Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
रामेछाप । ‘पहिले हामीलाई बाहिरको सहयोग कुर्नु पथ्र्यो, अब भने हामी आफैँ समस्याको समाधान खोज्छौं,’ मन्थली नगरपालिका–८ चिसापानीकी रुद्रमाया सारुमगर भन्छिन् । उनीजस्तै यहाँका सयौँ महिलाहरू आजकल बाख्रा र भैँसी पालन, टनेलमा गोलभेँडा खेती जस्ता पेसामा लागेका छन्। उनीहरू अब निर्भर होइनन्, आत्मनिर्भर छन्।चिसापानी र पुरानागाउँका महिलाहरूले स्वावलम्बी महिला समूहमार्फत आफ्नो यात्रा सुरु गरेका हुन् । दुई वडामा हाल ९ वटा समूह सक्रिय छन्, जसमा प्रत्येक समूहमा २० देखि ३० जना महिलाहरू आबद्ध छन् । कृषि र पशुपालनलाई आधुनिक दृष्टिकोणबाट अघि बढाउने उनीहरूको प्रयास, स्थानीय सरकार र सहकारी संस्थाको साथले झनै टेवा पाएको छ।स्वावलम्बी महिला समूहको बैठक नियमित हुन्छ ।…
ढोरपाटन (बागलुङ) । बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ । जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँगै भेटिन्छन् भर्खरै जन्मिएरका भेडाका पाठा । जसले लेकाली जनजीवनलाई छर्लङ्ग पार्छ । समथर चौरमा चर्दै गरेका भेडाले धेरैलाई आकर्षित गरेको छ । हिजोआज त्यही भेडीगोठ र भेडाका बथान हेर्ने बुकीपाटन पुग्ने पर्यटक बढ्दै छन् । हजारौँ भेडा र सयौँ गोठालको बासस्थन बनेको छ ढोरपाटन बुकीपाटन अब पर्यटक घुम्ने ठाउँका रूपमा पनि…
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो। उक्त पुल विसं २०३७ मा निर्माण भएको जनाइएको छ। स्थानीय शान्तलाल श्रेष्ठका अनुसार आज बिहान सबेरै मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्माण भएको उक्त पुल भाँचिएको हो। पुल भाँचिएपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो। यही बाटो प्रयोग गरी राजधानी जाने र राजधानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको छ। हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको…
खोटाङ । रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजीमा सन् २००९ मा युएई(युनाइटेड अरब इमिरेड्स) दुबाई पुगेका थिए । तीन वर्ष अर्काको देश (दुबाई)मा श्रम र पसिना बगाएका सरोजले धेरै अनुभव र थोरै पैसा लिएर सन् २०१२ मा स्वदेश नेपाल फर्के । मेनपावर कम्पनीमा बुझाएको धरौटी रकम फिर्ता गरेर केही रकम बचत गरेका सरोज स्वदेश फर्किएपछि पुनः विदेश नजाने निचोडमा पुगे । अर्काको देशमा आफूले पाएको दुःख सम्झेर पुनः विदेश नफर्कने निर्णयमा पुगेका सरोजले गाउँ फर्किएर व्यावसायिक बङ्गुर फार्म सञ्चालन गरे । सुरूमा बङ्गुरले राम्रो उत्पादन दिँदै थियो । व्यावसायिक बङ्गुर पालनमा निकै उत्साहित बनेका सरोज आफूले उत्पादन गरेका…
तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने भएको छ । पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको मानुङकोटलाई व्यवस्थित बनाउने उद्देश्यसहित नगरपालिकाले पर्यटकीय ग्राम बनाउन लागेको हो । मानुङकोटको आकर्षणलाई व्यवस्थित गर्न एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । मानुङकोटको मौलिक चरित्रलाई यथावत् राखी आधुनिक ढंगबाट विकासको अभियान सञ्चालनका लागि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सम्बन्धित जग्गाधनीहरू र नगर विकास कोषसँग सहकार्य गरिने न्यौपानेले बताए । न्यौपानेले भने, ‘मानुङका मगरहरूले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किने क्रम बढ्दै गइरहेको छ । त्यसैलाई मध्यनजर गर्दै मानहुँका जग्गाहरूलाई व्यवस्थापन गर्न…
