Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
रामेछाप । गिरिजा प्रसाद कोइराला फाउण्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेस रामेछापका सचिब दिपक खड्काले पार्टिको आन्तरिक गुट उपगुट अधिबेशनका लागी मात्र सिमित हुन पर्ने बताएका छन् । नेपाली कांग्रेस रामेछापमा अधिबेशनमा बनेका गुट उपगुट संघिय निर्वाचन देखी स्थानिय निर्वाचन सम्म निर्वाचन जिताउन र हराउन लागी पर्ने गरेको भन्दै दुखः ब्यक्त गरेका छन् । गुट भनेको अधिबेशनका लागी मात्र भएको भन्दै पार्टीलाई सक्ने गरि नलाग्न पार्टिका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।कार्यक्रममा स्वागत गर्दै अध्यक्ष खड्काले पार्टिका नेताको बारेमा अधिबेशनको विषयलाई लिएर नकरात्मक प्रचार गर्ने पार्टिको नेता तथा कार्यकर्ताको प्रचलनले पार्टिलाई ठुलो घाटा भएको भन्दै पार्टिको आन्तरिक बिबाद बाहिर ल्याउन…
सिन्धुपाल्चोक । संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल अन्तर्गतका आठ हिमालको आधार शिविर नजिक ने(पेमाछाल उपत्यकामा पर्यटन प्रवर्धनका विविध कार्यक्रम गरिएको छ । जिल्लाको ऐतिहासिक, धार्मिक एवं पर्यटन प्रवर्धनका जुगल गाउँपालिकाको आयोजनामा शनिबार ने-पेमाछालमा प्रवर्धनात्मक कार्यक्रम गरिएको पालिका अध्यक्ष रेशम स्याङ्वोले बताए । ने-पेमाछालमा आयोजित पर्यटन प्रवर्धन कार्यक्रममा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमाल कुमार श्रेष्ठलगायत पर्यटन प्रबर्द्धनमा एकजुट हुन हौसला प्रदान गरे । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वको ने-पेमाछालमा लामा गुरुहरुले पूजा, जिन्लब, डुप्सी ,छेवाङ तथा धार्मिक पर्यटन…
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । आज मेलम्चीमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका सदस्य सागर श्रेष्ठले जानकारी दिए । मेलम्ची पुनः निर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत लगानीमा सर्वाधिक धनराशिको पुरस्कारसहित खेलाडीलाई खाना र बासको समेत व्यवस्थासहित हुन लागेको यो प्रतियोगिता जिल्लाकै पहिलो भएको आयोजक श्रेष्ठले दाबी गरे । सिन्धुपाल्चोकको मेलम्चीमा…
काठमाडौँ । शनिवार बागमती नदीमा पेस्तोल भेटिएको छ । बागमती सफाइका क्रममा नदीमा अमेरिकी कम्पनीको पेस्तोल फेला परेको हो । बागमती सभ्यता एकीकृत विकास समितिले शनिवार गौशालादेखि सुरु गरेको बागमती सफाइको क्रममा तिलगंगाको शारदा स्कुल नजिक सो पेस्तोल फेला परेको सफाइमा संलग्न चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउन्डेसन मधेस प्रदेशका अध्यक्ष विष्णु साहले बताए । पेस्तोल एउटा झोलामा पोको पारेर नदी फ्यालिएको थियो । सफाइ गर्ने क्रममा झोलासहितको सो पेस्तोल फेला परेको उनले बताए । पेस्तोल फेला परेपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो । गौशाला प्रहरीले मुचुल्का तयार पारी भेटिएको पेस्तोल लगेको छ । त्यसबारेमा थप छानबिन हुने बताइएको छ…
नयाँ बर्षको आगमनसंगै बिद्यालयहरु नयाँ शैक्षिक सत्रको लागि विद्यार्थी भर्ना अभियानमा व्यस्त छन्। सामुदायिक र संस्थागत विद्यालयहरुको एक किसिमको प्रतिस्पर्धा पनि देखिन्छ यो बेला। सकेसम्म निजि विद्यालयनै धेरै विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेका छन्। तर केही निजि विद्यालयले भने लुटको खेति चलाइरहेको जनगुनासो पनि सुनिदै आएको छ। यिनै समसामयिक बिषयबस्तुमा संवार्ताकार उद्धव अविचलले सनफ्लावर सेकेण्डरी बोर्डिङ स्कुलका संस्थापक/प्रिन्सिपल नारायण बास्तोलासंग गरेको कुराकानीको संपादित अंश। प्रश्न – १) नारायण सर स्वागत छ यो शृङखलामा।– धन्यवाद सर अनि यो असीको दशकमा तपाईको मिडिया मार्फत म सबै शुभेच्छुकमा शुभकामना व्यक्त गर्न चाहान्छु। प्रश्न -२) विद्यार्थी भर्ना अभियानको समय छ अहिले मुटुको धड्कन…
