Author: सूचनापाना

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । क्याथे प्यासिफिक एयरलाइन्सबाट हङकङ जान लागेका चिनियाँ नागरिकको सुटकेशभित्र लागूऔषध जस्तो देखिने वस्तु भेटिएको हो । त्यो वस्तु लागूऔषध हुनसक्ने शंका गरिएको छ । लागूऔषध नियन्त्रण ब्यूरोले बरामद वस्तुलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ ।प्रहरीले थप अनुसन्धान गरिरहेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले पनि लागूऔषध जस्तो देखिने वस्तु बरामद भएपछि लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) लाई बुझाइएको पुष्टि गरेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोले बरामद वस्तुलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा सामान्य समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवारको पूर्व निर्धारित कार्यक्रमहरू रद्द गरेका छन् । चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सोही कारण बुधवार हल चोकमा आयोजना भएको २४ औं सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री ओली सहभागी हुन नसकेको बताइएको छ । बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरेर प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेको बुझिएको छ । एमाले अध्यक्ष समेत रहेका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए । राति अबेरसम्म काम गर्ने बानी भएका ओली चिसोलगायत कारण अस्वस्थ भएको बताइएको…

Read More

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १९ सय रुपैयाँ बढेको हो । मंगलबार एक लाख ५८ हजार एक सय रुपैयाँ रहेको सुनको मूल्य १९ सय रुपैयाँ वृद्धि हुँदै एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । मंगलबार एक हजार ८७५ रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य २० रुपैयाँ वृद्धि भएर एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

तनहुँ । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ । वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनाले उक्त केन्द्रको परिसरमा स्थानीय स्रोत र साधनको प्रयोग गरी पाँच वटा टेलिस्कोपिक खम्बा जडान गरेको छ । हरेक खम्बामा गिद्धलाई बस्नका लागि फलामको आर्म राखिएको छ । फलामको आर्मका कारण गिद्धलाई कुनै नकारात्मक असर पर्न नदिइ सुरक्षित बनाउन आर्मलाई काठले ढाकिएको छ । खम्बाको टुप्पोमा काठको…

Read More

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय सिमेन्ट, छडलगायत निर्माण सामग्रीको मूल्य बढ्नुको कारणबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग जवाफ माग्ने भएको छ । समितिको आजको बैठकमा अधिकांश सांसदले निर्माण सामग्रीमा अचाक्ली मूल्यवृद्धि भएको विषय उठाएका थिए । बैठकपछि समिति सभापति ऋषिकेश पोखरेलले सिमेन्ट, छडलगायत वस्तुको मूल्य वृद्धिबारे मन्त्रालयलाई बुधबार छलफलमा बोलाउन निर्देशन दिए । समितिमा परेका उजुरीहरुको प्राथमिकता निर्धारण गर्ने र बढी महत्वपूर्ण उजुरीलाई समितिमा चाँडो पेश गर्नका लागि ती उजुरीको अध्ययन गर्न सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय आजको बैठकले गरेको छ । समितिले विभिन्न समयमा सरकारसँग माग गरेका अध्ययन प्रतिवेदन हालसम्म प्राप्त…

Read More

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । लामिछानेलाई क्यान अनुशासनको कारवाही गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । प्रवक्ता लामाका अनुसार गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए । सोही विषयमा उनलाई कारवाही गरिएको हो। लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ । जय ट्रफीका बेला सन्दीपले अम्पायरका बारेमा सार्वजनिक रूपमा सामाजिक सञ्जालमा लेखेकाले त्यो कुरा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले उनलाई एक खेलका लागि निलम्बन गरिएको छुम्बीले बताए । सन्दीपले…

Read More

मनाङ । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका छन् । चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन । विगतका वर्षमा मङ्सिरदेखि हिउँ पर्ने भए पनि यसवर्ष पुसको अन्तिम सातामा मात्रै हिउँ परेको छ । हिमपात भएपछि यहाँका कालापत्थरमा परिणत हुन लागेका डाँडाकाँडामा हिउँले भरिएको ङिस्याङ गाउँपालिका–१ पिसाङका किसान मुखिया गुरुङले सुनाए । ढिला गरी हिउँ पर्दा खुसी लागेको गुरुङले बताए । ‘भारी हिमपात नभए पनि सुरुआत भएको छ, यसले केही आशा जगाएको छ ।’ आफूले गरेको कृषिजन्य उत्पादनले दुई महिना मात्रै खान पुग्ने उल्लेख गर्दै उनले…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २४ वटा आंगिक क्याम्पसमा प्रमुख नियुक्त गरेको छ । कार्यकारी परिषद्ले आइतबार २४ क्याम्पस प्रमुख नियुक्त गरेको त्रिविका प्रवक्ता यमन सिंह बोहराले जानकारी दिए । उनका अनुसार सहप्राध्यापक कपिल खनाल शंकरदेव क्याम्पस प्रमुख हुँदा रत्नराज्य लक्ष्मी क्याम्पसमा सहप्रा पदमकुमार अधिकारी नियुक्त भएका छन् । नेपाल कमर्श क्याम्पसमा सहप्रा जितेन्द्रप्रसाद उपाध्याय, भैरहवा क्याम्पस लक्कीप्रसाद जोशी, ललितकला क्याम्पस उपप्राध्यापक यामप्रसाद शर्मा, सानोठिमी क्याम्पस उपप्रा माधवप्रसाद श्रेष्ठ, महेन्द्र बहुमुखी क्याम्पस सहप्रा लालमणि आचार्य नियुक्त भएका छन् । त्यस्तै सुर्खेत बहुमुखी क्याम्पस सहप्रा माधवप्रसाद खनाल, विश्वभाषा क्याम्पस उपप्रा महेन्द्रकुमार बुढाथोकी, पाटन संयुक्त क्याम्पस सहप्रा रघुवीर विष्ट, बुटबल बहुमुखी क्याम्पस, उपप्रा…

Read More

काठमाडौं । चीनले २०७२ यता नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने घोषणा गरेको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा यस्तो जानकारी दिएकी हुन् । उनले बैठकमा भनिन्, ‘चीन सरकारका तर्फबाट वि.सं. २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब ने. रू. २ अर्ब ७० करोड) का अतिरिक्त राष्ट्रपति सी चिनफिङद्वारा थप अनुदान आरएमबी ५०० मिलियन (करिब ने.रू. ९ अर्ब ३४ करोड) घोषणा भएको छ’ समितिको बैठकमा प्रस्तुत विवरणमा उल्लेख छ । प्रधानमन्त्री ओलीले गत मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमण गरेका थिए । सो…

Read More