काठमाडौं । वीपी राजमार्गमा थप एक महिना रातको समयमा गाडी चलाउन रोक लगाइएको छ । यात्रुवाहक गाडीलाई रातको समयमा वीपी राजमार्ग हुँदै सिन्धुलीको खुर्कोटबाट काठमाडौँ आउन रोक लगाइएको समय थपिएको हो । काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकले मनसुन सक्रिय अवस्थामा नै रहेकाले विपद्को अवस्था सिर्जना हुन नदिन थप ३० दिन निजी र सार्वजनिक यात्रुवाहक गाडी चलाउन नदिने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म गाडीलाई रोक लगाएको हो । यसअघि असार २० गतेसम्म गाडी चल्न रोक गाइएकोमा थप ३० दिन थपिएको प्रशासनले जनाएको छ ।
काठमाडौँ । नेपाल चिकित्सक संघले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ । उपचारमा लापरबाही गर्ने स्वास्थ्य संस्था र डाक्टरहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने फैसला गरेसँगै त्यस्तो फैसलालाई नै चुनौती दिँदै चिकित्सक संघ आन्दोलित बनेको हो । संघका महासचिव डा सञ्जीव तिवारीले शुक्रबार जारी गरेको विज्ञप्तिका अनुसार आफूहरूको मागका सम्बन्धमा शुक्रबार संघका कार्यालयहरूमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । यस्तै आइतबार कार्यस्थलमा एक घण्टा धर्ना दिने, २४ गते नेपाल मेडिकल काउन्सिललाई आफूहरूको प्रमाणपत्र बुझाउने विज्ञप्तिमा उल्लेख छ । संघको अगुवाइमा भएका आन्दोलनमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न ९ वटा…
सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाको आयोजनामा सञ्चालित एक महिनाको ब्यूटिसियन तालिम सोमबार सम्पन्न भएको छ। आर्थिक विकास शाखाका प्रमुख सन्जित कार्कीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा तालिमको समापन गरिएको हो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, शिक्षा शाखा प्रमुख रामेश्वर पुडासैनी, कमल आछामी, पूर्व वडा अध्यक्ष बालकृष्ण नेपाल तथा तालिम प्रशिक्षक सिता खड्काको उपस्थिति रहेको थियो। गाउँपालिका अध्यक्ष वाइबाले तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरे। “बढ्दो सहरीकरणको सन्दर्भमा ब्यूटिसियनजस्ता सिपमूलक तालिमहरूले महिलाहरूलाई स्वरोजगारको बाटो खोलिदिनेछन्,” उनले भने, “सिकिएको सिपलाई व्यवहारमा उतार्नुपर्छ, गाउँपालिकाले आवश्यक सहयोग गर्न तयार छ।”प्रमुख प्रशासकीय…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि नेपाल प्रहरीका नायब निरीक्षक (सइ)माथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ। ट्राफिक कार्यालय, नेपालगन्जमा कार्यरत सइ कमल खड्कालाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको हो। रास्वपाले लामिछानेमाथि प्रतिशोध भएको भन्दै देशैभरि हाल हस्ताक्षर अभियान चलाएको छ। सइ खड्काले पनि केही दिनअघि नेपालगन्जमा हस्ताक्षर गरेका थिए। युनिफर्ममै उनले लामिछानेको पक्षमा हस्ताक्षर गरेको फोटो बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको हो। प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले उनीमाथि छानबिन थालिएको बताए ।
कीर्तिपुर । मुलुककै जेठो र सर्वाधिक ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्रावासमै सरसफाइ र आधारभूत व्यवस्थापन नै गएगुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । त्रिविको ईश्वरी कन्या छात्रावासअन्तर्गत ‘ङ’ ब्लकको भान्सा तथा पानीलगायतको प्रबन्धबारे अनुगमन गर्न बिहीबार अपराह्न कीर्तिपुर पुगेको प्रतितिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविका प्राचार्यलगायतका पदाधिकारीलाई यस्तो निर्देशन दिएको थियो । टोलीमा समितिका सभापति अब्दुल खानसहित सांसदहरू कान्तिका सेजुवाल, महेन्द्रबहादुर शाही, रेखा यादव, सूर्यमान दोङ, रणेन्द्र बराइली, रुक्मणि राणा बराइली, सीता मिजार, सपना राजभण्डारी, मंगलप्रसाद गुप्ता र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा. ईश्वर…