Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता…
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभरका दूध उत्पादक कृषकको करिब रु. तीन अर्ब बक्यौता यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले डेरी उद्योगको छाता संगठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल गरी अविलम्ब रकम फछ्र्यौट गर्न निर्देशन दिएको हो । निजी क्षेत्रबाट सञ्चालित विभिन्न डेरी उद्योगले लामो समयदेखि किसानले बिक्री गरेको दूधको भुक्तानी नगरेकाले उनीहरू समस्यामा परेका छन् । त्यस कार्यले उत्पादन तथा बजार आपूर्ति प्रभावित हुन सक्ने हुँदा चालु आर्थिक वर्षको असार मसान्तसम्म यथाशीघ्र भुक्तानी गर्नुपर्ने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । दैनिक गुणस्तरीय दूध सेवनका लागि जनचेतना…
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी कार्यालयका लागि थप १९ आना जग्गा खरिद गर्ने निर्णय गरेको छ । सानेपास्थित पार्टी कार्यालयको अगाडिपट्टीको १९ आना तीन पैसा जग्गा खरिद गर्ने निर्णय गर्दै ५० लाख बैना समेत दिइसकेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार जग्गा धनी अमिरमान अमात्यको नाममा रहेको उक्त जग्गा र सो जग्गामा बनेको घर पार्टी कार्यालयले खरिद गर्नका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा सम्झौता भएको थियो । उक्त जग्गा १३ करोडमा एक वर्षभित्र पास गर्ने गरी खरिद गर्ने निर्णय भएको हो ।
काठमाडौँ । शसस्त्र प्रहरी बलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको द्वार नजिकै रहेको होटलबाट आज ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका–८ का ४० वर्षिय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादवलाई नियन्त्रणमा लिइएको शसस्त्र प्रहरी प्रवक्ता कालिदास धौबजीले जानकारी दिए । दर्शन नमस्ते इन होटलबाट किनबेच गर्ने तयारी गरिरहेको उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरुबाट लागूऔषध ल्याई काठमाडौमा बेचविखन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
व्यापारिक केन्द्रको रूपमा परिचत तनहुँको भिमाद बजार । यहाँबाट नवलपुर, बर्दघाट सुस्ता पूर्व, पाल्पा र स्याङ्जालगायतका भेगमा आवतजावत गर्न सकिन्छ ।
दमौली । तनहुँका १० वटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला विपत् व्यवस्थापन समिति तनहुँले तयार गरेको प्रतिकार्य योजना, २०८२ बमोजिम जिल्लास्थित चार नगरपालिका र ६ गाउँपालिकाका विभिन्न ठाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका हुन् । विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बाढीपहिरो, आगलागी, महामारी, सुक्खा खडेरी, सडक दुर्घटना, चट्याङलगायत जोखिमको प्रभाव न्यूनीकरण तथा पूर्वतयारीका लागि विपत् पूर्वप्रतिकार्य योजना निर्माण गरी लागू गरिएको जानकारी दिए । योजना कार्यान्वयनका लागि जिल्ला विपत् व्यवस्थापन समिति तनहुँको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला समन्वय समिति, स्थानीय तहमा गठित विपत् व्यवस्थापन समितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने स्पष्ट पारेका छन्। बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले महाधिवेशन समयमै हुने बताएका हुन्। सभापति देउवाले गृहमन्त्रीविरुद्ध भिजिट भिसा प्रकरणमा झुटा आरोप लगाउने प्रयास भइरहेको बताएका छन्। उनले एमाले र कांग्रेस फरक पार्टी भएकाले सबै विषयमा सहमति नहुनु स्वाभाविक भएको तर्क पनि गरे। उनका अनुसार कांग्रेसको आग्रहमा “टेक एन्ड पे” हटाइएको हो, र यसलाई सामान्य रूपमा बुझ्नुपर्ने उनले बताए। देउवा चितवनमा कांग्रेस नेतृ तथा प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागी हुन पुगेका थिए। सभामा कांग्रेसका अन्य शीर्ष नेताहरूको पनि उपस्थिति रहेको थियो।
गोरखा । गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख बढी आम्दानी गर्न सफल भएको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । “गतवर्ष यहाँ रु १० करोड बराबरको लिची बिक्री भएको थियो”, उनले भने, “तर यसपटक रु एघार करोडभन्दाबढी मूल्यको लिची किसानले बिक्री गरेका छन् ।’’ प्रमुख बस्ताकोटीले लिचीका लागि मौसम अनुकुल भएको तथा बगैँचा व्यवस्थापन राम्रो भएकाले उत्पादन बढेको बताए । “यसपाली लिची उत्पादनका लागि मौसम अनुकूल रह्यो,” उनले भने, “त्यसमा पनि किसानले समयमै औषधि उपचार तथा…
काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भेटवाल १० करोड रूपैयाँको बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका हुन् । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकसमेत रहेका भेटवाल यसअघि २०७९ फागुन १० गते पनि उनी ३ करोडको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए । एपेक्स बैंक घोटालामा उनी तानिएका थिए ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केही बेरअघिबाट बैठक बसिरहेको छ। बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनलगायतको विषयमा छलफल चलिरहेको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए । यस्तै बैठकमा पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले ३५ लाख धरौटीमा छाडेकोबारे पनि छलफल हुदैँछ भ्रष्टाचारको मुद्दा दर्ता भएपछि उनीमाथि पार्टीको कार्यवाहक सभापति र संसदीय दलको नेता तोक्न दबाब छ। त्यसबारे पनि छलफल र निर्णय हुनसक्ने जनाइएको छ।