Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काभ्रेपलाञ्चोक । काभ्रेको महाभारत गाउँपालिका–५ मुख्य टोलका नीरज पुलामीले कफीखेतीबाट आम्दानी लिन थालेको तीन वर्ष भयो। मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि अहिले उनी मकै छाडेर कफी खेतीमा लागेका हुन्। यसअघि उनी मकै खेतीको भरमा थिए। तीन वर्षअगाडि ६०० बोट कफी रोपेर खेती शुरू गरेका उनले हाल नयाँ बोटहरू रोप्ने तयारीमा बारीभरि खाल्डो खनेका छन्। “यसवर्ष मात्रै चार सय किलो फल्यो,” उनले भने, “केही बिक्री भयो, केही बाँकी छ।” दाजुभाइको समेत गरेर उनीहरूले १८ रोपनीमा कफी लगाएका छन्। कफी काँचो प्रति केजी १३० र सफा गरेर सुकाएपछि ८३० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए। करिब १० वर्ष अगाडिदेखि…
झापा । गत फागुनमा झापाको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो । भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला परेका थिए। गत पुसमा कचनकवल– ७ की कैलावती राजवंशीले हात्तीको आक्रमणमा परी ज्यान गुमाइन् । यस वर्ष मात्रै जिल्लामा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाए । बितेको १४ वर्षमा हात्तीको आक्रमणमा परी ६४ जनाले जिल्लामा ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाका पशु चिकित्सक सोनाम भालले जानकारी दिए । सोही अवधिमा हात्तीको आक्रमणमा परी मृत्यु हुने विदेशी नागरिकको संख्या आठ रहेको छ । वि.स. २०६२ देखि हालसम्म झापामा २२ वटा…
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको अवरोधका कारण एक सातादेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ । कार्यकाल ४ महिना बाँकी छँदै हटाइएका कुलमानका विषयमा प्रधानमन्त्रीले संसद्मै जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलले लगातार सदन अवरुद्ध गरिरहेका छन्…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँच महिनापछि आज (सोमबार) देखि पार्टी जिम्मेवारीमा फर्कदै छन् । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसमेत मुद्दामा गत कात्तिक २ गते पक्राउ परेपछि उनी पार्टीको भूमिकामा निष्क्रिय थिए । उनले उपसभापति डोलप्रसाद अर्याल (डिपी) लाई कार्यवाहक सभापति तोकेका थिए । सहकारी ठगी प्रकरणमा कास्की, रूपन्देही, काठमाडौं, चितवन जिल्ला अदालतबाट लामिछाने धरौटीमा छुटे पनि मुद्दा अदालतमा विचाराधीन छ। सभापति लामिछाने सोमबारको बैठकबाट पार्टीको नियमित जिम्मेवारीमा फर्कन लागेको कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् । सोमबार अपराह्न ३ बजे पार्टी केन्द्रीय समितिको बैठक चःमतिस्थित कार्यालयमा बोलाइएको छ । सोमबारको केन्द्रीय समितिको पहिलो…
काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) दीपक थापाले शान्ति सु–व्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन् । थापाले जुनसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम् उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । आज (शनिबार) नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले यस्तो बताएका हुन् । प्रहरी महानिरीक्षक थापाले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गराएको छ । हिजो शुक्रबार राजावादीहरूले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा सडक पेटीमा जथाभाबी फोहोर मैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले पूर्वराजलाई जरिवाना गराएका हुन् । ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौँका नाममा महानगरका ८ जना नगर प्रहरीले ८ वटा बेग्लाबेल्लै पत्र काटेर छन् । पूर्वराजा शाहसहितको समर्थनमा शुक्रबार भएको प्रदर्शनमा सहभागीले सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनीसमेत गरेका थिए । त्यस क्रममा प्रहरीसँगको झडपमा परी एक प्रदर्शनकारीको मृत्यु र अर्का एक पत्रकारको दृश्य छायांकनका क्रममा प्रदर्शनकारीले एक व्यापारिक भवनमा लगाएको आगोमा जलेर मृत्यु भएको थियो ।
काठमाडौं । जडिबुटीस्थित जडीबुटी उत्पादन तथा प्रसोधन केन्द्रमा पनि राजावादीले आगजनी गरेका छन्। तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरवितर भएका प्रदर्शनकारीले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा आगो लगाएका हुन्।
काठमाडौं । राजावादीहरूको समूहले कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा लुट मच्चाएका छन् । तीनकुनेबाट लखेटिएपछि कोटेश्वर क्षेत्रमा पुगेको राजावादीको एउटा समूहले भाटभटेनीमा पहिले आगजनी र तोडफोड गरे । त्यसपछि सम्भावित आन्दोलनको चिन्ताले सटर बन्द गरिएको भाटभटेनीमा राजावादीको समूहले लुट मच्चाएको हो । राजावादीले भाटभटेनीमा लुट मच्चाउने क्रममा आफूखुसी सामान उठाउँदै लगेका थिए ।
काठमाडौं । राजधानीको तीनकुनेमा राजावादीको प्रदर्शन उग्र बनेसँगै निषेधाज्ञा जारी भएको छ। राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि शान्तिनगर पुलदेखि जडिबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए। कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्को आदेश हुँदासम्म कर्फ्यु जारी रहनेछ । नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनले उग्ररूप लिएपछि प्रहरीले अश्रुग्यास, हवाई फायर प्रहार गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पारेको छ ।
काठमाडौं । राजावादी र समाजवादी मोर्चाको प्रदर्शनका कारण आज (शुक्रबार) बिहानैदेखि काठमाडौँ उपत्यकाको यातायात प्रभावित भएको छ । दुवै पक्षको र्याली र सभाका कारण काठमाडौँका मुख्य सडकमा यातायात आवागमन अस्तव्यस्त भएको हो । तीनकुनेदेखि नयाँ बानेश्वर क्षेत्रको सडकको मुख्य लेन बन्द गरिएको छ । दुई पक्षको प्रदर्शनका क्रममा हुनसक्ने अप्रिय घटना रोक्नका लागि प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ । सर्वसाधारणलाई साइड लेनबाट हिँड्न दिइएको छ । भने शंकास्पद गाडीहरुलाई चेकिङ गरेर मात्रै पठाइएको छ ।समाजवादी मोर्चा नेपालले काठमाडौँको प्रदर्शनीमार्गमा बनाएको मञ्चका कारण सो क्षेत्रमा बिहानैदेखि सवारी साधनहरू आवतजावतमा रोक लगाइएको छ । रत्नपार्कदेखि भद्रकालीसम्म र प्रदर्शनीमार्ग, भृकुटीमण्डपको सडक पूर्ण…