Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
गण्डकी । कास्कीको मादी गाउँपालिका-१ स्थित कफुचे–कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरी जाने पदमार्गको स्तरोन्नति अघि बढाइएको छ । मादमे खोला जलविद्युत् आयोजनाको ३० लाख रूपैयाँको सहयोग एवं मादी गाउँपालिका–१ र स्थानीय सरोकार भएका समितिको सहकार्यमा पदमार्गको स्तरोन्नति अघि बढाइएको हो । पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरीसम्मको पदमार्ग स्तरोन्नति भइरहेको मादी(१ का वडाध्यक्ष एवं सरोकार भएका समितिका संयोजक देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार आयोजनाबाट १० लाख रूपैयाँप्राप्त भई काम भइसकेको छ भने २० लाख रुपैयाँ लागतको काम भइरहेको छ । पछिल्ला समयमा यस पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढिरहेको बताउँदै उहाँले यस क्षेत्रलाई पदयात्रा पर्यटनमार्फत विकास गर्ने…
कीर्तिपुर । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ । निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् । प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको टिप्पणी गरेकी छन् । आज (आइतबार) बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो बताएकी हुन् । उड्दै नउड्ने विमान किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको उनले उल्लेख गरिन् । उनले यो सबैको कारण भ्रष्टाचार रहेको बताइन् । ‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौं उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौं चल्दै नचल्ने’, उनले भनिन्, ‘यसको कारण के हो त भन्दा भ्रष्टाचार हो । हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छौँ, हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको छ…
लमजुङ । चट्टान खोपेर बनाइएको साँघुरा सडक । माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर । अनि तल मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी । उतिबेला अहिलेजस्तो डोजर र एक्साभेटर चलाइएको होइन, घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । मस्र्याङ्दी नदीको किनारैकिनार बेँसीसहरबाट हिमालपारिको मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण बेँसीसहर-चामे सडक । सोही सडकमा दैनिक सयौँ यात्रु जोखिम मोल्दै यात्रा गर्न बाध्य छन् । साँघुरो कच्ची सडक, सधैँ जोखिम मोल्नुपर्ने अवस्था छ । त्यसमा पनि अहिले ठाउँठाउँमा खसेको पहिरोका कारण जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्री भगवान्को…
पर्सा । ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ । “हाम्रो अथक मेहेनत र प्रयासकै कारणले जिल्लाकै पहिलो साक्षर पालिका हुन पाएका छौँ”, ठोरीका गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भने, “यो गौरवको विषय हो । अन्य रचनात्मक काममा पनि आगामी दिनमा पनि ठोरीले राम्रो कामको सुरुआत गर्दै अघि बढ्नेछ ।” पालिकामा रहेका तीन हजार ८०९ घरपरिवारका १५ देखि ६० वर्ष उमेर समूहका सरकारले तोकेको १२ सूचकमध्ये आठ वटासम्म सूचक बताउन सक्ने १५ हजार ६७८ जनामध्ये १५ हजार ३२१ जना अर्थात् ९८ दशमलव ८६ प्रतिशत महिला र पुरुष साक्षर रहेकाले पालिकालाई साक्षर पालिका घोषणा गरिएको हो । आसमान नेपालको समन्वयमा…
रामेछाप । रामेछाप नगरपालिकाले “ज्येष्ठ नागरिकसँग मेयर” कार्यक्रम अन्तर्गत ७८ वर्षमाथिका बुबाआमाहरूलाई सम्मान गरेको छ। नगरपालिकाको आयोजनामा शनिवार सम्पन्न कार्यक्रममा नगर क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई हर्लिक्स, छाता र टर्च लाइट वितरण गरिएको हो। सम्मान कार्यक्रम रामेछाप नगरपालिकाका नगरप्रमुख आदरणीय लवश्री न्यौपानेको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईं, प्रवक्ता समीर कार्की, स्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर कार्की, रोजगार संयोजक विजय बराललगायत अन्य कर्मचारीको पनि उपस्थिति रहेको थियो।नगरप्रमुख न्यौपानेले ज्येष्ठ नागरिकहरू देश र समाजको आधारस्तम्भ भएको उल्लेख गर्दै उनीहरूको अनुभव, सल्लाह र मार्गदर्शन भावी पुस्ताका लागि मार्गदर्शक हुने बताए। “हामीले ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्नु हाम्रो सामाजिक कर्तव्य…
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था घोषणा गरिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुलीले शनिबार एक कार्यक्रम आयोजना गरी उक्त संस्थालाई जिल्लाकै नमुना स्वास्थ्य संस्था घोषणा गरेको हो। न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा महेन्द्रझ्याडी सिन्धुली जिल्लाकै नमूना स्वास्थ्य संस्थामा छनोट भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेलले जानकारी दिए। एमएसएस मूल्यांकनमा महेन्द्रझ्याडी स्वास्थ्य चौकीले जिल्लाकै स्वास्थ्य संस्थाहरुमध्ये सबैभन्दा बढी ९० अंक प्राप्त गरेको छ। प्रमुख पटेलका अनुसार मूल्यांकनमा उच्च अंक ल्याएर महेन्द्रझ्याडी स्वास्थ्य चौकीले जिल्लाको गौरव बोक्ने अवसर प्राप्त गरेको हो। कार्यक्रमका अवसरमा प्रमुख पटेलले हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबालाई “नमुना स्वास्थ्य संस्था“ को प्रमाणपत्र…
म्याग्दी । राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर, रघुगङ्गा गाउँपालिका–३ राहुघाट, कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाले सडक, पुल र बस्ती संरक्षणका लागि रु तीन करोड ३९ लाख ८६ हजार ८२३ को लागतमा नदी किनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो । पर्खाल निर्माणपछि सडक, मोटरेबल पुल, गलेश्वर र राहुघाटको बस्तीमा बाढी र कटानको जोखिम न्यूनीकरण भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए । राहुघाटको कटानका कारण गलेश्वर, राहुघाटका करिब ५० घरपरिवार, एक सय मिटर सडक र मोटरेबल पुल जोखिममा परेको थियो…
काभ्रेपलाञ्चोक । अवरुद्ध नाला-भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो । भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइएपछि यातायात सञ्चालन भएका हुन् । गए राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार बनेपा नगरपालिका कार्यालय तथा सडक विभागको समन्वयमा रातभरमा अस्थायी रूपमा पुल सञ्चालनमा ल्याइएको हो । यहाँको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी…
रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाईले मन्थली नगरपालिका–२ कठजोरस्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण गरेका छन्।शुक्रबार विद्यालय परिसरमै आयोजित एक विशेष समारोहका बीच चौलागाईले कक्षा ईसिडीदेखि कक्षा १२ सम्म अध्ययनरत सबै विद्यार्थीलाई ट्याकसुट प्रदान गरेका हुन्। उनले मन्थली नगरपालिकाको वडा नम्बर २ र ३ अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई ट्याकसुट वितरण गर्ने योजना रहेको जानकारी गराए। नेता चौलागाईले विगत केही वर्षदेखि रामेछापका विभिन्न सामुदायिक विद्यालयहरूमा कम्प्युटर, प्रिन्टरलगायत शैक्षिक सामग्री प्रदान गर्दै आएका छन्। यसअघि पनि उनले जिल्लाभरका सयौं विद्यार्थीलाई ट्याकसुट वितरण गरिसकेको काँग्रेसका युवा नेता ईश्वर बस्नेतले बताए…