Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
चौतारा । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुपाल्चोकको अध्यक्षमा कमला पाख्रीन सर्वसम्मत निर्वाचित भएकी छन् । आज भएको चौथो अधिवेशनले पाख्रीनलाई अध्यक्षमा निर्वाचित गरेको हो । त्यसैगरी शाखाको उपाध्यक्षमा दिपेन्द्र घले, सचिवमा आइ सिं तामाङ, सहसचिवमा रविन दनुवार, कोषाध्यक्षमा कल्पना श्रेष्ठ र सदस्यहरुमा बिपना गोले, सरोज लामा, प्रेम लामा, वरदान गुरुङ निर्वाचित भएका छन् । संघीय प्रतिनिधिमा भने सुरेश कसाजु, जीवन श्रेष्ठ, अश्मी स्याङतान र फूलमान तामाङ चयन भएका छन् । त्यस्तै, प्रदेश प्रतिनिधिहरूमा मानकाजी तामाङ, प्रितम गोले तामाङ, निर्मल माझी, सुनिता रखाल र कविता श्रेष्ठ चयन भएका हुन् । नव निर्वाचित अध्यक्ष पाख्रीनले जनजाति पत्रकारहरुको क्षमता अभिवृद्दि गरि…
बैङ्कक । वायु प्रदूषणका कारण बैङ्ककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन्। मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरूलाई जस्तै थाइल्याण्डलाई पनि लामो समयदेखि प्रभावित गरेको छ । चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको प्रदूषणले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालय हरूले बिदा दिएका हुन्। आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैङ्कक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख शहर बनेको छ । पीएम २.५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रति घनमिटर पुगेको आईक्यूएयरले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले २४ घण्टे औसत एक्सपोजर एक वर्षमा अधिकांश १५ दिनभन्दा बढी हुन नहुने…
काठमाडौं । भारतको महाराष्ट्रमा रहेको जलगाउँमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना नेपाली रहेको खुलेको छ । मृत्यु हुनेमा अछामको बिनायकका नन्दराम विक, सोही ठाउँकै हिमु नन्दराम विक, अछामको कमलबजारका जयकला भट्ट, अछामकै मैसरा विक र कैलालीकी कमला भण्डारी रहेका छन् । त्यस्तै नेपालको ठेगाना नखुलेका राधेश्याम भाइ,लच्छिराम कन्नु पासवानको पनि मृत्यु भएको प्रवास नेपाली सम्पर्क विभाग कर्नाटक प्रमुख दिपक राज आचार्यले जानकारी दिएका छन् । हिजो लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । दुर्घटना परेर ४० जनाभन्दा धेरै घाइते भएका छन् । अधिकारीहरुका अनुसार बुधबार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला…
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मंगलबार दिउँसोदेखि डढेलो लागेको लागेको थियो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताए । उनका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिने गरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ । डढेलो लागेको स्थानबाट मानव बस्ती करिव तीन किलोमिटरको दूरीमा रहेको जनाइएको छ । डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मंगलबार दिउँसो २ बजेबाट…
काठमाडौं । माघ लागेदेखि नै काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए । कारणबारे उनले भने, ‘लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ ।’ उनले अब बढ्ने समय पनि हुन लागेको बताए । न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ । यद्यपि केही दिनमा भारतको उच्च…
महोत्तरी । गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला–८ कुष्माढीको सनीखोला किनार अवस्थित नदीउकास जग्गा हेरे चरितार्थ हुन्छ । तीन वर्षअघिसम्म गेग्य्रान बलौटे खोलाको ढड्यान जग्गा किसानको मेहनतले अहिले ‘सुन फल्ने’ जमिन बनेको हो । दुबो पनि नमौलाउने गेग्य्रान अहिले जता हे¥यो उतै हराभरा छ । सनीखोलाले बहाव छोडेर उकासेको बगरमा कुष्माढीका भूमिहीन किसानले नङ्ग्रा खियाएका तीन वर्ष भएको छ । नदीले बहाव छाडेको नदीउकास बगरको एक सय एक बिघा जग्गामा अहिले थरिथरिका फलफूलका बोट बढ्दै छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले फलफूल रोपणमा किसानलाई सघाएको छ । यहाँ आँप, लिची र कागतीसहितका ११ हजार बोट हुर्कदै…
वीरगञ्ज । चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट रु ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा रु ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व संकलन भएको छ । चालु आवको छ महिनामा रु ४२ अर्ब २४ करोड बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट रु १८ अर्ब ९८ करोड राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । चालु आवको छ…
सुर्खेत । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारप्रति आफूहरूको कुनै अभिरुचि नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा आज बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले वर्तमान सरकार अवैध तरिकाले बनेकाले धेरै टाढा नजानेमा भने आफूहरू प्रष्ट रहेको जिकिर गरे । संविधान र जनताको भावना विपरीत सरकार गठन भएकोले धेरै पर नजाने अध्यक्ष प्रचण्डको भनाइ छ । आफूले भने अनुसार नै सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको अध्यक्ष प्रचण्डले दाबी गरे । यद्यपि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले प्रष्ट पारे । देशको राजनीति सहज नदेखिएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा…
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री दीपक खड्का र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाएका छन्। बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मन्त्री र राज्यमन्त्रीले ४५४ मेगावाटको किमाथाङ्का अरुण परियोजनामा नियम मिचेर डकैतीको शैलीमा निर्णय गर्ने प्रयत्न गरेको आरोप लगाएका हुन्। उनले जगदुल्ला हाइड्रोपावरको विषयमा मन्त्री खड्काले प्रतिष्पर्धी अन्य सात कम्पनीलाई पछि हट्न लगाई एउटा कम्पनी मात्रै छनोट गर्ने काम गरेको भन्दै आपत्ति जनाए। उनले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत परियोजनामा पनि नियम मिचिएको आरोप लगाए। उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रतिशोध साँधेर प्राधिकरणमै मन्त्रीले…
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् । सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा उनले आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन, कानून बनाउने कार्यमा जोड दिएको बताए । कानुनमार्फत नै सशस्त्र प्रहरी जवानहरुले लामो समयदेखि माग राखेको १६ वर्षमा अवकाशमा जान पाउने सुविधाको व्यवस्था गरिएको उनले घोषणा गरे । उनले सशस्त्र प्रहरीको विधेयकलाई केही दिनमै संघीय संसदमा दर्ता गर्ने तयारी रहेको समेत बताए ।