Author: सूचनापाना

कैलाली । धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक केराखेती गर्दै आएका छन्। उनले भण्डारी बहुउद्देश्य कृषिफार्म दर्ता गरी विगत छ वर्षदेखि व्यवसाय गर्दै आएका छन्। १६ वर्षकै उमेरमा वैदेशिक रोजगारीका लागि मलेसिया गएका भण्डारी २० वर्षसम्म वैदेशिक रोजगार गरी घर फर्किएपछि केराखेतीमा लागेका हुन्। उनले कोराना महामारी फैलिएपछि भएको ‘लकडाउन’ कै बीचमा व्यवसाय शुरु गरेका हुन्। “विदेशबाट फर्केएपछि फुर्सदमा घर बसिरहेको थिए, त्यतिबेला नेपालसहित सारा विश्व नै कोभिड-१९ को महामारीमा थियो। उक्त समयमा बजारमा अर्को व्यापार सुरु गर्ने अवस्था थिएन”, भण्डारीले भने, ‘गाउँमा केही व्यक्तिले केराखेती व्यवसाय गरेका थिए, त्यो देखेर मैले पनि अब केराखेती नै गर्नुपर्छ भन्ने व्यवसाय…

Read More

एजेन्सी । इन्डोनेसियाको बालीमा ६५ यात्रु बोकेको फेरी डुङ्गा डुबेको छ। जसमा ४ जनाको मृत्यु भएको छ भने २३ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। गएराति भएको दुर्घटनामा बाँकी यात्रु बेपत्ता भएका छन्। अधिकारीहरुका अनुसार बालीस्थित रिसोर्ट टापुबाट करिब ५० किलोमिटर टाढा रहेको अर्को टापु जाँदै गरेको फेरी डुङ्गा डुबेको हो। यो फेरि भनिने गाडीहरु बोक्ने डुङ्गामा ५३ जना यात्रु र १२ जना चालक दलका सदस्य रहेको बताइएको छ। यस्तै डुङ्गामा १४ वटा ट्रकसहित २२ वटा गाडी अर्को टापुमा लगिँदै थियो। डुङ्गा दुर्घटनामा बेपत्ता भएका बाँकी यात्रुको जिवित्तै उद्धारको सम्भावना कम रहेको अधिकारीहरुले जनाएका छन्। १७ हजार टापुहरु रहेको इन्डोनेसियामा…

Read More

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। बुधबार म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा उनले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा स्पेनका व्यवसायीहरूलाई लगानीका लागि आग्रह गरेको महासङ्घले जनाएको छ। स्पेन वाणिज्य तथा उद्योग महाङ्घका सदस्य, व्यापारीक समुदायका अगुवा, नेपाली समुदायका प्रतिनिधि र कूटनीतिक व्यक्तित्व सहभागी कार्यक्रममा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन उद्योगमा लगानी गरेमा प्रतिफल पाउन सहज हुने बताए। विश्वको सर्वोच्च शिखर सगरमाथादेखि लिएर भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्मका धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थलहरूप्रति धेरैको आकर्षण रहेको वास्तविकता सुनाउँदै…

Read More

पहाडको टुप्पोमा भिराखो पाखामा मौलिक ढुङ्गेघरहरु भएको झुरुप्प बस्ति । पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाडापाखा । गाउँको फेदी देखि शिरसम्म ढुङ्गा चिनेर बनाएको सफा सुग्घर पदमार्ग । मौरखी र मिजासीला गाउँलेको न्यानो आतिथ्यता । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने हिस्तान टिकोट गाउँ प्रकृति र संस्कृतिको संगम हो । पुन थरका मगर समुदायको बाहूल्य बसोबास रहेको सुन्दर, शान्त र रमणीय टिकोट पर्यटकको पर्खाइमा छ । होमस्टे सञ्चालक समेत रहेका टिकोट माविका प्रअ ठगराज पुनले (प्रदिप) कोरोनाकालमा सुस्ताएको टिकोटको पर्यटन व्यवसाय अझै लयमा फर्कन नसकेको बताउनुभयो । “महाविर पुनको योजनामा सन् २०११ मा शुरु भएको अन्नपूर्ण–धौलागिरी पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटमा कोरोना…

