Author: सूचनापाना

सिन्धुपाल्चोक । तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा बैठक सम्पन्न भएको जानकारी दिए । सो बैठकमा यही १८ वैशाखबाट तातोपानी नाका नियमित सञ्चालन गर्ने सीमा सुरक्षा तथा कोरोना सङ्क्रमण एवं सुरक्षाको विषयलाई प्राथमिकता दिएको उनले बताए । दुवै देशबीच कोभिड सङ्क्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा…

Read More

फुङ्लिङ – ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व सङ्कलनमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकिनुका साथै जग्गासम्बन्धी कारोबार न्यून हुँदा मालपोत कार्यालयमार्फत सङ्कलन हुने राजस्वमा कमी आएको हो । कार्यालयका अनुसार जग्गाको कित्ताकाट रोकिँदा सङ्कलन हुँदै आएको राजस्वमा कमी आएको हो । गत आर्थिक वर्ष २०७/७९ को फागुन मसान्तसम्ममा मालपोत कार्यालयले रु ९७ लाख ९२ हजार चार सय ९३ राजस्व सङ्कलन गरेको थियो । चालु आवको सोही अवधि अर्थात् फागुन मसान्तसम्ममा रु ८६ लाख ४७ हजार सात सय ११ मात्रै राजस्व सङ्कलन गरेको छ । गत वर्षका तुलनामा चालु आवको फागुन मसान्तसम्ममा राजस्व…

Read More

काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याउने तयारी गरेको छ । लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आगामी आगामी आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि समयमा बजेट विनियोजन गर्न सम्बन्धित निकायबीच निर्णय भएको जानकारी दिए । “अघिल्ला वर्षमा बजेटको सही समयमा विनियोजन नहुँदा मलको कमी देखा परेको थियो तर आगामी आर्थिक वर्षका लागि चाहिने बजेट समयमा विनियोजन गर्न सरोकारवाला निकायसँग निर्णय भएकोले मलको कमी हुँदैन । लिमिटेडलाई पनि योजना तयार पार्न अनुकूल भएको छ” उनले भने । उनका अनुसार बजारमा मलको कमी हुनुको मुख्य कारण…

Read More

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको उत्तर पश्चिमी भेगमा सञ्चालित सिन्धु हेलम्बु यातायातले भाडादर असुलीमा अनियमिता गरेको जनगुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चासो व्यक्त गरेको छ । यातयात भाडादर असुलीमा अनियमिता गरेको जनगुनासो बढ्दै गएछि सोमबार जिल्ला प्रशासनले यातायात प्रालिका पदाधिकारी, उपभोक्ता, स्थानीय सरकारको प्रतिनिधि, सञ्चारकर्मी र सरोकारवालाहरुको संयुक्त भेला गराई मापदण्ड विपरित भाडा अशुली गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको संयोजकत्वमा बसेको सर्वपक्षिय भेलाले हेलम्बु यातायात प्रालिले समस्याको समाधान गर्ने र त्यसको नियमन तथा कारबाहीका लागि सम्बन्धित ट्राफिक प्रहरीले गर्ने निर्णय समेत गरेको छ । उक्त छललफल कार्यक्रममा यात्रुबाहक गाडीले सामान ढुवानी…

Read More

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने आदर्श वाक्यसहित शैक्षिकसत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्राचार गरेको हो । केन्द्रले यसका लागि गत चैत २६ गते सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई पत्राचार गरिसकेको छ । अभियानका सन्दर्भमा गत चैत ३० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा मन्त्रालयमा जिल्ला समन्वय समिति…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनीहरू ओली निवास बालकोट पुगेका हुन् । ओली भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका छन । यो भेटमा संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा समेत छलफल हुने जनाइएको छ ।

Read More

सुर्खेत ।  खर्च धान्न नसकिने भन्दै आठबीसकोट नगरपालिका रुकुम पश्चिमले एकैपटक दुई सय बढी करार शिक्षकलाई जागिर बाट हटाउने निर्णय गरेको छ । पालिकाको विभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत २ सय ४६ जना करार सेवामा रहेका शिक्षकहरु हटने भएका हुन् । आन्तरिक स्रोतबाट शिक्षकलाई तलब सुविधा दिन नसकिने भन्दै करार शिक्षक हटाउन थालिएको हो । नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षकहरूको करार सम्झौता नविकरण नहुने भएको छ । नगरपालिका ले करारमा नियुक्तगरेका शिक्षकको सम्झौता अब नविकरण नगर्ने बताएको छ । नगरप्रमुख रवि केसीका अनुसार नगरपालिकाले आन्तरिक स्रोतबाट तलब दिंदै आएको र पालिकामा विद्यालय को संख्या धेरै भएकोले विद्यालय समायोजनमा सहज होस…

Read More

दाङ । तुल्सीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । आइतबार बेलुकी करिब ८:३० बजे डयुटीमा खटिएकै अवस्थामा एसएलआरले चिउँडोमा गोली हानी आत्महत्या गरेको इप्रका तुल्सीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए । पारिवारिक विवादका कारण केसीले आफैलाई गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मल्लले बताए ।

Read More

काठमाडौँ । पर्यटकले नै गाइड (पथप्रदर्शक)देखि पोटर (कामदार)सम्मलाई बिमा गरिदिनुपर्ने भएको छ । पदयात्राका लागि जाने पर्यटकले नै १० लाख रुपैयाँ बराबरको बीमा गरीदिनुपर्ने भएको हो । गण्डकी प्रदेश पर्यटन ऐन, २०७९ लाई टेकेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश पर्यटन नियमावली जारी गरेको छ । गएको चैत ३० गते राजपत्रमा प्रकाशित नियमावली अनुसार गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रमा ट्राभल वा ट्रेकिङका लागि जाँदा पर्यटकले व्यक्तिगत दुर्घटना बिमा बापतको शुल्क बेहोर्नुपर्ने व्यवस्था थपिएको हो । जसअनुसार पदयात्रा सुरु भएर समाप्त नहुँदासम्म पर्यटकले आफ्नो साथमा जाने पथप्रदर्शकदेखि साथमा जाने अन्य सहयोगीहरूको बिमा गरिदिनुपर्ने हुन्छ । नियम १३ को उपनियम १ अनुसार,…

Read More

काठमाण्डौँ । भूमि व्यवस्था, सहकारि तथा गरिबि निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिएकी छिन् । आईतबार मन्त्रि श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् । केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो । सोही घटनाको बिषयमा थप सत्यतथ्य छानविन गरि विभागिय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी हुन् । ‘मैले नेतृत्व गरेको मन्त्रालय अन्तरगत हुने कुनै पनि अनियमितता, भ्रष्ट्रचार र गलत कामलाई म नजरअन्दाज…

Read More