Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आएका बेला विरोध प्रदर्शन गर्ने एक जना रास्वपा कार्यकर्ता पक्राउ परेका छन्। आइतबार झापाको मेचीनगर ७ इँटाभट्टामा रास्वपाका ३० जना जति कार्यकर्ताले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नाराबाजी गरेका हुन्। बिरोध प्रदर्शन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको बताइएको छ। ‘केपी ओली मुर्दावाद, राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद जस्ता नाराहरु लगाएर उनीहरूले बिरोध प्रदर्शन गरेका थिए ।
बागलुङ । धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइरहेका छन् । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् । सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ । उनले सुन्तला खरिदबापत एकमुष्ट १२ लाख रुपैयाँ किसानलाई बुझाएको बताए । तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको बताए । ‘सिगानाको सुन्तला नारयणगढमा अत्यधिक माग छ, यस याममा सुन्तलाको कारोबार गरेर दुई–चार लाख कमाइन्छ’, तामाङले भने, ‘किसानले रकममात्र बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने काम हामी आफैँ…
रामेछाप । गोकुलगंगा गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि प्रारम्भिक बालविकास सिकाई मेला– २०८१ को आयोजना गरेको छ । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सहयोगमा गोकुलगंगा गाउँपालिकाले पालिकामा भएका ३३ वटा विद्यालयहरूलाई सहभागी गराएर प्रारम्भिक बालविकास सिकाई मेला–२०८१ को आयोजना गरेको हो । मेलामा बालबालिकाहरू द्वारा निर्माण गरिएका शिक्षण सिकाई क्रियाकलाप अन्तर्गतका सामाग्रीहरू र परम्परागत समाग्रीहरु (ढिकी, जाँतो, ओखल, मुसल,) लगायतका सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए । कार्यक्रमका अवसरमा जंक फुड (पत्रु खाना) खान नहुने, आफ्नो नियमित स्वास्थ्यको ख्याल राख्नु पर्ने आफ्ना बालबालिकाहरूले गृहकार्य गरेनगरेको अभिभावकहरूले नियमित अनुगमन गर्नु पर्ने लगायतका सन्देश दिने खालका दोहोरी…
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाको पहाडी गाउँका कृषकले अम्रिसो खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । गैँडाकोट–३ र १८ का किसानले लगाएको अम्रिसोले भू–क्षय तथा पहिरो रोकथाम हुनुका साथै वैकल्पिक आम्दानीको स्रोत बन्दै गएको हो । गैँडाकोट–१८ का वडाध्यक्ष तिलबहादुर चितौरीमगरले भिरालो जमिनमा अम्रिसोखेती गर्ने किसानहरू बढ्दै गएका भन्दै यसले पहिरो रोकथाममा सहयोग गर्ने विश्वास व्यक्त गरे ।वडाका दमार, बसेनीलगायत स्थानका किसानले सिँचाइ अभाव भएका क्षेत्रमा वैकल्पिक रूपमा अम्रिसोखेती गरिरहेका छन् । ‘सिँचाइ अभाव भएका ठाउँमा अन्य खेती हुँदैन’, उनले भने, ‘अम्रिसो लगाएपछि खेती पनि हुने बर्खामा परेको पानीले जमिन कटान हुनबाट रोक्ने भएकाले यसतर्फ आकर्षण बढ्दै गएको हो ।’ अम्रिसोखेती…
धुलिखेल । दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उनले वर्षौँपछि आँखा देख्न पाएको बताए । नजिकको मात्रै अलिअलि देख्ने उनको नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए । यसरी नै ११ वर्ष बिताएका उनी गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात छ्याङ्गै आँखा देखेपछि खुसीले दङ्ग भएका छन् । ‘जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेपछि घिसङगाउँमा नै सञ्चालन भएको आँखा शिविरबाट नयाँ जीवन पाएकामा धेरै खुसी छु’, उनले भने, ‘आँखा देख्ने भएपछि अहिले गाउँघर, छरछिमेक, साथीभाइ र डाँडापाखा सबै देख्न र…
त्रिशूली(नुवाकोट) । सडक निर्माणको जिम्मेवारी लिएर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि पूर्वाधार विकास कार्यालय नुवाकोटले खोजी थालेको छ । जिल्लाको शिवपुरी गाउँपालिका-४ स्थित आइतरामपाटी-पुणीभञ्याङ हुँदै सिक्रे मैदान, तलाखु, छाप सडक स्तरोन्नतिको जिम्मा लिएको केबिएनएस-केबिके जेभीलाई कार्यक्षेत्रमा फर्किएर काम सुरु गर्न कार्यालयले खोजी थालेको हो । निर्माणको सम्झौता र सडक शिलान्यास गरेर अहिलेको काम गर्नुपर्ने मुख्य समयमा निर्माण व्यवसायी सम्पर्कमा नआएपछि कार्यतालिकाअनुसार काम अघि बढाउन पत्राचारमार्फत खोजी थालिएको कार्यालय प्रमुख सुजन थापाले जानकारी दिए । उनका अनुसार गत जेठ १७ मा भएको सम्झौता र कात्तिक ६ मा भएको सडक शिलान्यासपश्चात् पनि काम नभएपछि निर्माण व्यवसायीलाई कार्यक्षेत्रमा फर्केर कामलाई शीघ्र अघि बढाउन पत्राचार…
बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज आयोजित स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए। प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरूलाई परिचय गराएका थिए। चिनिया प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए । अहिले दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । त्यसपछि हस्ताक्षर समारोह हुनेछ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी…
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । झापाको तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी नगरपालिका–३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङ्गवा, कन्काई नगरपालिकाका–९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बङ्गाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी…
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका क्षेत्र भएर बग्ने सुनकोशी र इन्द्रावतीमा मोटरबोट सञ्चालननार्थ गाउँपालिकाले एक वर्षअघि महाँकाल वाटर सर्भिसबीच सम्झौतासमेत गरेको थियो । मोटरबोट सञ्चालनका लागि हाल परीक्षण भइरहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए । उनका अनुसार हाल एक मोटरबोटले नदीमा पानीको बहावअनुसारको रुट तथा बाधाअड्चन आउनसक्ने स्थान र सम्भावित जोखिमको पहिचान भइरहेको छ । परीक्षणका क्रममा दोलालघाटस्थित दुई नदीको सङ्गमस्थलबाट उत्तरतर्फ इन्द्रावती तथा पूर्वी क्षेत्रमा सुनकोशीमा मोटरबोटले सफल रूपमा सञ्चालन भएको जनाइएको हो…