कुरिनटार । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदनमा चितवनको इच्छाकामना गाउँपालिकाको बेरुजु १ करोड ३५ लाख ५ हजार देखिएको छ । महालेखाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८।०७९ मा उक्त रकम गाउँपालिकाको बेरुजु देखिएको हो । महालेखाले आव २०७८/०७९ गाउँपालिकामा १ अर्ब ३३ करोड ७३ लाख १४ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १.०१ प्रतिशत अर्थात १ करोड ३५ लाख ५ हजार बेरुजु देखाएको हो । यो रकम अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ४१ लाख १८ हजार रुपैयाँ देखिएको थियो । जसअनुसार अघिल्लो आवमा भन्दा पछिल्लो आवमा करिब ६ लाख कम बेरुजु देखिएको हो। जिल्लाको ७ पालिका मध्य कम…
काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमालाई गोली प्रहार गर्ने प्रहरीका सहायक हवल्दारलाई प्रहरी प्रधान कार्यालयमा लगिएको छ । गए राति बालुवाटारमा ७४ वर्षीय तिर्थमाली पुन मगरलाई सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेका थिए । उनको खुट्टामा गोली लागेको छ । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाशले गए राति १० बजेतिर निवासमा गएर गोली प्रहार गरेका हुन् । घाइते तिर्थमालीको ट्रमा सेन्टरमा उपचार हुँदैछ । आरोपीलाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । नातामा तिर्थमाली उनको हजुरआमा हुन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा सय वर्षको उमेरमा निधन भएको हो । श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो।
काठमाडौँ । भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ । मानव तस्करी तथा नक्कली श्रम स्वीकृतिका सन्दर्भमा शंकाको घेरामा परेकालाई दैनिकजसो फर्काउने गरिएको छ । विमानस्थलमा खटिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले चैत २७ सम्म २ हजार ४ सय २९ वटा राहदानी नियन्त्रणमा लिएर फर्काएको छ । चैत २७ गते मात्र विभिन्न मुलुकमा भिजिट भिसामा जान लागेका ८३ महिला र चार पुरुषलाई ब्युरोले परामर्श दिएर फर्काएको छ । माघमा महिला र पुरुष गरी २ सय ५०, फागुनमा महिला ५ सय ५७ र चैत २७ सम्म महिला पुरुष गरी ६ सय १२ जनालाई भिजिट भिसामा विदेश…
काठमाडौँ । हिमालका आधार शिविर आसपासका क्षेत्रमा केही समययता पोखरी देखिन थालेका छन्। ती क्षेत्रमा पहिलेजस्तो बाक्लो हिउँ जम्न छाडेको छ । हिउँले सेताम्य हुने पहाड काला देखिने गरेका छन् । सगरमाथा आरोहणमा सघाउँदै गर्दा अविरल राईले सन् २०१७ देखि २०२२ सम्म खिचेका सगरमाथा आधार शिविरका तस्बिरको तुलनात्मक अध्ययन गर्दा पनि ती क्षेत्रमा अब पहिलेजस्तो बाक्लो हिउँ देख्न पाइँदैन । हिमाल र हिउँबारे अध्ययन गर्नुभएका प्राध्यापक डा। सुदीप ठकुरीले बढ्दो तापक्रमसँगै जलवायु परिवर्तनको असरले सगरमाथालगायतका हिमालबाट हिउँ रित्तिन थालेकाले पनि आधार शिविरमा पोखरी देखिन थालेको तर्क गरे । उनले भने, ‘कतिपय खाँचमा पहिले ठूला हिउँका ढिक्का जमेर ढुङ्गा जस्तै भेटिन्थे…