Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
कैलाली । पछिल्लो समय वर्षा भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन् । जिल्लाको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका हुन् । डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले डल्फिन संरक्षण केन्द्र आसपासका क्षेत्रमा एउटा बच्चासहित चार वटा डल्फिन देखिएका जानकारी दिए । ‘मनसुन लागेपछि नदीहरूमा पानीको सतह बढिरहेको छ । नदीमा जलस्तर बढेपछि सोमबारदेखि यहाँ डल्फिन देखापर्न थालेका हुन्’, उनले भने । उनका अनुसार गत वर्ष असार पहिलो साता डल्फिन आएकामा यस वर्ष ढिलो पानी परेकाले केही ढिलो डल्फिन देखिएका छन् । डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठका अनुसार जिल्लाको मोहना, पथरैया, काँडा र…
काठमाडौँ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई बुधबार ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।
गलकोट (बागलुङ)। बागलुङका १० स्थानीय तहले आगामी आर्थिक वर्षका लागि रु छ अर्ब ३४ करोड ३७ लाखको बजेट ल्याएका छन् । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बागलुङका १० स्थानीय तहले सङ्घीय अनुदान, प्रदेश अनुदान र स्थानीय आम्दानीलाई आधार मानेर उक्त बजेट ल्याएका छन् । बागलुङ नगरपालिका बागलुङ नगरपालिकाले रु एक अर्ब ३० करोड ९५ लाखको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षका लागि नगर उपप्रमुख राजु खड्काले अनुमानित आय, आन्तरिक राजस्व तथा बैंक रकमलाई आधार मानेर बजेट प्रस्तुत गर्नुभएको छ । खड्काले नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ रु १५ करोड ३७ लाख, सशर्त अनुदानतर्फ रु ७२…
काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्नु, सामग्री हटाउन बाध्य पार्नु र पत्रकारको कलम बन्द गर्ने प्रयास गरिनु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको स्पष्ट पारेको छ । सङ्गठनका महासचिव रोहित दाहालका अनुसार दृष्टि न्यूज अनलाइनमा प्रकाशित एक समाचारका सन्दर्भमा असन्तुष्टि जनाउँदै विशेष अदालतले सो सञ्चारमाध्यमका अध्यक्ष शम्भुलाल श्रेष्ठ, सम्पादक एमपी सुब्बा तथा सम्बन्धित पत्रकारलाई हाजिर हुन आदेश दिएको छ । सो घटनाले नेपालको न्यायालयले नेपाली पत्रकारिता क्षेत्रलाई शङ्का र प्रतिशोधको दृष्टिले हेर्छ भन्ने बुझाइलाई थप प्रष्ट पारेको उनको भनाइ छ । समाचार सामग्री सच्याउने, परिमार्जन गर्ने वा सम्पादन गर्ने अधिकार पत्रकारिता पद्धतिको मूलआत्मा भएको उल्लेख गर्दै…
काठमाडौँ । संवैधानिक प्रावधानअनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने गरेको छ । यस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्ने प्रावधान छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले हरेक वर्षको असार १० गतेभित्र आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मङ्गलबार अधिकांश स्थानीय तहले आगामी आवका लागि वार्षिक बजेट पेस गरेका छन् । केहीले निर्धारित मितिभन्दा अघि नै बजेट प्रस्तुत गरेका थिए । केही स्थानीय तहमा आन्तरिक विवादका कारण बजेट रोकिएको छ भने केहीमा प्राविधिक कारण देखाइएको छ । कूल छ वटा…
