Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
तनहुँ ।जिल्लाको व्यास नगरपालिका–१३ स्थित सुडेको पुल नजिक निर्माण गरिएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन छ । शौचालयबाट निस्किएको मलमूत्रलाई ‘ट्रिटमेन्ट’ गरी मलका रूपमा प्रयोग गर्ने उद्देश्यले विसं २०७४ मा निर्माण गरिएको सो केन्द्र प्रयोगविहीन भएको हो । तत्कालीन साना सहरी तथा खानेपानी आयोजनाले सरसफाइ कार्यक्रमअन्तर्गत रु १२ करोड विनियोजन गरेको थियो । जसमा दमौली बजार क्षेत्रमा आठ किलोमिटर पक्की नाला निर्माण, फोहर व्यवस्थापनका लागि व्यास नगरपालिकालाई एक थान टिपर, सार्वजनिक शौचालय निर्माण र मलमूत्र व्यवस्थापन रहेको थियो । उक्त मलमूत्र व्यवस्थापनका लागि मात्रै करिब चार करोड लगानी भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी…
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा फागुन मसान्तसम्म रु दुई खर्ब ४१ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ९१ प्रतिशत…
रामेछाप । सोमबार साँझ आगो लगाई रहेकै अवस्थामा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुवारी भिर पाखामा सोमबार साँझ आगो लगाई रहेकै अवस्थामा सोही ठाउँका ७२ वर्षीय हरिबहादुर मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । चैतको पहिलो दिन देखि नै जिल्लाका विभिन्न ठाउँमा डढेलो लाग्ने क्रम बढी रहँदा त्यसमा संलग्नहरुलाई समेत प्रहरीले ‘सूक्ष्म अनुसन्धान’ बाट नियन्त्रणमा लिन थालेको हो । गत शनिवार पनि दोरम्बा शैलुङ् गाउँपालिका–३ को जंगलमा आगो लगाउने दाजुभाइ नै पक्राउ परेका थिए ।
काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी मङ्गलबार प्रतितोला रु दुई हजार ५०मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजतन्त्र फर्काउन कुनै हालतमा पनि नदिने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उपमहासचिव शर्माले सो कुरा बताएका हुन् । उनले राजतन्त्र फर्किन्छ भन्ने आफूहरूले नसोचेको बताए । उनले आफूलाई राजतन्त्र फर्किने डर नभई आफ्ना कमी कमजोरी सच्याउन सक्छौं कि सक्दैनौं भन्ने डर रहेको बताए । उपमहासचिव शर्माले भने, ‘राज्य प्रणाली, निर्वाचन प्रणाली दल र नेतामा सुधार गर्नुपर्छ, फजुल सेवा सुविधा, भ्रष्टाचार र कमिसन, भागबण्डा मिलोमतोमा रमाउनु लोकतन्त्र होइन । त्यसको अन्त्य गर्नुपर्छ । आपसमा गालीगलौज वा कुनै उथलपुथल गरेर होइन । आफैतिर फर्केर समीक्षा गर्नुपर्छ । आज हामीले आफैतिर फर्केर समीक्षा…
काठमाडौं । सात सीडीओसहित गृह मन्त्रालयले १३ जनाको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले बुधबार निर्णय गरेको सरुवाको सूचीमा सहसचिव र उपसचिव छन् । कपिलवस्तुका सीडीओ शिवप्रसाद अधिकारी, सुर्खेतका शंकरहरि आचार्य, नवलपरासीपूर्वका अरुण पोखरेल, बागलुङका नेत्रप्रसाद सुवेदी, अछामका शिवप्रसाद लम्साल र पर्वतका केदारनाथ शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ । यस्तै मन्त्रालयमा ‘बरण्डा’ मा रहेका सहसचिव दिलकुमार तामाङ कपिलवस्तु, जगदिश्वर उपाध्याय सुर्खेत, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइँटेल उदयपुर, आनन्द सारुलाई अछामको सीडीओको जिम्मेवारी दिएर पठाइएको छ । सीडीओको जिम्मेवारी पाउने अधिकांश सहसचिव भर्खरै बढुवा भएकाहरू हुन् ।
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ। चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापनतथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् । चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा चैत २४ गते परेको राम नवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्तासमेत सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निममित पत्रकार…
रामेछाप । गत स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले जितेको रामेछाप जिल्लाको मन्थलीमा मङ्गलवार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुले बाजी मारेको छ । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका शुशिल थापा निर्वाचित भएका छन् । त्यसैगरी सचिव र कोषाध्यक्ष पदमा पनि अनेरास्ववियुकै उम्मेदवारहरु निर्वाचित भएका छन् । सचिवमा अनेरास्ववियुका मुकेश भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुकै मसली तामाङ निर्वाचित भएकी छन् ।अनेरास्ववियुका शुशिल थापाले २ सय ७ मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा नेविसङ्घका विपुल रोकाले १ सय ५२ मत पाएका छन् भने अखिल क्रान्तिकारीका सभापति पदका उम्मेदवार अनोज भुजेलले ६५ मत ल्याएका छन् ।त्यस्तै सचिवमा अनेरास्ववियुका मुकेश भण्डारीले १ सय ८५…
काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हादेका छन् । पद बहालीसँगै उनले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उक्त पदमा पदोन्नति पाएका उनलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिह्नबाट सुशोभन गरेका थिए । त्यस अवसरमा गृहसचिव दुवाडीले गौरवशाली सङ्गठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गरेकामा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको सफलताको कामना गरे । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी, प्रहरी नायब महानिरीक्षक एवं सञ्चारकर्मीहरूको सो अवसरमा उपस्थिति थियो । पद बहालीपछि…
मोरङ । मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भएको भनिएका बालक सकुशल भेटिएका छन् । मोरङको धनपालथान गाउँपालिका– ७ कदमाहमा मंगलबार दिउँसो भएको आगलागीमा परी एक तीन वर्षीया बालिकाको भने मृत्यु भएको छ । धनपालथान गाउँपालिका– ७ कदमाहस्थित मुस्लिम टोलका मोहम्मद हनिफकी तीन वर्षीया छोरी रेश्मा खातुनको आगलागीमा परेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । दिउँसो १२ बजेतिर सुरु भएको आगलागीमा परी खातुनको मृत्यु भएको हो । दिउँसो १२ बजेतिरबाट सुरु भएको आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट १२ घर परिवारको करिब १७ वटा घर टहरा जलेर नष्ट भएको डिएसपी जोशीले जानकारी दिए ।…