Author: सूचनापाना

काठमाडौँ । मनसुन आज (शुक्रबार) देखि देशभर फैलिएको छ। गएको जेठ १५ गते बिहीबार राति नेपालको कोशी प्रदेशमा भित्रिएको मनसुन २३औं दिनमा देशभर फैलिएको मौसमविदले जनाएका छन्। यसअघि मध्य क्षेत्र हुँदै पश्चिमका गण्डकी र लुम्बिनीसम्म मनसुन फैलिएको थियो। आज मनसुन देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले बुलेटिनमार्फत जानकारी दिएको छ। यसपालि सामान्यतया १५ दिन अगाडि नै नेपालमा मनसुन भित्रिएको थियो। नेपालमा सामान्यतया जून १३ तारिखमा भित्रिने र एक हप्ताभित्र देशभर विस्तार हुने गरेकोमा यस पटक विस्तार हुन ढिला भएको हो । नेपालमा असोज मध्यसम्म मनसुन सक्रिय हुने गर्छ।

Read More

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नीलो रिबन र कालो लुगा लगाएर स्टन्ट गरेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले रास्वपाले जति नै स्टन्ट गरेपनि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सँग भएको सहमतिअनुसार संसद चल्ने बताए । प्रमुख प्रतिपक्षी माओवादीसँग भएको सहमतिअनुसार नै भिजिट भिसा प्रकरणको अनुसन्धान र छानविन हुने पनि उनले प्रष्ट पारे । नेता बर्तौलाले ‘सरकारले प्रमुख प्रतिपक्षी माओवादीसँग सहमति गरेपछि पनि स्टन्ट गरिरहेको बताए । उनले रास्वपाले केटाकेटीको जस्तो प्रवृत्ति देखाइरहेको टिप्पणी गरे । रास्वपाको स्टन्टकै कारण आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर…

Read More

काठमाडौं । भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण सोमबारदेखि कम्तीमा १८ जनाको मृत्यु भएको राज्य अधिकारीहरूले बताएका छन्। अधिक भारी मनसुनी वर्षाका लागि तयारी गरिरहेका राज्यका दक्षिणका बासिन्दाहरूलाई सहयोग गर्न विपद् प्रतिक्रिया टोलीहरू तैनाथ गरिएको छ। ‘वर्षासँग सम्बन्धित घटनामा १८ जनाको ज्यान गएको छ, विपद् प्रतिक्रिया टोलीहरूले तल्लो क्षेत्रमा दर्जनौँलाई उद्धार गरेका छन्’, राज्य सरकारले मङ्गलबार राति भनेको छ। सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा पालिताना र जेसर सहरहरू समावेश छन्। यी सहरमा मङ्गलबार पछिल्लो २४ घण्टामा आठ सय ६७ मिलिमिटर (३४ इन्च) वर्षा भएको छ। राज्य राहत आयुक्त आलोक कुमार पाण्डेले खराब मौसमका कारण आँधीबेहरी, चट्याङ र संरचनात्मक पतनका…

Read More

काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश जारी गरेको छ। उच्च अदालत पाटनले उक्त निर्णय यथास्थितिमा राख्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो। बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको हो। ‘व्यक्ति लक्षित केही पनि थिएन। प्रमुखको आदेशले कर्तव्य पूरा गरेको थिएँ,’ उनले भने, ‘निलम्बन गरेर ममाथि अन्याय भयो भनेर निवेदन दिएको थिएँ अदालतले न्याय दियो धन्यवाद।’

Read More

काठमाडौँ । लगातारको बर्षाका कारण काठमाडौंलाई पूर्वी जिल्लासँग जोड्ने छोटो दूूरीको वीपीसहित देशभरका मुख्य ६ राजमार्ग अवरुद्ध भएका छन् भने तीन राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण बागमती प्रदेशस्थित सिन्धुपाल्चोककको भोटेकोशी गाउँपालिका–२ कोदारी, भोटेकाशी गाउँपालिका–३ लार्चा, भोटेकोशी गाउँपालिका–२ कोप्लाडमा पर्ने अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। यसैगरी, कर्णाली प्रदेशस्थित डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका १ छलघाटको भेरी करिडोर र सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं ५ गोकुलेश्वर खलङ्गा राजमार्ग अवरुद्ध भएको छ। असोज दोस्रो साताको बाढी र पहिरोले क्षत–विक्षत बनेको वीपी राजमार्गमा बुधबार करिब साढे तीन बजेबाट सुरू भएको वर्षाका कारण अन्दाजी ५ बजेको…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसामा ठगिएका दुई हजार धेरै पीडित नेपाली आफूहरूको सम्पर्कमा आएको बताएको छ। जेठ १४ गते रास्वपाले भिजिट भिसा वा मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएका नेपालीलाई सम्पर्कमा आउन आह्वान गरेको थियो थियो। ‘भर्चुअल र फिजिकल माध्यमबाट दुुई हजार धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनु भयो,’ रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले भने, ‘त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनु भयो । हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका हौं। यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो ।’ उनले…

