Author: सूचनापाना

काठमाडौँ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अहिले राजनीतिलाई सफा गरेर देश बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भइरहेको प्रदूषित राजनीति सफा गर्न आवश्यक भएको बताएका हुन् । उनले आफ्नो नाममा घर जग्गा केही नभएकाले आफूलाई राजनीतिक सन्यासीको रूपमा तुलना गरेका छन् । उनले भने, ‘सन्यासीहरु पनि राजनीतिमा आउनुपर्‍यो । राजनीतिक गर्नेहरू सन्यासी हुनुपर्‍यो । राजनीति चाहिँ फोहोरिहरुलाई छाड्दिने अनि देश चाहिँ सफा होस् भन्ने छाड्दिनु हुँदैन । मेरो विचार म पनि सन्यासी हुँ । मैले आफूलाई राजनीतिक सन्यासी नै भन्छु। मेरो कुनै आफ्नो जमिन भन्ने छैन । आफ्नो घर र व्यक्तिगत सम्पत्ति छैन…

Read More

दमौली । नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक पाहुनाको भीड लागेको हो । नयाँ वर्षलाई स्वागत गर्दै रमाउन बिहीबारदेखि नै बन्दीपुरमा पर्यटकको भीड बढेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए । नयाँ वर्षका अवसरमा बन्दीपुरमा सडक खाना महोत्सव आयोजना गरिएकाले पनि यहाँ पर्यटक तानिएका हुन् । ‘हिजो राति सबैले हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरेका छन्, पाहुना भरिभराउ छन्’, पौडेलले भने, ‘दिउँसैदेखि पर्यटकको चहलपहल बढेको थियो । त्यसमध्ये बास बस्ने पर्यटकको सङ्ख्या अधिक थियो ।’ हेरिटेज होटलका…

Read More

सिरहा । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिनमात्र फूल्ने फूलको दर्शन गर्न शुक्रबार बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको छ । लहान नगरपालीकाकाको १२ र २२ नम्वर वडाको पूर्व–पश्चिम राजमार्गसँगै रहेको सलहेश फूलवारीमा एक दिन मात्र फूल्ने फूल दर्शन गर्न हजारौंको संख्यामा भक्तजनहरु जम्मा भएका हुन् । राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारी मन्दिरमा नेपाल तथा भारतबाट हजारौं दर्शनार्थीहरु बिहानैदेखि आउने गरेका छन् । राजा सलहेश र उनकी पे्रमिका मालिनीको पे्रम प्रतिकका रुपमा लहानदेखि चार किलोमिटर पश्चिममा रहेको करिब ५ हेक्टर जमिनमा फैलिएको फुलबारीको मध्यभागमा हारमको एउटै रुखमा दुईवटा हाङ्गामा पुस्तौ पुस्तादेखि…

Read More

धनगढी । दार्चुलामा भिरमा अड्किएको अवस्थामा किशोर र किशोरीको शव भेटिएको छ । जिल्लाको नौगाड गाउँपालिका–५ बासिडाँडाको भिरमा बिहीबार दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) तर्कराज पाण्डेले नौगाड गाउँपालिका–४ बस्ने अन्दाजी १७ वर्षीया सञ्जिला धामी र लोकेन्द्र ठगुन्ना भिरमा मृत अवस्थामा भेटिएको बताए । ‘उहाँहरु दुई जनाको शव भिरमा अड्किएको अवस्थामा भेटिएको छ । हामीले बिहीबारदेखि नै निकाल्ने प्रयास गरिरहेका छौँ,’ डीएसपी पाण्डेले भने । डीएसपी पाण्डेकाअनुसार उनीहरु नौगाड गाउँपालिका–५मा बिसु पर्वको अवसरमा लाग्ने मेला हेर्न घरबाट २९ चैतमा निस्किएको बुझिएको छ । उनीहरुले प्रयोग गर्ने मोबाइल घटनास्थल नजिकै भेटिएका छन्…