Read More

काठमाडौँ । ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो । ती विधेयकमाथि सुझाव दिन चाहने राष्ट्रियसभाका सदस्यहरूले विधेयक शाखामा सुझाव पेस गर्न सकिने जनाइएको छ । आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेका छन् ।

Read More

काठमाडौं । सन् २०२५ को पहिलो ६ महिनामा साढे ५ लाखभन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । जसमध्ये सबैभन्दा धेरै पर्यटक भारतीय रहेका छन् । सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । गत वर्षको सोहि अवधिमा ५ लाख ८३ हजार ११ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले जारी गरेको तथ्यांक अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटक मध्ये सबैभन्दा धेरै एक लाख ४७ हजार ८३९ पर्यटक भारतीय छन् । यसैगरी, ६ महिनामा ५८ हजार ३२६ अमेरीकी पर्यटकले नेपालको भ्रमण गरेका छन् । ५२ हजार…

Read More

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले नेपालमा सञ्चालित एमसिसी (मिलेनियम च्यालेञ्ज कर्पोरेसन) परियोजना अन्तर्गतका कार्यक्रमलाई निरन्तरता पाएको जानकारी गराएको छ। अमेरिकी सरकारबाट अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरिएको हो । एमसिए नेपालले बुधबार विज्ञप्ति निकाल्दै अमेरिकी सरकारको यो निर्णयलाई स्वागत गरेको छ। एमसिए–नेपालले २९७ किलोमिटर विद्युत प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसिसीसँग गरिरहेको छ। एमसिए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको तीन वटा सबस्टेशन एवं १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई…

Read More

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले प्राप्त गर्दै आएको सरकारी सेवासुविधा फिर्ता गरेकी छन्। उनी निकट स्रोतका अनुसार भण्डारीले आज बाटै लागू हुनेगरी सेवा सुविधा फिर्ता गर्न आग्रह गर्दै गृह मन्त्रालयमा निवेदन पठाएकी हुन्। “पूर्वराष्ट्रपतिले पाउने सम्पूर्ण सेवा सुविधा फिर्ता गरिएको निवेदन गृह मन्त्रालयमा बुझाइएको छ,” स्रोतले भन्यो, “आजैदेखि ती सेवा सुविधा उपयोग नगर्ने निर्णय गरिएको छ।” पूर्वराष्ट्रपतिका रूपमा उनले निवृत्तिपछि अंगरक्षक, सवारी सुविधा, आवासलगायतका विभिन्न सेवा सुविधा पाउँदै आएकी थिइन्।

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले निजामती विधेयकको ‘कुलिङ पिरियड’का विषयमा सांसदलाई पंगु बनाइएको टिप्पणी गरेकी छन् । आज बसेको राज्य व्यवस्था समितिको आकस्मिक बैठकमा बोल्दै उनले उउक्त टिप्पणी गरेकी हुन् । साथै समिति सभापति रामहरि खतिवडा र सचिव सुरज दुराले राजीनामा दिएरमात्र यो समस्या समाधान नहुने भन्दै उनले संसदीय छानविन समिति नै गठन गरेर अनुसन्धान गर्न माग गरिन् । ‘संसदीय छानबिन समिति गठन हुनुपर्छ । यत्रो समितिले निर्णय गरेर जाँदा त यस्तो भयो । सामान्य प्रशासनमन्त्रीज्यूले पनि सभापतिलाई आरोप लगाउनुभएको छ । उहाँ पनि उपस्थित हुनुप¥यो,’ उनले भनिन्, ‘सांसदलाई पंगु बनाउने काम भयो । समितिको सदस्य भन्दा…

Read More

नवलपरासी- नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए । नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । यस…

Read More