Author: सूचनापाना

काठमाडौँ । गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा छ चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले निजहरूलाई ललितपुर महानगरपालिका–४ दमकल चोकस्थित एक घर भाडामा लिएर ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ दर्ता गरी गै कानुनी रूपमा कल सेन्टर तथा मेटो डेटिङ एप सञ्चालन गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।सो कम्पनीको शाखाका रूपमा काठमाडौँ महानगरपालिका–१३ चागलस्थित एक घर भाडामा लिई विभिन्न नेपाली युवतीलाई प्रलोभनमा पारी डेटिङ एपमार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा ५२ जना पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरूको साथबाट स्रोत नखुलेको…

Read More

काठमाडौं ।​ यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने आँकलन गरिएको छ।​ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो। अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेँगु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेँगु संक्रमण तीब्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गरे। उनकाअनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेँगु संक्रमण बढ्ने उच्च जोखिम छ। उनले हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सयको हारहारीमा डेँगु संक्रमण पुष्टि भएको बताए। उनले बिरामीमा लक्षण नदेखिने, डेँगु परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने कारणले डेँगु संक्रमणको तथ्याङ्क कम देखिएको बताए।…

Read More

चितवन । यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएको परीक्षणमा यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण भएको पाइएको हो । मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाइँका अनुसार नेपाल सरकारले बनाएको मापदण्डअनुसार चितवनमा उत्पादित महको गुणस्तर राम्रो भएको र पौष्टिक तत्वले भरिपूर्ण रहेको पाइएको हो । मौरीपालन विकास केन्द्र भण्डारा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको गुणस्तर परीक्षणका लागि ११ वटा फार्मबाट नमूना संकलन गरि पठाएको थियो । परीक्षणका क्रममा सबै नमूना गुणस्तरयुक्त पाइएको हो । उनले भने, ‘चितवनका ११ वटा फार्मबाट रुदिलो, तोरी, चिउरी, फापर र…

Read More

वालिङ । स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको छ । लामो समयदेखि व्यावसायिकरुपमा कृषि गर्दै आएका नगरका नौ उत्कृष्ट कृषकलाई नगरपालिकाले प्रोत्साहनस्वरुप सम्मान गरेको हो । नगरपालिकाले कृषि विकास कार्यक्रमअन्तर्गत कृषकलाई १० हजार नगदसहित प्रमाणपत्रले सम्मान गरेको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए। नगरपालिकाका नौ वटै वडामा कृषि कर्म गर्दै आएका कृषक तथा कृषक समूहलाई सम्मानका लागि आवेदन आव्हान गरिएको र सोही आवेदनका आधारमा उत्कृष्ट कृषकका रुपमा छनोट गरी सम्मान गरिएको उनले बताए। ‘कृषि कर्म गर्दै आएका १८ कृषक तथा कृषक समूहको आवेदन प्राप्त भएको थियो’, उनले भने, ‘प्राप्त आवेदनका आधारमा स्थलगत अनुगमन गरेर मूल्यांकन तथा छनोट समितिबाट…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आह्वान गरेका छन् । स्पेनस्थित नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य संघले बुधवार साँझ आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू ‘समृद्ध, नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका साथ अगाडि बढेकाले यसका लागि बाहिरको लगानीकर्तालाई प्रोत्साहन दिइँदै आएको बताएका हुन् । प्रधानमन्त्री ओलीले दुई देशबीच अर्थपूर्ण व्यावसायिक साझेदारी विस्तारका लागि यो छलफलले ऊर्जा दिएको बताउँदै विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको नेपाल र शान्तिको अग्रदूत एवं सांस्कृतिक इतिहास भएको मुलुकमा लगानी गर्ने उपयुक्त अवसर भएको चर्चा गरे। “निजी क्षेत्र आर्थिक वृद्धिको…

Read More

काठमाडौं । झापामा साथीको कुटपिटबाट दुई युवकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ छ। प्रहरीका अनुसार एकसाता अघि असार ११ गते कुटपिट भएको थियो। साथीको कुटपिटले दुवै घाइते भएका थिए । उपचारको क्रममा शनिबार थापाको र बुधबार तामाङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटमा संलग्न रहेको आङ्शकामा ६ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको छ । सबै १६ वर्षभन्दा कम उमेर समूहका रहेको कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुका अनुसार इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी…

Read More

काठमाडौं । नेपाल एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनल म्याचमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो । पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै १ विकेट गुमाउँदै पूरा गरेको छ । नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विष्फोटक इनिङ खेल्दै जितसम्म पुर्‍याए । त्यस्तै नेपालका लागि शिवांश बजगाइँले २३ रन बनाए । त्यसअघि नेपाली बलरहरूले उत्कृष्ट बलिङ गर्दै मलेशियालाई ९० रनमा अलआउट गरेका थिए । नेपालका अभय यादवले ४ र सुभम् खनालले ३ विकेट लिएका थिए ।

Read More

काठमाडौं । नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र रूपमा बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणको तथ्याङ्कअनुसार २०७२ सालदेखि २०८१ सम्म मनसुनजन्य विपद्का घटनामा परी दुई हजार ३१७ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा मनसुनसँग सम्बन्धित बाढी, डुबान, भूक्षय, भारी वर्षा, चट्याङ र आकस्मिक बाढीका कारण आठ हजार ४१८ विपद्का घटना भएका छन् । ती घटनाबाट ५६ हजार ७०५ परिवार प्रभावित भएका छन् । यसैगरी, ३६ हजार ४७९ घर, १९५ पुल र एक हजार ३४६ गोठमा क्षति पुगेको छ । विसं २०८१ को मनसुनजन्य विपद्को घटनाबाट ४९५ ले ज्यान गुमाएका छन् । त्यस…

Read More

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल एक हजार ०८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् । उनले भनिन्, ‘इन्भर्ट निर्माणको काम बुधबारदेखि सकिएको छ । ‘लाइनिङ’ को काम धमाधम अगाडि बढाइरहेका छौँ । हालसम्म लाइनिङको काम ८३४ मिटर सकिएको छ ।’ सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म समग्र भौतिक प्रगति ५६ दशमलव तीन प्रतिशत पुगेको छ । यसैगरी, वित्तीय प्रगति ५० दशमलव २४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको छ…

Read More

मुस्ताङ । मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । नेपाल सरकार वातावरण विभागले यहाँको जोमसोमस्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र स्थापना गरेको हो । विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सरकारले ३१औँ वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि यहाँ आवश्यक भौतिक संरचना तथा प्रविधि जडान गरेको जानकारी दिए। वातावरणीय स्वच्छता कायम राख्ने, प्रदूषणलाई निश्चित सीमाभित्र सन्तुलनमा राख्ने, दिगो विकासका अङ्गसँग जोड्ने र मानव स्वास्थ्यलाई प्रतिकूल हुन नदिनेलगायत उद्देश्य राखेर यहाँ मापन केन्द्र स्थापना गरिएको उनले बताए। विभागले समुन्द्री सतहको तीन हजारभन्दा माथि उचाइमा विश्वका पाँच स्थानमा यस प्रकारको वायु गुणस्तर मापन केन्द्र स्थापना भएको र त्यसमध्ये…

Read More