Read More

काठमाडौं । यस आर्थिक वर्षमा अर्थ मन्त्रालयको बेरुजु अत्यधिक देखिएको छ । महालेखा परीक्षकको ६०औं प्रतिवेदनअनुसार कुल बेरुजुको ५७ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो । यस्तै भौतिक पूर्वाधारमा १५.६२, सञ्चारमा ४.८१, कृषिमा ४.८१ प्रतिशत बेरुजु रहेको छ । यसैगरी गृहमा २.७९, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा २.३८, ऊर्जा, जलस्रोत तथा सिँचाइमा २.३०, सहरी विकासमा १.९५ प्रतिशत बेरुजु रहेको प्रतिवेदनले देखाएको छ । खानेपानीमा १.५६, स्वास्थ्य तथा जनसंख्यामा ४.८८ र अन्यमा ४.८८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, अन्य समिति र संस्थागततर्फ लेखापरीक्षणबाट एक वर्षमा औँल्याइएको बेरुजु रु १ खर्ब…

Read More

काठमाडौँ । नेपालमा सङ्घ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको बेरुजु देखिएको हो । बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की गरी तीन वर्गमा वर्गीकरण गरिएको छ । असुल गर्नुपर्ने बेरुजुमा हिनामिना र मस्यौट, हानी नोक्सानी र अन्य असुल गर्नुपर्ने बेरुजु उल्लेख गरिएको छ । नियमित गर्नुपर्ने बेरुजुमा अनियमित भएको, प्रमाण कागजात नपुगेको, जिम्मेवारी नसारेको र शोधभर्ना नलिएको छ । पेस्कीमा कर्मचारी, मोबिलाइजेसन र अन्य पेस्कीमा वर्गीकरण गरिएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार…

Read More

काठमाडौँ – चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा निर्वाचित भएका छन्। सङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आज सम्पन्न ५७औँ साधारण सभामार्फत महासङ्घको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका हुन्। अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उनले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गरेका हुन्।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौंवासीको हितमा काम नगर्ने भए प्रमुख प्रशासननिक केन्द्र सिंहदरवार अन्यत्र सार्न संघीय सरकारलाई सुझाव दिएका छन् । आफ्नो कार्यमा संघीय सरकारले असहयोग गरेको भन्दै काठमाडौं महानगरले सिंहदरवारसहितका स्थानको फोहोर उठाएको छैन । यसपछि बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगर मेयर शाहको अभिव्यक्ति गैरजिम्मेवार रहेको र आफ्नो जिम्मेवारी पूरा गर्न भनेको थियो । यसपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले काठमाडौंवासीको हितमा काम नगर्ने भए सिंहदरवार अरु पालिकामा सार्न भनेका हुन् । काठमाडौंवासीलाई राजनीतिक नचाहिएको भन्दै उनले काठमाडौंवासीलाई आफ्नो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने बताए । काठमाडौंको हिमा काम गर्न र नगर्ने भए सिंहदरबार नै सार्न…

Read More

काठमाडौँ । पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ। डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ। पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा यहाँको मौसम खासै खुल्न सकेको छैन। विभागका महानिर्देशक शिवलाल तिवारीले जारी गरेको प्रेस विज्ञप्तिमा बारा, पर्सा, चितवनलगायत देशभरका एक सय ४० स्थानमा लागेको डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशको मध्य तथा पूर्वी भागमा वायुको प्रदूषण अत्यधिक बढेको पाइएको छ। प्रदूषण बिहान र बेलुकी अत्यधिक बढेको छ। विज्ञप्तिमा वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट…

Read More

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले अबदेखि खल्ती भएको लुगा लगाउन नपाउने भएका छन्। विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने नेपाल वायु सेवा निगमका कर्मचारीले खल्ती भएको लुगा लगाउन नपाउने भएका हुन् । यात्रुहरूको लगेज फुटेकोजस्ता गुनासा आएपछि निगमले यस्तो निर्णय गरेको हो । ब्यागेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन समेत लगाइएको र लगेजलाई वर्षातको पानीबाट जोगाउन ट्रलीमा छानासमेत लगाएको निगमले जनाएको छ । निगमका अनुसार एयरपोर्टमा कार्यरत कर्मचारीहरूका लागि खल्तीरहित पोसाकको व्यवस्थासमेत गरिएको छ । लगेज सुरक्षार्थ कर्मचारी पनि खटाइएका छन्।

Read More