Author: सूचनापाना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबलको टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन्। उनलाई एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ । आइतबार एन्फाका महासचिव किरण राईको उपस्थितिमा रोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । एन्फाका महासचिव किरण राईले सम्झौतामा हस्ताक्षर गरेका थिए। एन्फाले भनेको छ, ‘हामी पुरुष राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा म्याट रोसलाई स्वागत गर्न पाउँदा खुशी छौं । उनको नेतृत्वमा हामी नयाँ यात्राका लागि उत्साहित छौँ ।’ रोसको नेतृत्वमा नेपाली फुटबलले नयाँ उचाइ प्राप्त गर्ने आशा गरिए एन्फाले जनाएको छ।

Read More

काठमाडौं । फिफा विश्वकप विजेता इटालीका गोलरक्षक जियानलुजी बफोन नेपाल आइपुगेका छन् । इटालीका पूर्व कप्तान तथा विश्वकै उत्कृष्ट गोलरक्षकमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर आइतबार नेपाल आएका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा युवासंघ अध्यक्ष क्षितिज थेवे, कान्तिपुर टेलिभिजनका सिइओ सुरजसिंह ठकुरी लगायतले स्वागत गरेका छन् । सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय क्याप जितेका छन् । सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलरक्षक उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका छन् । बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए । ओली कपको फाइनल खेल सोमबार साँझ ६…

Read More

काठमाडौं । नेपाल जाइका अलमनाइ एशोसिएशन (जान)ले मुख्य सचिव तथा जानका आजीवन सदस्य एकनारायण अर्याललाई सम्मान गरेको छ । जानले शनिबार आयोजित ५१ औ बार्षिकोत्सव समारोहको अवसरमा मुख्य सचिव अर्याललाई प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय प्रसाद यादवबाट सम्मान गरेको हो । समारोहको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले नेपाल जापानवीच रहेको परम्परागत सम्बन्धको चर्चा र जापान सरकारले नेपाललाई गरेको योगदानको उच्च मूल्याङ्कन गरे । उनले एसियाको सम्बृद्ध देश जापानले विश्वसामु अनुकरणीय विकासको नमुना प्रस्तुत गरेको स्मरण गर्दै जापान नेपालको हितैषि मित्र भई दिगो विकासको सहयात्री भएको वताए । उपराष्ट्रपति यादवले नेपालमा प्राविधिक जनशक्तिको विकास, शिक्षा, सञ्चार, सडक, कृषिक्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै…

Read More

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आज ग्रिस प्रस्थान गरेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा, र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरेका हुन् । एन्जिला व्यावसायिक फुटबल खेल्न ग्रिस प्रस्थान गरेकी हुन् । त्यहाँ उनले निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलिरहेकी छिन् । यही फागुन १४ गते भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भएको थियो । प्रतियोगितामा यी दुई टोलीसँगै लेबनान र कीर्गिस्तानको सहभागिता थियो।

Read More

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औं उच्चस्तरीय सत्रमा भाग लिई शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसके पनि रिहाइका लागि भने पहल गरिरहेको बताइन् । हमासको कब्जामा नेपाली रहेको भए रिहाइका हुने आश्वासन अन्तर्राष्ट्रिय जगतबाट पाएको उनले बताइन् । विपिन जोशीको रिहाइका लागि अधिकतम् कूटनीतिक पहल गरेको उनको भनाइ छ । उनले उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषदको सदस्यमा मत दिन आग्रह गरिएको बताइन् । मानवअधिकारको रक्षा र प्रवर्द्धनमा…

Read More

काठमाडौँ । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को अध्यक्षमा डा. रामचन्द्र भुसाल निर्वाचित भएका छन् । जानको शनिबार भएको अधिवेशनले लगातार चौथो कार्यकालको लागि डा भुसाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । जापानको एहिमे विश्वविद्यालयबाट विद्यावारिधि गरेका कृषि विज्ञ डा भुसाल सार्क जाइका अलमनाइहरूको छाता संगठन जाइका अलमनाई एसोसियसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) को वर्तमान महासचिव समेत हुन् । यस्तै, अधिवेशनले जानको सम्पूर्ण पदाधिकारी एवं सदस्यहरू समेत निर्विरोध निर्वाचित गरेको छ । जानको उपाध्यक्षमा डा किरण रुपाखेती, महासचिवमा शान्तिलक्ष्मी शाक्य, कोषाध्यक्षमा विभाकालिका मल्ल श्रेष्ठ, सचिवमा यमलाल भुसाल, सह–कोषाध्यक्षमा बावुल खनाल निर्वाचित भएका छन् । यस्तै, सदस्यहरूमा सुशीलकुमार भट्टचन, विनोदकुमार भट्टराई, पारस पौडेल, सूर्यप्रसाद बराल,…

Read More

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार फेरि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ…

Read More

सुर्खेत । जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष किसानले २२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । जाजरकोट कृषि विकास कार्यालयका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले २२ करोड दुई लाख ७१ हजार पाँच सय आठ रुपैयाँ आम्दानी गरेका हुन् ।‍जिल्लाबाट दुई हजार सात सय ५३ मेट्रिक टन सुन्तला अन्य जिल्ला खपत भएको कार्यालयका सूचना अधिकारी नवीनराज आचार्यले जानकारी दिए । जिल्लामा छ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आइएको छ । गत वर्षको तुलनामा किसानले बोटबाट मनग्य मूल्य पाएकाले बजारीकरणमा समस्या नपरेको उनले बताए । ’यस वर्ष बोटबाट ५० देखि रु ८० रुपैयाँ प्रतिकिलो सुन्तला बिक्री भएको छ…

Read More

मनाङ । मनाङको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन। यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तिमाङ जङ्गलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ। उनले भने, ‘डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरिएको छ। स्थानीयवासी पनि सक्रिय भएर जङ्गलमा खटिनुभएको छ, तर हालसम्म नियन्त्रणमा लिन सकिएको छैन ।’ डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक,…

Read More

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद रूक्मिणी कोइरालाले झापा, मोरङ, सुनसरी र उदयपुरमा जङ्गली हात्ती आतङ्कले जनता त्रसित भएको जनाउँदै तत्काल नियन्त्रणका उपाय अपनाउन सरकारसँग माग गरिन् । उनले कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा सीमावर्ती भारतीय क्षेत्रबाट ठूलो सङ्ख्यामा गाई आएर बस्दा चरन अभावमा त्यहाँ रहेका अर्नालगायत वन्यजन्तुले मध्यवर्ती क्षेत्रका स्थानीय जनताका बालीनाली नष्ट गरेकाले सोसम्बन्धी समस्या समाधान गर्न माग गरिन् । सांसद विष्णुदेवी पुडासैनीले बाँदर आतङ्कका कारण देशका अधिकांश क्षेत्रका किसानहरू खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य भएको…

Read More