Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै विचौलिया र दलालहरूको स्वार्थमा गरिएको निर्णय कुशासनको पछिल्लो दृष्टान्त रहेको बताएको छ । ‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ । यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएको माओवादीले जनाएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा…
चितवन । कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रक चालक रौतहट सखुवाका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०३-००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भइ भरतपुर महानगरपालिका-२९ स्थित चौध किलोमा त्रिशूली नदीमा खसेको हो । ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सह चालक दुबै जना घाइते भएका थिए । घाइतेमध्ये चालक यादवको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८:३० बजे मृत्यु भएको उनले बताए । ट्रकका सहचालक रौतहटको गरुडा…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले आफू गतल भए जेल हाल्न चुनौती दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । ‘यति धेरै कानुन मिच्ने, भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने । माथिको कुरा गलत भए मलाई जेल हाल’, मंगलबार (चैत १२) बिहान उनले फेसबुकमा लेखेका छन् । अवैधानिक रूपमा काठमाडौं टावरको नक्सापास गरेको भन्दै गुरागाईंलाई मेयर बालेनले निलम्बन गरेका थिए । गुरागाईंमाथि छानबिन गर्न ०८१ पुस १४ गते महानगर प्रमुखस्तरीय निर्णय गरिएको थियो । सोहीअनुसार पुस १६ गते कानुनी सल्लाहकार…
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले बताए । आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
रामेछाप । जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं.६ र गोकुलगंगा गाउँपालिका वडा नं. ६ को सिमाना हुदै बग्ने छतिउन खोलाको माथिल्लो छाँगो स्थितमा पानीको सतहमा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार गत शुक्रवार वतन नखुलेको रातो चोलो, निलोमा सेतो धर्का भएको गन्जी लगाएको मङ्गोलियन मूलको जस्तो देखिने वर्ष अं. ४५/५० कि महिलाको शव सडिगली घोप्टो अवस्थामा फेला परेको हो । फेला परेको शव जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी मन्थली अस्पतालको शव गृहमा राखी आफन्तको खोजतलास भई रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए । शवको हुलिया परिपत्र…
काठमाडौँ । सिरहाको औरही गाउँपालिका–५ मा दीपक मरिक डोमको घर भत्काएको अभियोगमा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको छ ।मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी लालमणि आचार्यले अध्यक्ष यादव र पूर्व वडाध्यक्ष यादवलाई शुक्रबार साँझ पक्राउ गरिएको बताए ।अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको छ । पीडितबाट जाहेरी आए उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने डीआइजी आचार्यले जानकारी दिएका छन् । उनीहरूसँग सोधपुछ गर्ने काम भइरहेको र शनिबार पीडित परिवारसँग जाहेरी लिने उनले बताए ।महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दलित दीपक मलिक डोमको घर भत्काइएको थियो । आयोजक बजरंगी बाबाले…
रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले एकताले मात्र पार्टी र सङ्गठन जोगाउने बताए ।मानव अधिकार एलायन्स नेपाल रामेछापले शुक्रवार साँझ एलायन्सका केन्द्र र प्रदेश, गैरसरकारी संस्था महासङ्घ केन्द्रमा जिल्लाबाट निर्वाचित सदस्यहरू, स्ववियु निर्वाचनमा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसबाट निर्वाचित पदाधिकारी तथा सदस्य, जिल्लाका विभिन्न सरकारी निकायमा मनोनीत भएकाको सम्मानमा मन्थलीमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टी र सङ्गठन सङ्कटमा परेको बेला सतिसाल जस्तै उभिने नेता, कार्यकर्ता मात्र पार्टीको सिपाही हुने बताए ।व्यक्तिगत स्वार्थ बोकेर पार्टी र सङ्गठनका निश्चित पद र प्रतिष्ठालाई टार्गेट बनाएर पार्टीमा…
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत वर्तमान सरकार परिवर्तन गर्ने आशयमा नरहेको आफूले पाएको बताएकी छिन् । छिमेकी राष्ट्र भारतको भ्रमण सकेर आज (शुक्रबार) स्वदेश फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएकी हुन् । नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा नभएको भए पनि भारतीय पक्षको समर्थन भने लोकतान्त्रिक गतिविधिलाई नै रहने पाएको उनले सुनाइन् । ‘यहाँको राजनीतिक गतिविधिको बारेमा धेरै कुरा त गरेनौं । तर उहाँहरूको सपोर्ट चाहिँ डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने कुरा उहाँहरूको हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ,’ राणाले भनिन्, ‘अहिलेको सरकारसँग एकदमै इन्गेज्ड हुनुहुन्छ । सरकारको सिस्टमनै परिवर्तन…
काठमाडौं । आगामी तीन दिन मौसममा बद्ली भइ पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा बदली हुने जनाएको हो । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसममा आएको बदलीका कारण अहिले पनि बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । आज राति कोशी, मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही…