Author: सूचनापाना

काठमाडौं । काठमाडौं उपत्यकामा एक सातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ। आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ। अहिले काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात औसत वायु गुणस्तर सूचक २११ रहेको छ। वायुको गुणस्तर सूचकांक अनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ । वायु प्रदूषणमा भारतको दिल्ली पहिलो स्थानमा छ । जहाँ एक्यूआई २९० छ । यस्तै, तेस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको १९९ एक्यूआई छ । लामो समयदेखि पानी नपर्नु र नेपालका विभिन्न जंगलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको छ । विश्व स्वास्थ्य…

Read More

काठमाडौँ । जाजरकोटको कुसे गाउँपालिका-९ पैंकमा केन्द्रबिन्दु बनाएर गए राति गएको ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुई वटा भूकम्पमा परी आठ जना घाइते भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार भूकम्पमा परी रुकुम पश्चिममा दुई र जाजरकोटमा ६ जना घाइते भएको जनाएको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जाजरकोट, रुकुम पश्चिम र कालिकोट जिल्लाका केही निजी आवास तथा सरकारी भवनहरूमा सामान्य चिरा परेको एवं भवनहरू चर्किएको विवरण जनाएको छ । अधिकांश व्यक्तिहरू बसिरहेका भवन संरचना भत्किएर भन्दा पनि भूकम्प आएको बेला आत्तिएर घरको छत…

Read More

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो । विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको सो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोही अनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ । हाल दुई खण्डको विस्तारको काम ४० प्रतिशतको हाराहारीमा भएको आयोजनाले जनाएको छ । ‘निर्धारित समयभित्र विस्तारको काम सकिँदैन, केही महिना समय थप्नुपर्ने हुन्छ’, आयोजनाका सिनियर…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्य वृद्धिका सम्भावनाका ढोकाहरू खुलेको बताएका छन् । बाह्रखरी अनलाइनले आज गोकर्णमा आयोजना गरेको ‘एनसेल-बाह्रखरी गल्फ तथा आर्थिक संगोष्ठी’ मा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यावसायिक समुदायबीचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी कार्य भएको बताएका हुन् । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किए लगत्तै गोकर्णमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ४० प्रतिशतको हाराहारीमा युवा जनसङ्ख्या रहेको स्थितिमा भएका स्रोत साधनको प्रयोग गरे दक्ष जनशक्ति तयार…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले पार्टी सभापति रवि लामिछानेको मुटुमा रगत नभएर तेजाव रहेको टिप्पणी गरेका छन् । शनिबार चितवनको ‘जनयात्रा’ लाई सम्बोधन गर्दै उनले प्रतिशोध साँध्नेहरु लामिछानेको मुटुमा भएको तेजावबाट एकदिन जलेर भष्म हुने बताए । आगामी २०८४ सालमा हुने निर्वाचनलाई लिएर निदाउन नसकेकाहरुले लामिछानेमाथि प्रतिशोध साँधेको उनको दाबी छ । ‘आज २०८४ सम्झेर निदाउनै नसक्नेहरुले प्रतिशोध साँधेका छन् । मैले भनिसकेँ– रवि लामिछानेको मुटुमा रगत होइन, तेजाव छ । यिनीहरु जल्ने छन्, यिनीहरु गल्ने छन्,’– उनले भने । आगामी २०८४ को चुनावमा संसारभरी रहेका नेपालीहरुलाई रास्वपासँग जोडिएर मतदान गर्न उनले आग्रह…

Read More

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकार र थाई समुदायले बुद्ध धर्म र दर्शनको प्रचारप्रसार तथा लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि विभिन्न गतिविधिमार्फत योगदान पुर्‍याउँदै आएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकारका तर्फबाट धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान हुँदै आएको छ । यसले नेपाल र थाइल्याण्डबीचको बौद्ध धर्म एवं दर्शनले जोडेको हजारौँ वर्षदेखिको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गरेको छ । थाई सरकारका तर्फबाट लुम्बिनीस्थित थाई विहारमार्फत लुम्बिनीको सांस्कृतिक, धार्मिक र पर्यटन प्रवर्द्धनसँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । यसअन्तर्गत भूकम्पले क्षति पुर्‍याएका विद्यालयका भवन निर्माण, भूकम्पपीडितका लागि सहयोग, विद्यालयमा शैक्षिक सामग्री…

Read More

याङ्गुन । म्यान्मार ठूलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले बताएको छ । संयुक्त राष्ट्रसंघका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन् । मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । यसको परिणामस्वरूप तीन हजार तीन सय ५४ जनाको मृत्यु र चार हजार पाँच सय आठ जना घाइते भएको तथा दुई सय २० जना बेपत्ता भएको सरकारी मिडियाले प्रकाशित गरेको नयाँ तथ्यांकले जनाएको छ । विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन्, या त तिनीहरूको घरहरू नष्ट भएका कारण या थप…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने जानकारी गराएका छन् । शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा ओलीले यसबारे जानकारी गराएका हुन् । ओलीले शुक्रबार मोदीसँग बैंककमा भेटवार्ता गरेका थिए ।उक्त भेटमा आफू सगरमाथा संवादमा आउन नसक्ने जानकारी मोदीले गराएको उनले बताए । उनले भने, ‘उहाँको त्यसैबेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ। र त्यो कार्यक्रम सेट भइसकेकाले उहाँ आउन सक्नुहुन्न। तर भारतको राम्रै स्तरबाट प्रतिनिधित्व हुन्छ।’ उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको पनि बताएका छन् ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् । आज थाइल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै न्यायिक छानबिनको माग उठेकोमा पनि जवाफ दिँदै न्यायिक छानबिन नहुन पनि सक्ने र छानबिन निष्पक्ष हुने बताएका हुन् । उनले भने, ‘छानबिन हुँदैछ । न्यायिक छानबिन हुन पनि सक्छ, नहुन पनि सक्छ । तर, छानबिन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानबिन आवश्यक पनि हुँदैन ।’ यस्तै उनले शिक्षकहरूको आन्दोलनलाई सकारात्मक रूपमा लिएको बताएका छन् । उनले सबै कुरामा न्यायिक छानबिन जरुरी नरहेको बताए । चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले हिंस्रक प्रदर्शन…

Read More

कास्की – पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको छ। सशस्त्र प्रहरी बल कालिका गण पोखराको विशेष विपद् उद्धार टोलीले आज बिहान देउराली चुमरुङस्थित मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ उहाँको शव फेला पारेको कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिए। अन्नपूर्ण आधार शिविर९एविसी० को पदयात्रा सकेर घान्द्रुकतर्फ फर्कने क्रममा पर्यटक बेपत्ता भएपछि उनको खोजीमा प्रहरी टोली खटिएको थियो। प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार उनको शव पोखरा ल्याउने तयारी भइरहेको छ। यही चैत ११ गते दिउँसो साढे १२ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित…

Read More