Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । बहुचर्चित ‘काठमाडौं भ्यू टावर’का ठेकेदार तथा व्यवसायी मनोज भेटवाल हाजिर जमानीमा रिहा भएका छन्। चेक बाउन्स तथा बैंकिङ कसुरसम्बन्धी आरोपमा पक्राउ परेका भेटवाललाई काठमाडौँ जिल्ला अदालतले हिरासत म्याद थप गर्न इन्कार गरेपछि रिहा गरिएको हो। गएको असार १३ गते अनामनगरबाट पक्राउ परेका भेटवाल दम र मधुमेह (सुगर) का बिरामी भएको भन्दै सोही रात धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएका थिए। त्यसपछिको असार १५ गते अदालतले उनलाई ६ दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको थियो। दोस्रोपटक असार १९ गते प्रहरीको अनुरोधमा अदालतमा उपस्थित गराइएका भेटवालको म्याद थप अस्वीकृत भएपछि उनी हाजिर जमानीमा रिहा भएका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका…
दोधारा चाँदनी (कञ्चनपुर) । गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निमार्ण गर्नेगरी नेपाली सेनालाई जिम्मा दिइएको बताएका छन् । आज कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको अनुगमन गर्दै उनले बाढीका कारण वर्षौदेखि नदी किनारका नागरिकले भोग्दै आएका समस्या समाधानका लागि सरकारले विशेष निर्णय गरेर सेनालाई जिम्मा दिएको बताए । मन्त्री लेखकले भने,“महाकाली किनारका बस्ती वर्षौदेखि बाढीको जोखिममा छन् । यसैकारण ती बस्ती जोगाउन गृह मन्त्रालयले सेनासँगको समन्वयमा काम अगाडि बढाएको हो । अब बजेट अभावले बाँध निमार्णकार्य रोकिँदैन, बस्ती जोगाउन सरकारले चाहिने जति बजेट व्यवस्थापन गर्छ ।” गत वर्ष महाकालीको बाढीले…
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट पर्यटन राज्यमन्त्री बनेका अरुण चौधरीले आज राजीनामा दिने भएका छन्। नाउपाका एक नेताका अनुसार उनले आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेर राजीनामा बुझाउने तयारी गरेका छन्। शनिबार बसेको संसदीय दलको बैठकले नाउपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
लमजुङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०–८१ मा जिल्लाका आठ पालिकामा दुई लाख २८ हजार पशुमा खोप लगाइएको जनाएको छ । केन्द्रका निमित्त प्रमुख डा सुनिल न्यौपानेका अनुसार विभिन्न रोग निययन्त्रण गर्न जिल्लाका सबै पालिकाका किसानको घरघरमा पुगेर बाख्रा, गाईभैँसी, बङ्गुर, कुकुरलाई खोप लगाइएको छ । गाईवस्तु, २९ हजार तीन सय ८६, भैँसी ५७ हजार सात सय छ, बाख्रा एक लाख १७ हजार तीन सय ४१, भेडा १६ हजार आठ सय ७९ वटा, बङ्गुर दुई हजार त सय ६९ र कुकुर चार हजार चार सय २१ वटामा खोप लगाइएको थियो । सबैभन्दा बढी बेँसीसहर नगरपालिका र…
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आइतबार (असार २२) का लागि पनि नियमित बाढी सतर्कता सूचना जारी गरेको छ। महाशाखाको बुलेटिनअनुसार कोसी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल भए पनि नारायणी र कर्णाली जलाधार क्षेत्रका केही जलमापन केन्द्रमा जलसतह बढ्दो अवस्थामा रहेको उल्लेख गरिएको छ। बाढीको जोखिम जिल्लागत रूपमा विश्लेषण गर्दा कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, जाजरकोट, दैलेख र आसपासका जिल्लामा बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। त्यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट,…
