Author: सूचनापाना

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उनी जस्तै गाउँका अन्यलाई काउली काट्न त, कोही बजार लैजाने तयारीमा देखिन्छन् । सापकोटाले विगतमा जस्तै यसवर्ष पनि आफ्नो खेतमा रापेको थियो, तर काउलीको मूल्य घटीरहेकामा निकै चिन्तामा परेको बताउँछन् । “मैले बारीभरी काउली रोपेको थिएँ, अहिले मध्य सिजन भएकाले होला काउली १५ मा पनि बिकिरहेको छैन”, लगानीसमेत नउठ्ने भयो”, सापकोटाले दुःखेसो पोखे । करिब महिनाअघिसम्म प्रतिकेजी एक सयसम्ममा बिक्री भएको काउली अहिले एकाएक सस्तिएपछि यहाँका किसान निकै चिन्तामा छन् । उक्त वडाका करिब एक सय ३० किसान परिवारले आफ्नो खेतबारीमा काउली रोपेका थिए । तर…

Read More

रामेछाप । रामेछापमा आइतबारबाट अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सेवा सुरु भएको छ । नेपाली नागरिकता विवरण सम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्यले अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सुरु गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए। अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सेवा मन्थली नगरपालिका–८ चिसापानीबाट सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले भने-‘अब बिस्तारै अरू वडाबाट पनि यो सेवा सुचारु हुन्छ ।’ गृह मन्त्रालयबाट नागरिकता सूचना व्यवस्थापन प्रणालीको एक्सटरनल मोड्युल प्रयोग गरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र जारी गर्न स्थानीय तह अन्तर्गतका वडाहरूबाट अनलाइन सिफारिस गर्ने…

Read More

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा फैसला कार्यान्वयनअन्तर्गत एक हजार दुई सय ९८ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन, मङ्सिरमा दुई सय आठ र यही पुसको ११ गतेसम्म दुई सय ७५ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी पसिरर काठमाडौँले बिहीबार मात्रै ७१ फरार प्रतिवादी पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेकालालाई अदालतसमक्ष पेस गरिएको उनको भनाइ छ । जिल्ला प्रहरी परिसर काठमाडौँले फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान…

Read More

पोखरा । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । दुई दिन लगाएर लिइएको रविको बयान आज (शुक्रबार) सकिएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो । उनका अनुसार अहिलेसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ । अब नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान लिइने छ । कृष्णबहादुर बिरामी परेकाले उनको बयान अदालतमा नहुनसक्ने प्रहरी स्रोत बताउँछ । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश…

Read More

काठमाडौं । सांसदहरुले विद्युत् लाइसेन्स लिएर मात्रै बस्ने प्रवृति अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। आज सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले आज आयोजना गरेको विद्युत् विधेयक २०८० माथि संशोधनकर्तासँगको छलफलका क्रममा उनीहरुले झोलाभित्र खोला ओटगेर राख्न नहुने बताए। संशोधनकर्ता सुमना श्रेष्ठले लाइसेन्स मात्रै ओगटेर काम नगर्ने परिपाटी रहेको भन्दै यसरी झोलोभित्र खोला ओगटेर हिँड्न नहुने बताएकी छिन्। “यहाँ लाइसेन्स लिने थुप्रैले विद्युत् उत्पादनको प्रक्रिया अगाडि बढाउन सकेका छैनन्, लाइसेन्स भने ओगटेर काम नगर्ने परिपाटी बन्द गर्नुपर्छ”, प्रतिप्रश्न गर्दै श्रेष्ठले भनिन्, “कहिले सम्म झोलामा खोला बोकेर हिँड्ने परिपाटी राख्ने त?” नयाँ विधेयकमा लाइसेन्स लिएर काम नगर्नेको लाइसेन्ससमेत जफत हुनुपर्नेगरी विधेयक संशोधन…

Read More

काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमासिंघे काठमाडौं आउने भएका छन् । निजी भ्रमणको सिशशिलामा उनी पुस १३ गतेदेखि काठमाडौं आउन लागेका हुन् । उनी १७ गतेसम्म नेपालमा रहने स्रोतले बतायो । कांग्रेस सांसद तथा उद्योगी विनोद चौधरीको निम्तोमा उनी नेपाल आउन लागेको स्रोतले जानकारी दिएको छ ।सुरक्षा स्रोतका अनुसार उनी श्रीमतीसहित नेपाल आउन लागेका हुन् । विक्रमासिंघे श्रीलंकाका नवौं राष्ट्रपति र दशौं प्रधानमन्त्री हुन् । उनी ६ पटकसम्म श्रीलंकाको प्रधानमन्त्री बनेका थिए । पछिल्लो पटक श्रीलंकामा देखिएको आर्थिक संकटपछि प्रधानमन्त्री महिन्दा राजापक्षले राजीनामा दिएका थिए । त्यसपछि विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री भएको केही महिनामा उनी राष्ट्रपति…

Read More

काठमाडौं । संगीत रोयल्टी संकलन समाजले निर्धारण गरेको रोयल्टी शुल्क खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । रोयल्टी संकलन समाजले २०८० भदौ ३० गते सार्वजनिक गरेको रोयल्टी शुल्क निर्धारणबारेको सूचना संविधानसँग बाझिने खालको भएकाले त्यसलाई खारेज गर्न उत्प्रेषण र परमादेशको माग गर्दै अधिवक्ताद्वय डेबिड चौधरी र सचित रिजालले रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई रिटमा विपक्षी बनाइएको छ । समाजको उक्त सूचना संविधानको धारा १३३ को उपधारा (१)मा प्रदत्त ‘मौलिक हक उपर अनुचित बन्देज लगाइएको वा अन्य कुनै कारण कुनै कानुन…

Read More

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग गर्दै सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गर्दै केही निर्देशनात्मक आदेश दिएको हो । आदेशको विवरण सार्वजनिक भइसकेको छैन । सर्लाही–४ का स्वतन्त्र सांसद अमेरेश कुमार सिंहले रेनोल्ड होल्डिङस्को शेयर खरिदबिक्री रोकिनुपर्ने माग राखेर रिट निवेदन दर्ता गरेका थिए । मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङको सबै सेयर बेलायतमा स्थापना भएको स्पेक्ट्रलाईट यु।के।लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो । शेयर खरिदबिक्रीको निर्णय सर्वाजनिक भएलगत्तै विभिन्न तहबाट प्रश्न उठेको छ । पुँजीगत लाभकर…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ। बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले बाँकेको नेपालगञ्जमा प्रधान कार्यालय रहेको उक्त बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो। राष्ट्र बैंकद्वारा बुधबार जारी प्रेस विज्ञप्ति अनुसार समस्याग्रस्त घोषणापछि उक्त बैंकको व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकले आफै लिएको छ। ‘नेपाल राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो। साथै, अर्को व्यवस्था नभएसम्मका लागि सोही ऐनको दफा ८६ ग बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिइएको छ,’ विज्ञप्तिमा भनिएको…

Read More

इनरुवा (सुनसरी) । जिल्ला सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक रु ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च गरेर विदेशतर्फ जाने युवालाई उहाँले उक्त रकम स्वदेशमा लगानी गरी स्वरोजगार बन्ने सकिने सन्देश दिएका हुन् । मधेस आन्दोलनका बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेका यादवले कुनै ठाउँमा अवसर नपाएपछि ॐ शिवम दुग्ध तथा डेरी उद्योग सञ्चालन गरे । उनले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध सङ्कलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवा बनाएर बिक्री गर्दै आएका हुन् । यादवले अहिले सबै खर्च कटाएर मासिक रु…

Read More