Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
सांघाइ । चीनको दक्षिणपश्चिममा आएको बाढीले ८० हजार बढी मानिसलाई विस्थापित गरेको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ । भत्किएको पुलका कारण एक ट्रक चालकलाई पुलको छेउमा झुण्डिएको अवस्थामा नाटकीय रूपमा उद्धार गर्नुपरेको छ । चीनले चरम मौसमको गर्मीको सामना गरिरहेको छ । मुलुकमा गर्मीको लहरले देशको फराकिलो भागलाई तताइरहेको छ भने आँधीसहितको वर्षाले अन्य क्षेत्रलाई बगाएको छ । दक्षिणपश्चिमी गुइझोउ प्रान्तमा मङ्गलबार दिउँसोसम्म करिब ८० हजार नौ सय जनालाई सुरक्षित स्थानमा सारिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । रोङजियाङ काउन्टीमा एउटा फुटबल मैदान ‘तीन मिटर पानीमुनि डुबेको’ समाचार एजेन्सीले जनाएको छ । राज्य प्रसारणकर्ता सिसिटिभीको फुटेजले प्रान्तको एउटा पहाडी…
सिन्धुपाल्चोक । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सिन्धुपाल्चोक जिल्लाका चार स्थानीय तहले नीति तथा कार्यक्रम पारित गरेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका, भोटेकोशी गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र बाह्रबिसे नगरपालिकाले आ–आफ्ना गाउँ/नगरसभाबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । चारवटै स्थानीय तहले आ–आफ्ना क्षेत्रीय विशेषताअनुसार प्राथमिकता तोकेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले १ अर्ब १६ करोड २८ लाखको बजेट प्रस्ताव गर्दै नगर प्रहरी भर्नादेखि सुख्खा प्रभावित क्षेत्रका लागि विशेष योजना र सुकुटे पर्यटन पूर्वाधार विकास कार्यक्रम घोषणा गरेको छ ।हरेक वडाका लागि ८५ लाखको दरले बजेट विनियोजन गरिने जनाइएको छ । नगर उपप्रमुख सीता थापाका अनुसार, विस्तृत ब्रेकडाउनसहितको बजेट…
काठमाडौँ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले स्वागत गरेको छ। माओवादी केन्द्रका सांसद वर्षमान पुनले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूहरुसँग भएको सहमति अनुसार समिति बनाएको भन्दै सरकारलाई धन्यवाद समेत दिए। ‘जेठ २ गते भएको सहमति अनुसार सरकारले हिजै मात्र उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ,’ पुनले भने, ‘जसको जानकारी माननीय गृहमन्त्रीले सम्मानित सदनमा प्रस्तुत गर्नु भएकोछ। म सरकारलाई छानबिनको लागि, अध्ययनका लागि उच्चस्तरीय छानबिन समिति जुन बनाएको छ, म त्यसका निम्ति सरकारलाई धन्यवाद व्यक्त गर्दछु।’
चितवन । भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि तीन महिनाका लागि भूमिगत विद्युतीकरणको काम रोकिएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरिरहेको छ । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार यही असार ३ गतेदेखि भदौ मसान्तसम्मका लागि काम रोकिएको हो । उनले भने, “अहिले मुख्य काम पाइप गाड्ने, पाइप हाल्ने, खाल्डा खन्नेलगायतका रोकिएको छ ।” अहिले पाइप गाडिसकिएका ठाउँमा केवल जोड्ने, पोल गाड्नेलगायतका काम भइरहेको उनले बताए । सडक विभागले वर्षात्मा खाल्डाखुल्डी खन्दा सडकको गुणस्तर बिग्रने भएकाले भूमिगत विद्युतीकरणको काममा रोक लगाएको…
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जानकारी गराएका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने छन् । समितिले सुझाव दिने र त्यसलाई कार्यान्वयन सरकारले गर्ने गृहमन्त्री लेखकले बताए । उनका अनुसार समितिले तत्कालीन र दीर्घकालीन रुपमा गर्ने कामहरूबारे सुझाव दिनेछ । नीतिगत र कानुनी सुधार आवश्यक भए त्यसको मस्यौदा समेत सुझाउनेछ । यो समिति सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सँग जेठ ३० गते भएको…
