Author: सूचनापाना

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सरकारमा जाने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् । आज (सोमबार) काठमाडौंमा पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्र सरकारमा जान लागेको भनेर बाहिर हल्ला चलाइएको जस्तो कुनै नीति नभएको बताएका हुन्। बरू अन्य विषयहरूमा छलफल भइरहेको उनले बताए । ‘हिजो–अस्तीदेखि आइराखेको छ फेरि । अब कांग्रेस, एमाले र माओवादी तीनटा मिलेर सरकार बनाउने भए रे भन्ने चर्चा चलेको छ । हामी अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौं । कसैसँग औपचारिक कुरा पनि भएको छैन । टीआरसीसँग सम्बन्धित विषयमा कुरा गर्नु नै पर्छ ।…

Read More

सोलुखुम्बु । “खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन्, हावाले घरहरु त परको कुरा रुखहरु नै जराबाटै पल्टिन थाल्यो! डाँडाहरु हावाले फुकेर फुङ्ग हुँदै गएको छ, यस्तो हुनु राम्रो होइन”, यहाँको सोलुदुधकुण्ड नगरपालिका-७ गार्माकी ७१ वर्षीया जाङ्बु शेर्पाले आश्चर्यमिश्रित भावमा भनिन्। विगतमा सामान्य हावा चल्ने भए पनि यस पटक सोलुखुम्बुमा अस्वाभाविक गतिमा हावा चलेको अनुभव स्थानीयको छ। हावाका कारण सगरमाथा क्षेत्रको थामेदेखि सदरमुकाम सल्लेरीसहित सोताङ आसपासमा घर, विद्यालय जस्ता संरचनाहरुमा ठूलो क्षति पुगेको छ। दुई महिनामा २६ घटना जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत माघदेखि चैत ३ गतेसम्ममा हावाहुरीका कारण जिल्लामा २६ वटा…

Read More

काठमाडौं । ललितपुरका केही क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य–मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय, ललितपुरले निषेधाज्ञा जारी गरेको हो । भोलि (चैत ४) बाट लागू हुने निषेधाज्ञा दुई महिनासम्मका लागि लगाइएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी गराए । निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाइएको छ । पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास…

Read More

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजस्व उठाएर खर्च धान्न सकस परेकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनु परेको बताएका छन् । प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा बोल्दै मन्त्री पौडेलले राजस्वले खर्च धान्न धौधौ भएको कारण चालु आर्थिक वर्षको विनियोजनमा अनिवार्य दायित्वका शीर्षकमा समेत न्यून बजेट विनियोजन गरिएको बताएका छन् । उनले ३१ प्रतिशत राजस्व उठाउने लक्ष्य राखेको भए पनि अनिवार्य दायित्व अन्तर्गतका शीर्षकमा न्यून बजेट विनियोजन गरिएको बताए । उनले यस्तो अवस्थामा बजेट निर्माणमा विलम्व गर्न नहुने बताए । उनले बजेट निर्माण गर्दा अनुशासनतर्फ फर्किनुपर्ने अभिभारालाई गम्भीरतापूर्वक महशुस गर्नुपर्छ भन्ने मर्ममा उभिएर सरकारले संशोधन…

Read More

बरहथवा । बागमती नगरपालिका-१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न छन् । उनले साढे सात बिघा खेतमा केराखेती गरेका छन् । उनले भने, “मेहेनतअनुसारको उत्पादन र उत्पादनअनुसारको राम्रो व्यापार भएका कारण केराखेतीबाट मनग्य आम्दानी भइरहेको छ ।” कृषि उत्पादनमा व्यावसायिक रूपले जोडिनुपर्ने उनको तर्क छ । “हामी आफ्नो माटोमा सुन फलाउन छाडेर विदेशमा पित्तल कमाउन पुग्ने गर्छौँ”, उनले भने । झण्डै पाँच वर्ष वैदेशिक रोजगारीमा मलेसिया मा विताएका उनी युवाहरूलाई देशमै केही गर्न आग्रह गर्छन् । विगत एक दशकदेखि बिहान सबेरैदेखि साँझ अबेरसम्म उहाँ केराबारीमा भेटिन्छन् । खेतीबारी राम्रो हुन त्यसलाई पर्याप्त स्याहारसम्भार गर्नुपर्ने उनको अनुभव…

