबुकमा समिरा शर्मा (Baby) नामको नक्कली आईडि बनाएर उक्त आईडीको वाल र टाइमलाइनमा पीडितको तस्विरको साथमा अन्य अपरिचित महिलाको अश्लिल तस्बिर राखि पोष्ट गरेर पीडित जाहेरवालाको बारेमा अनर्गल र अश्लिल शब्दहरू स्टाट्स लेखि पोष्ट गर्ने गरेका थिए । यसका साथै उक्त फेक आईडिको म्यासेन्जरबाट पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुक अकाउन्टको म्यासेन्जरमा समेत पीडितको बारेमा विभिन्न अश्लिल म्यासेजहरू गरी पीडितको बदनाम, बेईज्जत गरी अनावश्यक मानसिक…

Read More

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनमा उम्मेदवारी दिएका आफ्ना उम्मेदवारलाई चुनाव खर्च दिएको छ । कांग्रेसले उम्मेदवारहरूलाई ७ करोड २२ लाख रूपैयाँ चुनाव खर्चबापत वितरण गरेको छ । मंसिर ४ मा हुने चुनावका लागि कांग्रेसबाट प्रतिनिधि सभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जनाले उम्मेदवारी दिएका थिए। पार्टी कार्यालय स्रोतका अनुसार प्रतिनिधिसभाका उम्मेदवारलाई प्रति उम्मेदवार ४ लाख रुपैयाँ र प्रदेशसभाकालाई २ लाख रुपैयाँका दरले चुनाव खर्च दिइएको हो । यसरी चुनाव खर्च दिँदा पार्टीले प्रदेशसभा तर्फ ३ करोड ५८ लाख वितरण गरेको छ भने प्रतिनिधिसभा तर्फ ३ करोड ६४ लाख रूपैयाँ वितरण गरेको जनाइएको छ । कांग्रेसले विगतदेखि नै…

Read More