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले ‘सगरमाथा संवाद’ कार्यक्रमको आह्वानअनुसार २०वर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ । गत जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादको आह्वानअनुसार यो महाअभियान सञ्चालन गर्न सोमबार मन्त्रिस्तरीय निर्णय गरिएको मन्त्रालयले जनाएको छ । निर्णयानुसार सन् २०२५ देखि सन् २०४५ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म नेपालभर उपयुक्त जग्गामा वृक्षरोपण गर्ने र लगाएका रुख बिरुवाको संरक्षण गरिनेछ । सगरमाथा संवादले हिमालय क्षेत्रमा हिउँ पग्लिँदै गएको, त्यसले तल्लो तटीय क्षेत्रमा ठूलो नकारात्मक प्रभाव पार्ने निश्चित देखिएकाले हिमालय जोगाउन आह्वान गरेको थियो । यस सन्दर्भमा हिमालय क्षेत्र जोगाउने अभियान नेपालबाटै…
महोत्तरी । यहाँका स्थानीय तहको बेरुजु नौ अर्ब नजिक पुगेको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित जम्मा १५ स्थानीय तहको बेरुजु आर्थिक वर्ष २०८०/८१ सम्म आठ अर्ब ७३ करोड ६५ लाख ९२ हजार नाघेको छ । यसमध्ये पछिल्लो आव २०८०/८१ को मात्र ६४ करोड ६० लाखमाथि रहेको महालेखा परीक्षकको कार्यालय काठमाडौँले वार्षिक लेखापरीक्षण प्रतिवेदनमा औँल्याएको छ । जिल्लाका स्थानीय तहमध्ये बलवा नगरपालिकाको बेरुजु सबैभन्दा बढी ९३ करोड ६९ लाख ४० हजारमाथि छ । आव २०८०/८१ को मात्र पनि बलवाको बेरुजु सात करोड २० लाख ४५ हजारमाथि छ । त्यसैगरी पिपरा गाउँपालिकाको बेरुजु ९३ करोड ४८ लाख ९७ हजार…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले नेपाल सरकारबाट सङ्घीय संसद्मा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको शीर्षनेताहरुको बैठकले आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका छलफलमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरुले आज जवाफ र स्पष्टीकरण दिएपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची भएकाले आफ्ना सांसदहरुलाई बजेटका पक्षमा मत जाहेर गराउने निर्णय गरेको हो । सत्तापक्षीय दलको बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बजेटमा प्रस्तावित ‘टेक एन्ड पे’ का विवषयमा प्रमुुख दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाली कांग्रेसबीच समझदारी भइसकेकाले बजेट पारित गराउने विषयमा छलफल भएको जानकारी…
दोहा । कतारको रक्षा मन्त्रालयले अल उदैद एयर बेसलाई लक्षित गरी प्रक्षेपण गरिएको इरानी मिसाइल आक्रमण त्यहाँको हवाई प्रतिरक्षा प्रणालीले सफलतापूर्वक अवरोध गरेको जनाएको छ। मन्त्रालयले उक्त आक्रमणबाट कुनै पनि मानवीय क्षति वा घाइते नभएको स्पष्ट पारेको छ। यता, इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी) ले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले इरानको आणविक केन्द्रमाथि आक्रमण गरेपछि यसको जवाफ स्वरूप कतारको अल उदैद एयर बेसमाथि ‘शक्तिशाली र विनाशकारी मिसाइल आक्रमण’ गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ईश्वर र इरानका इमानदार, गर्विलो जनतामा विश्वास राख्दै, इस्लामिक गणतन्त्र इरानले आफ्नो भू–अखण्डता, सार्वभौमिकता वा राष्ट्रिय सुरक्षामाथि भएको कुनै पनि आक्रमणलाई कहिल्यै विना उत्तर…
तेहारन । तेहरानस्थित सरकारी टेलिभिजनले इरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमाथि सैन्य कारबाही सुरु गरेको जानकारी दिएको छ । रोयटर्स र एएफपी समाचार संस्थाहरूले कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिएको रिपोर्ट गरेका छन्। यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामाथि क्षेप्यास्त्र प्रहार गर्न तयारी गरिरहेको सूचना दिएका थिए। हाल दोहाको आकाशमा फ्लेयरहरु देखिएको बताइएको छ । तर ती हवाई सुरक्षासम्बन्धी प्रणालीबाट प्रक्षेपित गरिएको हो कि क्षेप्यास्त्र हुन् भन्ने कुरा पुष्टि भइसकेको छैन। अमेरिकी अधिकारीहरूले पछिल्लो केही दिनदेखि इरानले अमेरिकी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गर्न सक्ने भन्दै उच्च तयारी गरिरहेका थिए। राजधानी दोहाबाट दक्षिणपश्चिममा अवस्थित २४ हेक्टर ९६० एकड० क्षेत्रफलमा फैलिएको…