Author: सूचनापाना

काठमाडौं । ‘वाकिटकी’ जस्ता सञ्चार उपकरणहरूको प्रयोग सामान्यतया सुरक्षा, आपतकालीन सेवा, र व्यावसायिक प्रयोजनका लागि गरिन्छ । यसको प्रयोगले ‘टेलिकम्युनिकेसन’ को पहुँच नभएका स्थानमा पनि सञ्चार गर्न सहयोग पुग्छ। यसको प्रयोगका लागि नेपालमा सरकारसँग अनुमति लिनुपर्छ तर पछिल्लो समय अनुमति नलिई वाकिटकीको प्रयोग गर्नेको संख्या उल्लेख्य बढेपछि सूचना तथा प्रसारण विभागले नियमनका लागि अग्रसरता देखाएको छ । अनुमति नलिई वाकिटकीलगायत रेडियो उपकरणहरू आयात, बिक्री–वितरण भएको पाइएपछि विभागले हालै तत्कालका लागि प्रयोग बन्द गरी लाइसेन्स लिन आग्रह गरेको छ । वाकिटकीको प्रयोग गर्दा अनुमति लिने प्रक्रिया झन्झटिलो भएकाले अधिकांशले अनुमति नलिई प्रयोग गर्ने गरेको जानकारहरू बताउँछन् । सूचना विभागअन्तर्गत प्रसारण शाखाका…

Read More

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् । बिहीबार नेविसंघका कार्यकर्ताहरू आएर आफ्नो कार्यकक्षमा तोडफोड गरेको रेक्टरले केसीले जानकारी दिए। केसी कार्यकक्ष बाहिर रहेका बेला तोडफोड भएको हो । कुर्सी, सोफा, टेबललगायतका सामान तोडफोड भएको उनले बताए । विद्यार्थीले के माग राखेर तोडफोड गरे भन्ने आफ्नो जानकारीमा नरहेको पनि उनले बताएका छन् ।

Read More

मन्थली । जिल्लाको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । ठेकेदारको लापरबाहीका कारण रामेछापको ‘लाइफलाइन’का रूपमा रहेको यो पुल निर्माण हुन नसकेको हो । रामेछापलाई मध्यपहाडी राजमार्गमा जोड्नका लागि रामेछाप नगरपालिकाको रामपुरस्थित कोलन्जोर घाटको सुनकोशी नदीमा निर्माणाधीन यो पुल चार वर्षअघि नै निर्माणसम्पन्न हुनुपर्ने थियो । त्यसयता लगातार म्याद थपिए पनि निर्माण सम्पन्न हुनसकेको छैन । विसं २०७७ मै सम्पन्न हुनुपर्ने उक्त पुलको म्याद यही २०८१ साल चैत २० गतेसम्म थपिएको छ । म्याद सकिन एक महिना बाँकी रहँदा बाँकी काम सुरु नै हुनसकेको छैन । रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले पुल निर्माणका लागि ताकेता गरिरहेको भए…

Read More

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको बताएका छन् । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को उद्घाटन गर्दै उनले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताए । उनले भने, “अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरु पनि अघि सरुन् ।” प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताए । उनले कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सृजना हुने बताए । आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा…

Read More

काठमाडौं । राष्ट्रिय सभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत भएको छ । बुधबारको राष्ट्रिय सभा बैठकले अध्यादेश स्वीकृत गरेको हो । अध्यादेशमा विपक्षी दलहरुको तर्फबाट अस्वीकृत गर्ने प्रस्ताव परेको थियो । तर राष्ट्रिय सभाले बहुमतले प्रस्ताव पारित गरेको हो । सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई बहुमत सांसदले स्वीकृत गरेको राष्ट्रिय सभा अध्यक्षले सभामा घोषणा गरे ।

Read More

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बाग्मती गाउँपालिका–५ सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लगाइएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण नभएको हो । पुल निर्माणको ठेक्का लिएको महादेव–शिखर–तामाकोशी–जेभीले समयमा काम सम्पन्न नगरेपछि बर्षेनी प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले ताकेता गर्दै आएको छ । सो पुल निर्माणका लागि भ्याटबाहेक रु ११ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको थियो । तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का…

Read More

दमौली । जिल्लाको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । हाल ५० रोपनी जमिनमा खेती गरिरहेको उनले वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गरेको सुनाए । बाइस वर्षअघि कास्कीबाट यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो । केही वर्ष गाउँमै मेलापात गरेपछि उनी कामका लागि भारत गए । त्यहाँ १० वर्षजति बिताएपछि फेरि आफ्नै गाउँ फर्किए । त्यसपछि कहिल्यै गाउँ छोड्न मन लागेन । अनि सुरु भयो, गाउँमै तरकारीखेती । निरन्तर प्रयास गरे के हुँदैन ! त्यसैको उदाहरण बनेका छन् ढकाल । सुरुमा दुई–तीन रोपनीमा खेती गरेका उनले हाल…

Read More

ताप्लेजुङ । जिल्लाको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मङ्सिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो । विमानस्थल कार्यालयका अनुसार एउटा जहाज दसैँदेखि बिग्रिएर मर्मत भइरहेको छभने अर्को जहाज पनि पुस पहिलो सातादेखि बिग्रिएर थन्किएको छ । लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले सेवा लिन पाएका छैनन् । यो विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय मौसममा उडान भर्दै आएकामा हाल दुवैले सेवा बन्द गरेका छन् । नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले…

Read More

काठमाडौँ । निजामती सेवामा ३८ वर्ष लामो यात्रा पूरा गरेका राष्ट्रिय योजना आयोगका सचिव मधु कुमार मरासिनी अवकाश भएका छन् । ५८ वर्षे सेवा उमेर हदका कारण शनिबार सेवा अवधि पूरा गरेका मरासिनीलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिदाइ गरेको हो । २०४३ सालमा खरिदार पदबाट निजामती सेवा यात्रा सुरु गरेका मरासिनी खुला प्रतिस्पर्धाबाट नायब सुब्बा, अधिकृत हुँदै उपसचिवसम्म पदोन्नति भएका थिए । कानुन मन्त्रालयमा खरिदारको रूपमा सेवा थालेका उनले अधिकृत र उपसचिवका रूपमा राजस्व प्रशासनमा महत्त्वपूर्ण समय बिताए । सहसचिव भएपछि पनि उनले अधिकांश समय अर्थ मन्त्रालयमा जिम्मेवारी सम्हाले । मरासिनीले राजश्व अधिकृत उत्तीर्ण गरेको पाँच वर्षमै राजश्व मै…

Read More

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ । आज (आइतबार) दिउँसो १ बजेतिर कार्यालयको माथिल्लो तलामा आगो लागेको हो । माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन । तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ । गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले भनिन्, ‘हावाहुरीले पोल ढलेकाले दुई–तीन दिनदेखि बिजुली थिएन । आज बिजुली पनि आयो र आगो पनि लाग्यो । त्यसैले तार सर्ट भएको हो कि भन्ने हाम्रो अनुमान छ ।’ आवा चलिरहेकाले नजिकैको बस्तीमा आगो फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी परिचालित भएका छन् । तर गाउँपालिकामा दमकल नहुँदा आगो निभाउन समस्या भएको…

Read More