Author: सूचनापाना

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ । व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ । धारामा पानी नआएपछि सार्वजनिक कुवा र धारामा पानी लिन सर्वसाधारण बिहानदेखि लामबद्ध लाग्ने गरेको व्यास नगरपालिका–३ देउरालीनगर निवासी उपभोक्ता देव गजमेरले जानकारी दिए । मङ्गलबार साँझदेखि पानी वितरण नभएपछि सर्वसाधारणको साँझ अबेरसम्म भीड लाग्ने गरेको छ । उनले भने, ‘बुधबार साँझ ९ बजेसम्म पनि १०० को हाराहारीमा मानिस कुवा तथा धारामा पानी लिन…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश प्रमुख नदीहरूको जलसतह बढ्ने जनाएको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, कर्णालीलगायतका नदीहरूको बहाव सामान्य र सतर्कता तहभन्दा तलै रहे पनि अब बढ्ने क्रममा रहेको महाशाखाले उल्लेख गरेको छ। महाशाखाले जारी गरेको बुलेटिनअनुसार, आज पश्चिम सेती (दिपायल) र बागमती (पधेरादोभान) मा पानीको बहाव उल्लेख्य बढ्नेछ। कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती र बबईका अधिकांश मापन केन्द्रमा भने बहाव सामान्य रूपमा बढ्ने पूर्वानुमान छ। भोलि (असार १३ गते) भने धेरै नदीमा बहाव उल्लेख्य बढ्ने देखिन्छ। महाशाखाका अनुसार भोलि दुधकोशी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती (दमौली),…

Read More

काठमाडौं । भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन् । हतुवागढी–९ मचुवाटारका दुई बालिका अरूण नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बेपत्ता हुनेमा १३ वर्षीया खुशी राई र १२ वर्षीया कृषिका राई छन् । उनीहरु बुधबार दिउँसो नुहाउन भनेर अरुण नदीमा गएपछि नफर्किएका आफन्तले बताएका छन् । खुशी र कृषिका कक्षा ८ मा पढ्ने विद्यार्थी हुन् । आफन्त, स्थानीय र सुरक्षाकर्मीले बुधबार साँझदेखि नै उनीहरुको खोजी गरिरहेका छन् ।

Read More

नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा कुल रु ९२ करोड ५२ लाख राजस्व संकलन गरेको छ । चालु आवमा कार्यालयले साउनदेखि जेठ मसान्तसम्म कुल रु एक अर्ब ३८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको नवलपरासी करदाता कार्यालयका प्रमुख एवम् कर अधिकृत फर्शुराम पोखरेलले बताए । लक्ष्यअनुरुप राजस्व संकलन गर्न नसके पनि गत वर्षको तुलनामा ५.१३ प्रतिशत बढी राजस्व संकलन भएको उनले बताए । संस्थागत आयकर संकलनमा ६५.९५ प्रतिशतले वृद्धि भएको छ भने मूल्य अभिवृद्धि कर संकलनमा १०.८८ प्रतिशतले वृद्धि भएको छ । अन्तःशुल्कतर्फको १०.६९ प्रतिशतले राजस्व संकलन घटेको…

Read More

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ । त्यसका लागि साझा धारणा बनाउन मन्त्रालयले बुधबार सम्बन्धित विकास साझेदार संस्थासँग अन्तरक्रिया गरी सुझाव संकलन गरेको छ । साझेदार संस्थाको सहयोग र समन्वयमा आधुनिक प्रविधिका साथ स्थानीय सहभागितामा परियोजना बनाई तत्काल कार्यान्वयन गरिनेछ। वनमन्त्री ऐनबहादुर शाही ठकुरीले पछिल्लो समय हात्तीका कारण मानवीय, कृषि पशु तथा बाली र घरगोठमा क्षति हुने क्रम बढेकाले समाधानका लागि सरोकारवालासँग साझा धारणा बनाई अघि बढ्ने बताए। उनले भने, ‘मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर तत्काल कार्यान्वयन गर्नेगरी अघि…