Read More

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गरेको आरोप लगाएका छन् । आज (आइतबार) को राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरिरहेको आरोप लगाए । उनले विश्वका धेरै देशहरुमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर राजतन्त्रको अन्त्य गरेको बताएका छन् । उनले भने, ‘विश्वका धेरै देशहरुमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर, सबैभन्दा कठिन र चुनौतिपूर्ण संघर्ष गरेर अढाइ सय वर्ष अघिदेखि जरा गाडेर बसेको निरंकुश सामन्तवाद राजतन्त्रको अन्त्य गरेका हौं । त्यो राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी…

Read More

सुर्खेत । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गरेको हवाई सेवा अहिले बन्द भएको हो । हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ । ट्राभल्सका मिनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक…

Read More

खोटाङ । माओवादी केन्द्रबाट साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्षमा विजयी भएका अर्जुनकुमार कटवाललाई जानकारी बिनै अमेरिका बसेको भन्दै निलम्बन गरिएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले खड्कालाई अनिश्चितकालका लागि निलम्बन गरेको हो । एक वर्षदेखि पार्टी र सम्बन्धित निकायलाई जानकारी नदिई अमेरिका बसेपछि पार्टीले फर्किएर कार्यभार सम्हाल्न आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै प्रदेश समितिले निलम्बन गरेको माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डेले जानकारी दिएका छन् । २०८० माघ १७ गतेदेखि जानकारी बिनै अमेरिका बसेको र जनताको काममा समस्या भएको भन्दै कारबाहीका लागि माओवादी केन्द्र साकेला गाउँपालिका कार्यसमितिले गत पुस–११ गते सिफारिस गरेको पाण्डेले बताए । वडाध्यक्ष अनुपस्थित हुँदा जनताले…

Read More

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि छलफल भएको छ । विधेयकमाथि सांसदहरुबाट परेका संशोधनसमेत समावेश गरी दफा ३५ सम्मको छलफल टुङ्गिएको सभापति सन्तोष चालिसेले जानकारी दिए । विधेयकमाथि सांसदहरुबाट व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउने, भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झटहरु हटाउनुपर्ने, कर्मचारीहरुको तजबिजी अधिकार घटाउनुपर्ने, वस्तुहरुको क्वारेन्टाइन तथा गुणस्तर परीक्षणका लागि पर्याप्त पूर्वाधार तयार पारिनुपर्ने लगायत संशोधन आएका थिए । भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्षराष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । नेपाल संशोधित क्योटो…

Read More

काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले विद्युतीय अपराध (साइबर क्राइम) को मुद्दामा सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको बुधबारको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बस्नेतलाई सफाइ दिएको हो । वरिष्ठ अधिवक्ता बाबुराम दाहाल, वरिष्ठ अधिवक्ता रामबहादुर खड्का, अधिवक्ताहरू रामचन्द्र पौडेल, योगेन्द्रबहादुर थापा, चेतबहादुर थापालगायत बस्नेतको पक्षबाट बहस गरेका थिए। सञ्चारमाध्यममा प्रकाशित समाचारको विषयलाई साइबर अपराध भन्न नमिल्ने र यसको क्षेत्राधिकार प्रेस काउन्सिल रहेको अदालतको व्याख्या रहेको बस्नेतको तर्फबाट बहस गरेका अधिवक्ता हरिप्रसाद पंगेनीले जानकारी दिए । ‘राजनीतिक पूर्वाग्रह साँध्न मात्र क्षेत्राधिकार भन्दा बाहिर गएर मुद्दा लगाइएको देखियो’, पंगेनीले भने । बस्नेत अध्यक्ष रहेको जनता…

Read More