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा लगानी बढे पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटकको संखया बढ्न नसकेको बताएका छन्। नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको पर्यटक सवारीचालक तथा सहचालक अभिमखीकरण प्रशिक्षण कार्यक्रममा उनले आवश्यक पूर्वाधार निर्माण नहुँदा सोचेभन्दा कम पर्यटक आएको बताए । ‘अहिले पूर्वाधारको अभावमा हामीले लक्ष्यअनुसार पर्यटक ल्याउन सकेका छैनौँ, यद्यपि मुलुकभर सडकलगायतका पूर्वाधार निर्माण तथा विस्तार भइरहेको सन्दर्भमा आगामी दुईपछि पर्यटक बढाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ’, उनले भने, ‘यसका लागि सम्बन्धित पक्ष जिम्मेवार भएर पूर्वाधार निर्माणमा सक्रिय हुनुपर्छ ।’ उनले पर्यटकलाई लक्षित गरेर…
काठमाडौं । पतञ्जलीको जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पक्षमा बहस गर्न नाम टिपाउने कानुन व्यवसायीको संख्या १२० पुगेको छ । आज (बुधबार) विशेष अदालतमा हाजिर भएका नेपालको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दीसहित १२० जनाले नाम टिपाएका हुन् । नाम टिपाउनेको संख्या अझै थपिँदै छ । तर, समय अभावका कारण थोरै अधिवक्ताले मात्रै बहस गर्ने बताइएको छ । पूर्व प्रधानमन्त्री नेपालको तर्फबाट बहस गर्ने भनी ठूलो संख्यामा कानुन व्यवसायीहरूले वकालतनामा भरेका हुुन् । बहस गर्ने कानुन व्यवसायीहरूका लागि वकालतनामाको फारममा पूर्व प्रधानमन्त्री नेपालले हस्ताक्षर गरेर राखिदिएका थिए । वकालतनामाको सूची…
रामेछाप । उमाकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६१ करोड १३ लाख २३ हजार ४ सय २६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १८ औँ गाउँसभा (अधिवेशन) मा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले बजेट प्रस्तुत गरेकी हुन्। सार्वजनिक बजेट अनुसार सातवटै वडामा तुलनात्मक रूपले समनुपातिक रकम विनियोजन गरिएको छ। वडा नम्बर १ गुम्देलका लागि ६१ लाख, वडा नम्बर २ बाम्तीभण्डारमा ६४ लाख, वडा नम्बर ३ कुबुकास्थलीमा ५५ लाख ५० हजार, वडा नम्बर ४ र ५ प्रिति क्षेत्रमा क्रमशः ६१ र ६२ लाख, वडा नम्बर ६ गुप्तेश्वरमा ५० लाख र वडा नम्बर ७ भुजीमा ६५ लाख ५० हजार रुपैयाँ छुट्याइएको…
रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८० करोड ४४ लाख ५६ हजार १३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार नगर प्रमुख लव श्री न्यौपानेको अध्यक्षतामा सम्पन्न १७ औँ नगरसभा अधिवेशनमा बजेट प्रस्तुत गरिएको हो। नगर उपप्रमुख बालकुमारी कार्कीले नगरसभामा प्रस्तुत गरेको बजेटअनुसार, पुँजीगत खर्चतर्फ २९ करोड ७६ लाख ६२ हजार ११० रुपैयाँ र चालु खर्चतर्फ ५० करोड ६७ लाख ९४ हजार २० रुपैयाँ विनियोजन गरिएको छ। नगर प्रमुख न्यौपानेले नगरसभामा आगामी वर्षका नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेका छन् । उनले नगरको विकास, सेवा प्रवाह र समावेशी पहुँच विस्तारलाई प्राथमिकता दिइएको उल्लेख गरे । नगरपालिकाले प्रस्तुत…
हेटौंडा । बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति सञ्चार क्षेत्रका विभिन्न संगठनहरूले गम्भीर असहमति जनाउँदै संयुक्त ध्यानाकर्षण पत्र सार्वजनिक गरेका छन्। पत्रकार संगठनहरूले बजेट सञ्चारविरोधी रहेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री र प्रदेश मन्त्रीलाई मन्त्रालयमै पुगेर छुट्टाछुट्टै भेट गरी ध्यानाकर्षण गराएका छन्। नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मुख्यमन्त्री बहादुरसिंह लामा, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने, र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले लाई छुट्टाछुट्टै भेटेर उनकै कार्यकक्षमै ध्यानाकर्षण पत्र बुझाएको हो। पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर, नेपाल प्रेस युनियनका उपाध्यक्ष सुजन विडारी,…