Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर रोहित पौडेल नियुक्त भएका छन्। प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज प्राधिकरण सञ्चालक समितिको सदस्यमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका-९ का पौडेललाई नियुक्त गरेका हुन्। मन्त्री खड्काले पौडेललाई उद्योग, वाणिज्य तथा वित्त क्षेत्रबाट सदस्यमा नियुक्त गरेका हुन्। काठमाडौं विश्वविद्यालयबाट वित्त र परियोजना व्यवस्थापनमा स्नातकोत्तर पौडेल पेसिडेन्सियल ग्राजुएट स्कुलको परियोजना व्यवस्थापन विषयमा प्राध्यापन गर्दै आएका थिए। नवनियुक्त सदस्य पौडेलसँग निर्माण र जलविद्युत्को क्षेत्रमा झण्डै एक दशक काम गरेको अनुभव छ।
द्वन्द्वरत क्षेत्रमा नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ : परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हाल इजरायल–इरानबिच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई गम्भीरताका साथ लिँदै ती क्षेत्रहरूमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताएकी छिन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गतको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘मन्त्रालयले जुन १५ मा विस्तृत सम्पर्क विवरणसहितको यात्रासम्बन्धी जानकारी जारी गरी हाल इजरायल तथा इरानमा रहनुभएका नेपालीलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन अनुरोध गरिएको छ।’ मन्त्री डा. राणाले नेपाली राजदूतहरूलाई नेपाली नागरिकको सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिइएको बताइन्। यही जुन १७ तारिखमा ‘अनलाइन पोर्टल’ खोलेर नेपालीहरूको विवरण लिन सुरु गरिएको उल्लेख गर्दै उनले उक्त पोर्टलमा हालसम्म ८८५ जनाले…
तेहरान । इरानको न्यायपालिकाले इजरायलका लागि जासुसी गरेको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई सोमबार मृत्युदण्ड दिएको जनाएको छ । ‘यहूदी शासन (इजरायल) का लागि गुप्तचरको रूपमा सहयोग गरेको आरोपमा आज बिहान इरानी नागरिक मोहम्मद–अमिन महदावी शायेस्तेहलाई फाँसी दिइएको छ,’ इरानको एक न्यायलयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शायेस्तेहमाथि इजरायलको विदेशी गुप्तचर संस्था मोसादसँग सम्बन्ध रहेको आरोप लागेको थियो । उनलाई इरानी सरकारको आलोचना गर्ने लण्डनस्थित फारसी भाषाको टिभी च्यानल इरान इन्टरनेसनलसँग सहकार्य गरेको अभियोगमा पनि दोषी ठहर गरिएको थियो । इरानले उक्त प्रसारणकर्तालाई इजरायलसँग जोडिएको मानेको छ । सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनका…
श्रीलङ्काको लागूऔषध विरोधी अभियानले यस वर्ष सात करोड ६० लाख डलरको सडक मूल्य बराबरको तीन टन (छ हजार छ सय पाउन्ड) भन्दा बढी अवैध लागूऔषध बरामद गरेको अधिकारीहरूले सोमबार बताएका छन् । सार्वजनिक सुरक्षामन्त्री आनन्द विजेपालाले अधिकांश अवैध लागूऔषध अफगानिस्तान र पाकिस्तानबाट आएको र समुद्री मार्गबाट टापुमा तस्करी भइरहेको बतए । उनले दुई करोड २० लाख जनसङ्ख्या भएको देशमा अनुमानित चार लाख लागूऔषध दुव्र्यसनी रहेको बताए । “हामीले पत्ता लगाउने काम जारी राख्दै मागलाई घटाउन आवश्यक छ”, विजेपालाले कोलम्बोमा पत्रकारहरूलाई भने ।जफत गरिएका लागूऔषधको मूल्य २३ अर्ब रुपैयाँ (सात करोड ६० लाख डलर) रहेको प्रहरी प्रमुख प्रियन्थ विरासुरियाले बताए ।…
झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व संकलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार आव २०८१/८२ को जेठसम्ममा १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । गत आव २०८०/८१ को सोही अवधिमा १६ अर्ब ६७ करोड २८ लाख ४० हजार रुपैयाँ संकलनको लक्ष्य राखिएकामा ७७.५६ प्रतिशतमात्र राजस्व संकलन भएको थियो । कार्यालयको तथ्याङ्कानुसार चालु आवको ११ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थ आयातबाट ६०.८१ प्रतिशत अर्थात् आठ अर्ब…
काठमाडौँ । किसानले लगाएको बालीमा वन्यजन्तुले क्षति पु¥याएमा राहत उपलब्ध गराइने भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत रूपमा छुट्टयाएको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वन्यजन्तुको आक्रमणबाट पशुधन तथा कृषि बालीको क्षतिको राहत सरकारले उपलब्ध गराउने बताएका हुन् । ‘वन्यजन्तुको आक्रमणबाट हुने मानवीय, पशुधन तथा कृषि बालीको क्षतिको राहत दिइने छ । त्यसका लागि १० करोड रूपैयाँ विनियोजन गरिएको छ,’ मन्त्री शाहीले संसद् बैठकमा भने । जङ्गली रातो बाँदर र जङ्गली बँदेललाई ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरिएको मन्त्री शाहीले बताए । बाँदर नियन्त्रणका वैकल्पिक उपायबारे अध्ययन गरिने समेत उनको भनाइ छ । वन्यजन्तुको…
म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७.५ मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने बताए । अबको १५ दिनमा परीक्षण सकिने उनले बताए। रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै एक सय १० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाइको पानी थिग्य्राउने पोखरी निर्माण भएको छ । बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको…
रामेछाप । रामेछापमा निर्माणको अन्तिम चरणमा पुगेको पक्की पुल भाँचिएको छ । जिल्लाको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौलीको ठेडिखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल भत्किएको हो । कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको यो पुलको गत वैशाख २६ गते एउटा स्ल्याब भाँचिएको थियो । त्यसपछि सो भाँचिएको स्ल्याब निर्माण कम्पनीले पुननिर्माण गरिरहेको थियो । तर आइतबार बिहान सोही भाँचिएको स्ल्याब पूर्णरुपमा भाँच्चिएको हो । कुल २ सय ३० मिटर लामो र ११ मिटर चौडामा निर्माण भइरहेको यो पुल २०८२ साल भदौ अन्तिमसम्म म्याद भए पनि असारमा निर्माण सम्पन्न हुने चर्चा भएको थियो । संघीय सरकार सडक विभाग पुल महाशाखा मार्फत…
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहदा आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाव्दारा जारी बुलेटिनमा उल्लेख छ । वर्षाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता जोखिम हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा…
काठमाडौँ । चालु आर्थिक वर्षमा रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार रू ९९ अर्ब २० करोड १७ लाख बराबर बाह्य ऋण उठाइएको छ । यो वार्षिक लक्ष्यको ४५ दशमलव ७२ प्रतिशत हो । अर्कोतर्फ सरकारले चालु आवका लागि राखेको आन्तरिक ऋणको लक्ष्य भने शतप्रतिशत प्राप्ति हुने देखिएको छ । गत जेठ मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ९५ दशमलव ४५ प्रतिशत आन्तरिक ऋण उठाइसकेको छ । चालु आवका लागि रू तीन खर्ब ३० अर्ब आन्तरिक…