Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा संबैधानिक परिषदको बैठक बसेको हो । तत्कालिन प्रधानन्यायधिस चोलेन्द्र शर्मा माथी महाअभियोग लागे पछि लामो समयसम्म कायम मुकायम प्रधानन्यायधिसवाट सर्वोच्च अदालत चल्दै आएकोमा संबैधानिक परिषदको बैठकसँगै नियुक्ति प्रक्रिया अघि बढनेछ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दल नेता केपी शर्मा ओलीलगायतको उपस्थिति रहेको छ ।
काठमाडौं । बेइजिङको एक अस्पतालमा भएको भिषण आगलागीमा परेर २१ जनाको मृत्यु भएको छ । चांगफेंग अस्पतालमा भएको सो भिषण आगलागीको घेराबन्दीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ । प्रहरीले आगलागी कसरी भयो ? सो बारेमा अहिलेसम्म विस्तृत जानकारी बाहिर दिएको छैन । यद्धपी, सो घटनाका बारेमा गम्भिर रुपमा अनुसन्धान भने गरिरहेको प्रहरीले जनाएको छ । न्युयोर्क टाइम्सका अनुसार अस्पतालमा आगलागी सुरु भए पछि कोही झ्यालमा त कोही एअर कन्डिसन माथी बसेर उद्धारका आशा गरिरहेका दृश्यले अवस्था निकै भावुक बनाएको थियो । उनीहरु उद्धारका प्रतिक्षामा रोइकराई गरिरहेका थिए भने कोही माथिल्लो तल्लावाट हाम फालिरहेका थिए । जीवितै उद्धार…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि बुधबार भारत लगिँदैछ। छातीमा संक्रमणका हिजो साँझ शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजान लागिएको हो । राष्ट्रपति पौडेलका निजी सचिव चिरञ्जिवी अधिकारीका अनुसार नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स)मा उनको थप स्वास्थ्य परिक्षण तथा उपचार हुनेछ । श्री एअरलाइन्सको एअर एम्बुलेन्समार्फत भारतमा उपचार गराउन जान लागेका राष्ट्रपति पौडेलका साथमा साथमा उनका नीजि चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली जानेछन । राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिए पछि मंगलवार साँझ उनी शिक्षण अस्पताल भर्ना भएका हुन । शिक्षण अस्पतालका चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छातीमा जमेको पानी…
मन्थली । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले आफ्नो पालिकाका मसिरकेका ज्येष्ठ नागकिलाई पनि सामाजिक सुरक्षा भत्ता दिएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले भर्खरै सार्वजनिक गरेको लेखा परीक्षणको प्रतवेदनमा उक्त गाउँपालिकाका कतिपय वडाले मरेका ज्येष्ठ नागरिकलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको कुराको तथ्य खुलेको हो । कानूनतः सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा वा त्यस्तो व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउन योग्य नभएमा निजको नाम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको अभिलेखबाट हटाउनुपर्ने उल्लेख गरिएको छ । महालेखा परीक्षकले लेखापरीक्षणका क्रममा वडा नम्बर ३ र वडा नम्बर ७ को मृत्यु दर्ताको अभिलेख र वडा नम्बर २ को लगत कट्टाको अभिलेख परीक्षण गर्दा…
काठमाडौँ । दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ जनाविरुद्ध उजुरी परेको छ । उदयपुरबाट प्रतिनिधि सभामा निर्वाचित डा. नारायण खड्काले दोहोरो नागरिकता लिएको भन्दै छानबिन गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको हो। पूर्वमन्त्रीसमेत रहेका काँग्रेस नेता खड्काको नागरिकता छानबिन गर्न माग राख्दै युवराज पौडेल (सफल)ले उजुरी दिएका हुन्। उजुरीमा खड्कासहित उच्च पदस्थ १२ जनाको नेपाली नागरिकता र पिआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरिएको छ। राजेन्द्र महतो, सरिता गिरी, सुजता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गङ्गा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा. स्वर्णिम वाग्ले, डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुको दोहोरो नागरिकता रहेको उजुरीमा दाबी गरिएको…
काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदका लागि गरिएको बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ। नेपाल प्रहरीमा रिक्त १३ डिआइजीको बढुवा सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेको हो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) द्वय चक्रबहादुर सिंह र अनुराग द्विवेदीले बढुवा सिफारिसविरुद्ध उजुरी दिएका हुन्। आफूभन्दा पछिल्लो ब्याचका एसएसपी डिआइजी बढुवा सिफारिसमा परे पनि आफूहरू भने नपरेको भन्दै एसएसपीद्वय सिंह र द्विवेदीले उजुरी गरेका हुन्। गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले गत २९ चैतमा १३ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको थियो।
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरूलाई खर्च विवरण सार्वजनिक गरी जानकारी गराउन निर्देशन दिएको छ । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको खर्च विवरण सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको हो । निर्वाचनको भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्ने प्रतिनिधि सभाका दुई हजार ३७३ र प्रदेशसभाका तीन हजार १८८ गरी ५ हजार ५६१ जनालाई त्यस्तो निर्देशन दिएको आयोगले जनाएको छ । हितको स्पष्टीकरण ७ (सात) दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा पेस गर्न आदेश दिएको छ ।”
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। छातीमा समस्या आएपछि राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो। राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखेर उपचार गरिने अस्पतालका प्रशासन प्रमुख बैकुण्ठ थपलियाले जानकारी दिए। राष्ट्रपति पौडेल केही दिन अस्पतालमै रहनेछन्। छातीको तल्लो भागमा पानी जमी समस्या आएकाले आज बिहान अस्पताल गएका थिए।
काठमाडौं । द्वन्द्वपीडित र प्रहरीबीच धकलाधकेल भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकले पिडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्द्व पीडित संघर्ष समिति ब्यानरमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । सो क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समितिले जनाएको छ ।
काठमाडौं । १०६ मेगावाट क्षमताका जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सञ्जय सापकोटा नियुक्त भएका छ्न्। आइतबार बसेको सञ्चालक समितिले आगामी ४ बर्षका लागि चौतारा साँगाचोकगढी वडा न १०, सुकुटेका सापकोटालाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको हो। कम्पनीले फागुन १४ गते निकालेको विज्ञापनमा ५ जनाले आवेदन दिएका थिए, जसमध्ये चार जना सर्टलिष्टमा परेका थिए । सापकोटा जगदुल्लामा नै कार्यरत छन्। उनी जगदुल्ला जलविद्युत आयोजना प्रमुख समेत हुन्। उनले यस अघि निमित्त सीइओको रुपमा काम गरिसकेका छन्।