Read More

धनगढी । कैलालीमा एक जना ज्येष्ठ नागरिक मृत भेटिएका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ साढे ५ बजेतिर मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीषक (डीएसपी) राजकुमार सिंहले जैशी भाञ्जा नाता पर्ने सोही ठाउँका ५५ वर्षीय बर्मा भण्डारीको आँगनमा लडेको अवस्थामा मृत फेला परेको जानकारी दिए । मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन । तर, मामा र भाञ्जाबीच आर्थिक लेनदेनको कुरा जोडिएकाले अनुसन्धानका लागि भण्डारीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ । मृतकको शव घटनास्थलबाट उठाइएको छैन । उनका छोरा काठमाडौंबाट आउँदै गरेकाले शव नउठाइएको प्रहरीले जनाएको…

Read More

मुस्ताङ । मुस्ताङमा कालीगण्डकी नदीको नदीजन्य प्राकृतिक स्रोत ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन, संकलन, बिक्री–वितरण तथा ओसार–पसार गरेबापतको उपयोग कर कसले उठाउने भन्ने विवाद अहिले समाधान भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण व्यवस्थापन समितिले नदीजन्य प्राकृतिक स्रोत उत्खनन गरेबापत उपयोग दस्तुर उठाउन थालेको हो । एक्यापले आन्तरिक प्रयोजनका लागि सम्बन्धित संरक्षण व्यवस्थापन समितिको माग सिफारिसका आधारमा कालीगण्डकी नदीमा प्राकृतिक स्रोतको न्यूनतम मापदण्डमा रहेर एक्यापको प्रधान कार्यालयले नदीजन्य उत्खननको सिफारिस दिने गरिएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । यसअघि सर्वोच्च अदालतमा परेको रिटमा २०७८ असार २९ गते कालीगण्डकी उत्खनन रोक्न आदेश दिएको थियो ।…

Read More

काठमाडौँ । इजरायली हवाई आक्रमणका कारण इरानमा १२ दिन चलेको युद्धको क्रममा ६ सय २७ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारी सञ्चार संस्था आईआरआईबीका अनुसार, हमलामा ४ हजार ८ सय ७० जना घाइते भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै क्षति राजधानी तेहरान र पश्चिमी प्रान्त केरमानशाहमा भएको छ। अधिकांश मृतकहरू घटनास्थलमै ज्यान गुमाएका हुन् । इरान सरकारले दिनहुँको मृतक विवरण सार्वजनिक नगरेकाले र देशभित्र रिपोर्टिङमा कडाइ गरिएकाले युद्धको वास्तविक मानवीय क्षतिको आकलन गर्न कठिन भइरहेको बीबीसीले जनाएको छ । मानवअधिकार समूहहरूले भने वास्तविक मृतक सङ्ख्या अझ धेरै हुन सक्ने बताएका छन्।

Read More

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ को हरीपौरी निवासी मञ्जु आचार्यलाई ग्वारखोला गाउँमा पस्छ, की भन्ने पिरलो थियो । ग्वारखोलाले जमिन काटेर गाउँमै पस्लाजस्तै गरेको थियो । यही पीर सोही ठाउँका रूपसिंह चौधरीलाई पनि थियो । गाउँमा बाढी पस्ने चिन्ता मात्रै होइन रोपेको धान समेत बर्सेनि बगाउँदा उनी निकै चिन्तित भए । “गाउँमा बाढी पस्ने डर उत्तिकै थियो”, उनले भने, “बर्सेनि आउने बाढीले हामीले रोपेको खेतको धान बगाएर लिन्थ्यो ।” यस्तै समस्याले गर्दा सोही वडाको हरीपौरी मात्रै होइन, जसपुर, गर्गरे, बेलान्नेलगायतका बासिन्दालाई बर्सेनि पिरोल्थ्यो । तर, अब त्यो समस्या रहेन । ग्वारखोलामा यस वर्ष तटबन्ध निर्माण भइसकेको छ । त्यो तटबन्धले…

Read More

ललितपुर । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको मृत्यु भएको छ । महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल-४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो । ‘खोल्सामा साँझ अन्दाजी ७ः३० बजेतिर आएको बाढीले बगाएर मृत्यु भएको हो, हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शवलाई पत्ता लगायौं, यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएका छौं’, उनले भने ।

Read More