Read More

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा दुईपटक चोरी प्रयासको सिकार बनेको संरक्षित वन्यजन्तु रेडपाण्डाको शनिबार मृत्यु भएको छ। चिडियाखानाका प्रमुखका अनुसार, चोरीको प्रयासपछि अत्यधिक त्रसित रेडपाण्डामा किड्नीसम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा चिडियाखानाभित्रै मृत्यु भएको हो। यसअघि ३० वैशाख राति चिडियाखानाबाट रेडपाण्डा चोरी गर्ने प्रयास भएको थियो। अनुसन्धानका क्रममा प्रहरीले भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार रेडपाण्डा ५ लाख भारतीय रुपैयाँमा बेच्ने तयारीमा थिए। ग्राहकको पहिचान भए पनि उनी फरार छन्। कोषले घटनामा कर्मचारीको लापरबाहीबारे छुट्टै छानबिन गरिरहेको छ।

Read More

डडेल्धुरा । कैलाली जिल्ला कारागारमा रहेका कैदीबन्दीको मृत्यु भएपछि डडेल्धुरामा बजार र राजमार्ग अवरुद्व गरिएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको प्रहरीले नै हत्या गरेको आरोप लगाउँदै डडेल्धुरा सदरमुकाममा बजार र राजमार्ग बन्द गरिएको हो। घटनाको अनुसन्धान हुनुपर्ने माग गर्दै बजार र राजमार्ग बन्द गरिएको उद्योग वाणिज्य संघ डडेल्धुराका उपाध्यक्ष दीपक महताले जानकारी दिएका छन्। कारगारभित्र प्रहरीले नै कुटपिट गरेर पालीको हत्या गरेको आरोप मृतकका आफन्तको छ। मृतकका दाइ जगदीश रावलले भने, ‘कारागारभित्रै यातना दिइएको थियो। शरीरभर निलडाम छन्, घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्छ ।’ मृतक पाली डडेल्धुराका व्यवसायी पनि हुन्। बैंकिङ्ग कसुरमा पालीलाई २९ फागुनमा कैलाली जिल्ला…

Read More

काठमाडौं । आगामी तीन दिन देशका अधिकांश क्षेत्रमा पानी पर्ने र नदी तथा खोलाहरुमा बाढी आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँसहित ४५ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो। विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिन जस्तै आज पनि सम्भावित बाढीबारे जानकारी र होसियारीका लागि चेतावनी गर्दै आगामी ३ दिन कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसहत बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो। यसैगरि पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि घटबढ भइरहने तथा नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह…

Read More

काठमाडौं । चर्चित गायक एवं सर्वक सुरज कलाखेतीले हिन्दी पन्जावी गीत सार्वजनिक गरेका छन् । नेपाली गीतहरुमा चर्चा कमाइसकेका कलाखेतीले पहिलोपटक हिन्दी पन्जाबी ‘मेन्नु याद अन्दिया तेरी’ बोलको गीत सार्वजनिक गरेका हुन् । कलाखेती स्वयंको शब्द र कम्पोजमा सार्वजनिक उक्त गीतको छायांकन क्यानडामा नै गरिएको छ । कलाखेतीको उक्त गीत क्यानडाको ब्रम्टनमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । ‘सुरज कलाखती’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोको निर्देशन हेरुका लामाले गरेका छन् । भिडियोमा मनोज वि.क, समिश्रिका परियार र अतुल सुवेदीको अभिनय रहेको छ भने भिडियो सम्पादन दीर्घ खड्का र एरेन्ज विश्व अधिकारीले गरेका हुन् । केही समयदेखि गायक कलाखेती क्यानडामा…

Read More