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका-७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दा खेती गरेर वार्षिक रु एक करोडबढी रकम गाउँमा भित्र्याउने गरेका छन् । अनुकूल भूगोल र हावापानी, राम्रो बजारभाउ पाउने र आयआर्जन गर्न सकिने भएपछि पाउद्धारका बासिन्दाले बर्खामा कोदो, मकै रोप्ने बारीमा बन्दा खेती गर्न थालेका हुन् । अन्नपूर्ण-७ का वडासदस्यसमेत रहेका कृषक बुद्धिवीर पुनले टिकोटका एक सय परिवारमध्ये अधिकांशले बन्दा खेती गरेका बताए। “गत वर्ष रु एक करोड बराबरको बन्दा बिक्री भएको थियो”, उनले भने, “यसपाली कृषक र क्षेत्रफलसँगै बन्दाको उत्पादन तथा आम्दानी बढ्ने अपेक्षा गरेका छौँ ।” उनका अनुसार एक जना कृषकले रु एक लाखदेखि रु सात लाख सम्मको…
एएफपी । अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुगेको छ । उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी गरिरहेका छन् मध्य टेक्सासमा समुदायहरूमा पानी बढेपछि धेरै आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ, ग्वाडालुप नदी बाढीका कारण मात्र ४५ मिनेटमा २६ फिट (आठ मिटर) ले बढेको थियो । केर काउन्टीको ग्रीष्मकालीन शिविरमा सयौँ मानिस बसिरहेका समय आएको बाढीका कारण ठूलो सङ्ख्यामा मानवीय हताहत भएको हो । बाढी प्रभावित क्षेत्रका शेरिफ ल्यारी लेइथाले भने, “हामीले केर काउन्टीमा ४३ जना मृतकलाई उद्धार गरेका छौँ । तीमध्ये २८ जना वयस्क र १५ जना बालबालिका छन्…
त्रिशूली (नुवाकोट) । नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको उपलक्ष्यमा हिमाली जिल्ला रसुवाको पुरानो एक विद्यालयले सुविधासम्पन्न भवन पाउने भएको छ । छिमेकी मित्रराष्ट्र चीन सरकारले कालिका गाउँपालिका–५ जिबजिबेस्थित नीलकण्ठ नमुना माध्यमिक विद्यालयलाई अत्यधुनिक एवं सुविधासम्पन्न भवन निर्माण गरी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरी अहिले भवन निर्माणको कामलाई तीव्र बनाएको छ । दु्रततर गतिमा काम भइरहेको सो भवनको निर्माण कार्य करिब ५० प्रतिशत पूरा भएको चाइना जिआङ्सु इन्टरनेशनल इकोनोमिक एण्ड टेक्निकल को–अपरेसन ग्रुपले जनाएको छ । भवन निर्माणमा संलग्न अधिकारीहरूका अनुसार सबै रकम चीन सरकारले व्यहोर्ने गरी निर्माण भएको सो भवनको लागत मूल्य ८४…
पाल्पा । यहाँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका छन् । विसं २०७९ को स्थानीय तहको निर्वाचनदेखि वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका महिला जनप्रतिनिधिले आगामी निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका हुन् । तानसेन नगरपालिका-२ की महिला सदस्य सविता भट्टराईले महिला पनि प्रमुख पदको नेतृत्व गर्न सक्षम भएकाले अवसर दिनुपर्ने धारणा राखिन्। तीन वर्षको अनुभवले नेतृत्व कसरी गर्ने भन्नेबारे सैद्धान्तिक जानकारी प्राप्त भएको जानकारी दिँदै उनले भनिन्, यो बीचमा नेतृत्व, जनसम्पर्क विस्तारलगायत क्षेत्रमा प्रशस्त अनुभव बटुल्यौँ, वडाको प्रमुखदेखि नगरको प्रमुख भएर पालिका चलाउने दृढ इच्छाशक्ति र संकल्प छ । हामीलाई सफल…
काठमाडौैं । गभर्नर विश्वनाथ पौडेलले यतिबेला लगानीयोग्य रकम पर्याप्त रहेको बताउँदै लगानीको अवसर आएको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’लाई सम्बोधन गर्दै उनले यतिबेला बैंकमा निक्षेप पनि उच्च रहेको, विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त रहेकाले दिगो र सन्तुलित विकास हुनेगरी लगानी अवसर आएको उल्लेख गरे । राष्ट्र बैंकसँग बैंकहरूको ५ खर्ब २० अर्ब रुपैयाँ रकम थन्किएको उल्लेख गर्दै उनले अब वित्त नीतिले नेतृत्व गरी ऊर्जाजस्तै लगानीका अरु क्षेत्र पहिचान गर्नुपर्नेमा जोड दिए । मौद्रिक नीति र वित्त नीतिबीच समन्य गरेर अघि बढ्नुपर्ने बेला रहेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको नियमनमा…