Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । हाल देशका सातै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टाको विवरणमा सबैभन्दा बढी पानी प्युठानको हंसपुरमा परेको छ। महाशाखाका अनुसार, हंसपुरमा एक घण्टामा ७९.६ मिलिमिटर वर्षा मापन गरिएको हो। निरन्तरको वर्षालाई मध्यनजर गर्दै पानी परिरहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। महाशाखाले जारी सूचनामा भनेको छ, “प्युठानलगायत पानी परिरहेको क्षेत्रका बासिन्दाहरूले आवश्यक सतर्कता अपनाउनु होला।” वर्षाका कारण केही स्थानमा बाढी, पहिरो तथा जलमग्न हुने जोखिम समेत रहन सक्ने भएकाले स्थानीयहरूलाई सजग रहन विज्ञहरूले सुझाव दिएका छन्।
काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेको छ । त्यसपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरे ।
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले अहिले कर्मचारीहरूलाई राज्यले दिएको सुविधा पर्याप्त नरहेको बताएका छन् । अहिलेको सुविधाले कर्मचारीले बालबच्चा पढाउन नसक्ने उनले बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा संघीय निजामती विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद भण्डारीले कर्मचारीको संख्या घटाएर सुविधा बढाउनु पर्ने बताएका हुन् । ‘डिल्लीराज खनाल आयोगले दिएको प्रतिवेदनका आधारमा कर्मचारीको संख्या घटाउनु पर्छ र सुविधा बढाउनु पर्छ । यो सुविधाको आधारमा कर्मचारीले काम गर्न सक्दैनन्, आफ्नो बच्चा पढाउन सक्दैनन्,’ भण्डारीले भने, ‘संख्या बढाउने बाटोमा गएका छौं, यसले राम्रो गर्दैन ।’ भण्डारीले पारित भएको संघीय निजामती विधेयकले कर्मचारीले पाइरहेको दोहोरो सुविधा अन्त्य गर्ने विश्वास…
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ यथावत राखेर पास गरिएको छ । राजनीतिक शक्तिसँग नजिकिएर जागिरे जीवनको अन्तिममा सरकारी नियुक्ति लिने प्रवृत्तिलाई निरुत्साहित गर्न राखिएको दुई वर्षे कुलिङ पिरियड यथावत् राखेर प्रतिनिधि सभाबाट निजामती विधेयक पास भएको हो । कुलिङ पिरियड हटाउन मूख्यसिचव एक नारायण अर्यालको नेतृत्वमा लबिङ गरिएको थियो । तर राज्यव्यवस्था समितिले हटाउन नमानेपछि कर्मचारीहरूले काम नगर्ने धम्की समेत दिएका थिए । त्यसका बाबजुद पनि संसद्ले संघीय निजामती विधेयकमा कुलिङ पिरियड राखेर पास गरेको छ । विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेपालको संविधान…
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले नेपाल शिक्षक महासंघसँग सहमति म्याद आज सकिंदैछ । महासंघले शैक्षिक हड्ताल गरेपछि सरकारले गत वैशाख १७ गते असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति गरेको थियो । सरकारले ऐन जारी गर्ने सहमति गरे पनि आजै ऐन जारी हुने पक्का भने भइसकेको छैन । पछिल्लो समय शिक्षा समितिले विधेयकमाथि टुंगो नलागेका विषयको छलफल व्यापक बनाएको छ । समितिमा धेरै विषयको टुंगो लागिसकेको छ । सहमति अनुसार आज अन्तिम दिन भएकोले बिहानैदेखि शिक्षक महासंघको टोली सिंहदरबार शिक्षा समितिमा पुगेर सांसदहरूलाई दबाब दिइरहेका छन् ।
काठमाडौँ । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेल सहभागी भएका हुन् । रोपाइँमा नेपाली सेनाको टोली, कर्मचारी र राष्ट्रपति पौडेलको परिवारका सदस्य लगायत सहभागी थिए। आज असार १५ को दिन धान रोपाइँसँगै दही चिउरा खाने प्रचलन नेपाली समाजमा छ ।
मनाङ । फरक वातावरणले गर्दा अहिले मनाङको तल्लो क्षेत्रमा खेती भित्र्याउने समय हो भने माथिल्लो भेगमा लगाउने कार्य भइरहेको छ । यहाँ प्रायः आलु, गहुँ, फापर, करु, उवा, कोलु बोडी जस्ता परम्परागत बाली लगाउने गरिन्छ । जिल्ला ती खाद्यन्नमा आत्मनिर्भर बनेको छ । किसान ताचै, तिल्चे, थानचोक, चामे, तिमाङ, नाचै, ओडारलगायत क्षेत्रमा खेती भित्र्याउन व्यस्त छन् । कृषि ज्ञान केन्द्रका अनुसार नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकामा खेती लगाउने समय भएको छ । दिनानुदिन वातावरणमा आएको परिवर्तनले परम्परागत बाली हराउन थाले पनि यतिबेला कहीँ खेती भित्र्याउने त कहीँ लगाउने समय भएको कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले जानकारी दिए । यसलाई…
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको र सो आधारमा ती १२ जिल्ला बढी जोखिमा रहेको जानकारी दिए । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको छ । अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना…
तेहरान । इरानले शनिबार इजरायलसँगको युद्धमा मारिएका करिब ६० वैज्ञानिक र कमान्डरको राजकीय सम्मानका साथ सामुहिक अन्त्येष्टि गरेको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी र उच्च कूटनीतिज्ञहरूले इरानविरूद्ध इजरायल र अमेरिकाले गरेको आक्रमणप्रति आक्रोश व्यक्त गर्दै एक स्वतन्त्र राष्ट्रका रूपमा इरानले अन्तराष्ट्रिय कानुनको परिधिमा रहेर गर्ने विकासका गतिविधि नितान्त आफ्नो हित र सुरक्षामा भएको बताएका छन् । अन्त्येष्टि समारोहमा ‘अमेरिका मुर्दावाद’ र ‘इजरायल मुर्दावाद’ भन्ने नारा लगाउँदै हजारौं नागरिकले अमेरिका र इजरायलको आक्रमणमा ज्यान गुमाएका मृतकको फोटो भएका व्यानर, प्लाकार्ड खिचेको फुटेज प्रसारण गरेको थियो । इरानले १२ दिनको युद्धको क्रममा इजरायलविरुद्ध गरेको प्रतिशोधात्मक क्षेप्यास्त्र आक्रमणलाई संकेत गर्दै…
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका चतरा–कान्छी चौक सडक खण्डमा मोटरसाइकल दुर्घटना हुुँदा बाबु–छोरासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरू दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गए राति कान्छी चौकबाट कालाबन्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको अर्को मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा बाबु–छोरासहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल चालक रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र को ३३ प ९६०५ नम्बरको मोटरसाइकल चालक इनरुवा–६ का ५१…