Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
मुस्ताङ । बेनी-जोमसोम-कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा दुई तिहाइ सडक बढेको हो । मुस्ताङ धार्मिक तथा पर्यटकीय दृष्टिले देशको प्रमुख गन्तव्य हो । मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड मुख्य धार्मिकस्थल हुन् । यसैगरी, उपल्लो मुस्ताङको लोमान्थाङ दरबार, कोरलानाका, ढुम्बाताल, घर गुम्बा, मार्फा, जोमसोम बजार यहाँका पर्यटकीय गन्तव्य हुन् । पृथक भूगोल, प्राकृतिक सौन्दर्य, जैविक विविधता, प्राचीन गुम्बा तथा मठमन्दिरका साथै यहाँका धार्मिक, सामाजिक, सांस्कृतिक सम्पदाले जुनसुकै उमेरका मानिसलाई आकर्षित गर्दै आएको छ । विगत पाँच वर्षको पर्यटकीय तथ्यांक तुलना गर्दा मुस्ताङमा दोब्बरले पर्यटक बढेका पाइएको छ । चालु आर्थिक…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको छ। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनसम्बन्धी अभियोगमा उनीमाथि मुद्दा दायर गरिएको थियो। सोही मुद्दाका सन्दर्भमा काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले मंगलबार मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतमा स्वेच्छिक रूपमा उपस्थित भएका मिश्र प्रहरीको फरार सूचीमा रहेका थिए। सोही घटनामा संलग्न भन्दै राप्रपाका महामन्त्री धवलशमशेर जबरा पनि सोमबार नै तीन लाख धरौटीमा छुटिसकेका छन्। यद्यपि घटनाका योजनाकारका रूपमा प्रस्तुत गरिएका दुर्गा प्रसाईं भने अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका छन्। चैत १५ को…
सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेरयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ। उपमहानगरपालिका कार्यालय बाहिर उनीहरुका समर्थकबीच झडप भएको हो। अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिइरहेको छ। दुई पक्षबीच विवाद भएर झडपको अवस्था सिर्जना भएपछि प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ। सोमबार मेयर साम्पाङले आफ्नो कार्यकक्षमा बोलाएपछि पुगेका बेघालाई उनका सामर्थकले हातपात गर्न खोजेका थिए। मंगलबार भने बेघा पक्षधर उपमहानगर परिसरमा जम्मा भएर साम्पाङ पक्षको विरोध गरेका थिए। श्रमदानको बिल उपभोक्ता समिति बनाएर पेसेपछि भुक्तानी रोकेको भन्दै उपमेयर आइन्द्र बेघालाई मेयर हर्क साम्पाङ पक्षले हार्दिक श्रद्धाञ्जली लेखेपछि माओवादी कार्यकर्ता आक्रोशित भएका छन्। मंगलबार दुवै पक्ष आम्ने साम्ने…
काठमाडौं । राष्ट्रिय जेष्ठ नागरिक महासंघले सामाजिक सुरक्षा भत्ता बढाएर मासिक १० हजार पुर्याइनुपर्ने बताएको छ । सरकारले दिइरहेको मासिक ४ हजार सामाजिक सुरक्षा भत्ताले जीवन निर्वाह गर्न नपुग्ने महासंघको भनाइ छ । आज (मंगलबार) रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले सामाजिक सुरक्षा भत्ता अतिनै कम भएको बताए । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा जेष्ठ नागरिकको उमेर ६८ बाट बढाएर ७० बनाएको भन्दै उनले आपत्ति जनाए । ‘यो कम भयो, यसलाई बढाएर मासिक १० हजार पुऱ्याउनुपर्छ भन्ने हाम्रो माग हो । तर यसपटक सरकारले प्रस्तावित बजेटमा ज्येष्ठ भत्ता दिने उमेरलाई बढाएर ६८…
काठमाडौं । रौतहट बमकाण्डका आरोपित नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ। बम काण्डमा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु) का बाबु श्रीनारायण सिंह राजपुतले न्यायपरिषद्मा उजुरी दिएका हुन्। उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै सोमबार उजुरी दिएका हुन्। रौतहट जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा ०८१ वैशाख ३ गते आलमसहितलाई जन्मकैदको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध आलमले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा पुनरावेदन दिएका थिए। उक्त मुद्दामा सुनुवाइ गर्दै गत जेठ १४ गते थारु र महर्जनको इजलासले जेलमुक्त हुने आदेश गरेका थिए । २०६४…
काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे उच्च अदालत पुगेका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध उनी उच्च अदालत पुगेका हुन्। पाण्डेको रिटमाथि भोलि बुधबार सुनुवाइ हुने अदालतले जनाएको छ। गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा उनीमाथि कारबाही अघि बढाइएको थियो। महानगरले उक्त घटनाबारे छानबिन गर्न प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति पनि अध्ययन गरिरहेको छ। त्यसअघि गुरागाईंले पाण्डेसँग स्पष्टीकरण सोधेका थिए। प्रारम्भिक रूपमा उनको स्पष्टीकरण चित्तबुझ्दो नआएकाले निलम्बन गरी थप जाँचबुझ अघि बढाइएको गुरागाईको भनाई थियो। चैत २१ गते उपप्रमुख, प्रमुख…
काठमाडौं । ३१ दिन पैदल यात्रा गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संघीय राजधानी काठमाडौं आएका सुर्खेतका नवराज बोहोराले प्रधानमन्त्रीसँग भेट गर्न पाएनन्। मंगलबार सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी काठमाडौं आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरोध गरेको थियो। प्रहरीको निगरानीमा रहेका उनलाई प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइएको थियो। त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । त्यहाँ पनि उनले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन्। उनले मुख्य सचिव एकनारायण अर्याललाई भेटेर आफ्ना मुद्दाबारे जानकारी गराएका प्रहरीले जनाएको छ। सिंहदरबारमा सचारकर्मीसँग बोल्न खोजेका बोहोरालाई प्रहरीले अवरोध गरेको थियो। अनियमितता र भ्रष्ट्राचार विरुद्ध खाली खुट्टा पैदल अभियान…
सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा अस्थायी पुल बगाएको छ । गएरातिको वर्षाका कारण मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा अस्थायी पुल बगाएको हो। पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिका-७ र ८, हेलम्बु गाउँपालिका-२ र ३ तथा पाँचपोखरी-१ र २ वडाका वासिन्दा प्रभावित भएका छन्। वर्षा रोकिएपछि तत्कालै पुलको मर्मत थालिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताए । २०७८ को बाढीले पक्की पुल बगाएपछि ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो ।
काठमाडौं । वर्षापछिको बाढी–पहिरोका कारण आज विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध भएको छ। यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ। यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो। यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको बाढीले डाइभर्सन नै बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको…
माओवादी पार्टीभित्रै आलोचना, प्रचण्ड भन्छन्- प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता रहेको बताएका छन्। यस्तो बाध्यता संविधान र ऐन कानुनका कारण आइपरेको उनले बताएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै १७ दिनसम्म संसद अवरोध गरेको माओवादी केन्द्रले सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेसँग दुई बुँदे सहमति गर्दै अवरोध खुलाउन राजी भएपछि पार्टीभित्रैबाट आलोचना खेपिरहेको छ। यसै सन्दर्भमा मंगलबार बिहान चितवनस्थित निजी निवासमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्रतिपक्षको हिसाबले हामी कमजोर छौं । तर पनि हामीले संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ।’ बजेट माथिको…