Author: सूचनापाना

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। बिहीबार बसेको माओवादी संसदीय दलको १५ औँ बैठकले अध्यादेश अस्वीकार गर्ने सूचना संसद्लाई दिने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। ‘अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सवलीकरण गर्ने गरी आएन, प्रक्रिया नै बेठिक छ’, पाण्डेले भने, ‘६ वटा अध्यादेशबाट ३१ वटा कानुन संशोधन गर्ने सरकारको तयारी छ । समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारकाे सूचना दर्ता गर्नुपर्छ भन्ने निर्णय भएको छ ।’ साथै बैठकले सरकार जनसरोकारका मुद्दामा चिन्तित नभएकाले जनताका मुद्दा उठाउने निर्णय गरेको पाण्डेले जानकारी दिए ।

Read More

ललितपुर । नेपालका लागि जापानका नवनियुक्त राजदूत तोरु मायदाले जापानले नेपालको विकासमा गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगलाई निरन्तरता दिने बताएका छन् । नेपाल जाइका अलमनाई एशोसिएसन (जान) द्वारा नवनियुक्त राजदूत मायदाको सम्मानमा बिहीबार आयोजित स्वागत कार्यक्रममा उनले नेपाल–जापानबीच लामो समयदेखि मैत्रीपूर्ण, घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताए । धेरै वर्ष पहिला नेपालको भ्रमणमा आफूले यहाँको सुन्दर पहाड र हिमाल हेर्न तथा जहाँ–जाँदा पनि नेपाली नागरिकबाट न्यानो माया पाएको स्मरण गर्दै राजदूत मायदाले अहिले राजदूतका रूपमा नेपाल आउँदा अझ खुसी लागेको धारणा व्यक्त गरे । कार्यक्रम आयोजक संस्था जानका अध्यक्ष डा रामचन्द्र भुसालले जानले विगत पाँच दशकदेखि नेपाल–जापानबीचको सम्बन्ध सुमधुर…

Read More

काठमाडौं । नेपाल प्रहरीका तत्कालीन इन्स्पेक्टर (प्रहरी निरीक्षक) लोकबहादुर विष्ट नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार विष्टको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर हुने फैसला गरेको हो । नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, गुल्म नं. ४, नक्सालमा कार्यरत तत्कालीन इन्स्पेक्टर विष्टलाई चार हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । ०५५ साल भदौ १ गते असई (प्रहरी सहायक निरीक्षक) पदमा नियुक्ति लिएका विष्ट सोही प्रमाणपत्रका आधारमा इन्स्पेक्टरसम्म भएका थिए । विष्टले ‘बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमिडिएट एजुकेसन यूपी’बाट जारी हाई…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा सम्बोधन गर्ने भएका छन्। आगामी माघ १८ गतेका लागि बोलाइएको संसद्को हिउँदे अधिवेशनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्। उक्त दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन् । त्यस्तै, उनले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन् ।

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले उक्त रकम बजारबाट तान्न लागेको हो । राष्ट्र बैंकका अनुसार विभिन्न शर्तसहित २१ दिनका लागि निक्षेप बोलकबोलका लागि आज दिउँसो २ बजे आह्वान गरिएको छ । जसको साँवा तथा ब्याज भुक्तानी समय आगामी फागुन ४ गतेका लागि तोकिएको छ । बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म रहेको छ । धितोसम्बन्धी व्यवस्थामा यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोकोरुपमा प्रयोग गर्न…

Read More

काठमाडौँ । सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रूपन्देही जिल्ला अदालतमा रवि लामिछाने तर्फका कानून व्यवसायीले बहस सकेका छन् । आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेलले बहस गरेका छन् । अब सरकारी वकिलले जवाफी बहस सकेपछि आदेश आउने छ । अदालत स्रोतका अनुसार आजै आदेश आउने सम्भावना बढी छ ।

Read More

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीन सय ६८ जना ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाउने उनीहरुको लाइन गत साउनयता काटिएको हो । कार्यालयका प्रमुख ई रामु श्रेष्ठकाअनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरुको लाइन काटिएको हो । यस अवधिमा एक हजार चार सय ५६ जनाले बक्यौता रकम तिरेका छन् । उनीहरुबाट रु दुई करोड ८२ लाख २१ हजार नौ सय १६ राजस्व सङ्कलन भएको छ । प्रमुख श्रेष्ठका अनुसार एक हजार छ सय ६८ जना ग्राहकबाट रु चार करोड १३ लाख ९५ हजार पाँच सय ६७ बक्यौता उठाउन बाँकी थियो । वितरण केन्द्रले…

Read More

काठमाडौं । बिमा प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् । बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई अख्तियार दुरुपयोग अुनसन्धान आयोगले नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । उनको कार्यकाल करिब १ महिना बाँकी थियो । अध्यक्षका लागि क्लिकमान्डुका विषेश सम्वाददाता एवं वरिष्ठ प्रबन्धक शरद ओझा, बिमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी, बिमा समितिका तत्कालीन अध्यक्ष चिरञ्जिवी चापागाईं, पूर्वराजस्व सचिव रामशरण पुडासैनी, डा. दामोदर बसौला लगायत १२ जनाले आवेदन दिएका छन् । यी हुन् प्राधिकरण अध्यक्षका लागि आवेदन दिएका १२ जना कमल प्रसाद रेग्मीडा देवराज रोकाशरद ओझाचिरञ्जिवी चापागाईंविष्णुबाबु मिश्रबुद्धकाजी श्रेष्ठदामोदर बसौलाडिमप्रसाद पौडेलरामशरण…

Read More

काठमाडौँ । गत मंगलबार दिउँसो २ बजेबाट काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगलमा लागेको आगो आज हेलिकोप्टरबाट निभाउन थालिएको छ । आगलागी भएको चार दिनसम्म पनि यहाँको डढेलो नियन्त्रणमा आउन सकेको छैन । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान् अधिकारीका अनुसार शुक्रबार दिउँसोबाट हेलिकोप्टरमार्फत् पानी लगेर खन्याएर आगो नियन्त्रणको प्रयास भइरहेको छ । बेथानचोककै वडा नम्बर २ मा पर्ने गुवाभन्ज्याङस्थित पार्कमा बनाइएको पाखेरीबाट पानी लिएर हेलिकोप्टरले आगलागी भएको स्थानमा खन्याउन थालेको हो । सिम्रिक एयरको हेलिकोप्टरबाट आगलागी नियन्त्रणका लागि पानी खन्याउने काम भइरहेको अध्यक्ष अधिकारीले बताए । वन्यजन्तु र जडिबुटीका लागि प्रख्यात मानिने यस जंगलको एक सय हेक्टरभन्दा बढी…

Read More

नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा रहेको कान्तितालमा आहार खोज्दै आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न र आहारको खोजीमा चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न देशमा आउने गर्दछन् । तस्बिरः रुपनी जि एम / रासस

Read More