Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । ‘लम्पी स्किन’ रोगका कारण मकवानपुरमा गाईवस्तु मर्न थालेका छन् । यस रोगका कारण मंगलबारसम्म मकवानपुरमा २७ वटा गाईवस्तु मरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका सूचना अधिकारी डा. आभास कोइरालाले मकवानपुरका ४ वटा पालिकाको विभिन्न स्थानमा यो रोग देखा परेको बताए । सूचना अधिकारी कोइरालाका अनुसार मकवानपुरको कैलाश, मकवानपुर गढी, मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा किसानले पालेको गाईवस्तुमा यो रोग देखा परेको छ । उनले रोगको बारेमा धेरै किसानलाई जानकारी नहुँदा वास्तविक विवरण आफुहरुसँग आइनसकेकाले अन्य पालिकामा पनि यो रोग फैलिएको हुनसक्ने बताए । सूचना अधिकारी कोइरालाले अहिलेसम्म मकवानपुरमा ८ सयको हाराहारीमा…
काठमाडौं । नेकपा एकीकृत समाजवादी ललितपुरका नेताहरू एमालेमै फर्किएका छन्। पार्टी कार्यालय च्यासलमा भएको एक कार्यक्रममा समाजवादीमा प्रवेश गरेका नेताहरूलाई महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन्। एमालेमा फर्किनेहरूमा नेकपा एस जिल्ला कमिटी सचिव सुदर्शन मिश्र, केन्द्रीय निर्वाचन विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य शिलग्राम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, रानुमैया कार्कीलगायत ३९ जना छन्।
चितवन । चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको चितवन प्रहरीले बताएको छ । आगो निभाउन दमकल पुगिसकेको प्रहरीले बताएको छ। चितवन राष्ट्रिय निकुञ्जस्थित जगतपुरमा रहेको उक्त रिसोर्टमा लागेको आगलागी अझै नियन्त्रणमा लिन सकिएको छैन । उक्त रिसोर्टको लबी र रेष्टुरेन्ट क्षेत्रमा आगलागी भएको एक कर्मचारीले बताइन् । आगलागी केही नियन्त्रणमा आए पनि पूर्ण नियन्त्रणमा नआएको पनि उनले जनाइन् ।
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समिति बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । श्रेष्ठ चैत ०७१ देखि सञ्चालक समिति सदस्यका रूपमा कार्यरत थिए । उनी कर्पोरेसन मातहतको मोरङ सुगर लिमिटेडको अध्यक्षका रूपमा समेत कार्य गरिरहेका छन् । सरकारको आंशिक लगानी रहेको साल्ट ट्रेडिङले देशभर नुन बिक्री-वितरणको एकाधिकार लिँदै आएको छ । कर्पोरेसनले विकट जिल्लाहरूमा सरकारी अनुदान लिएर नुन ढुवानीसमेत गर्दै आएको छ ।
सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । गए राती भएको दुर्घटनामा चार भारतीय नागरिकको मृत्यु भएको भने एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२ ः ३० बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । कारमा पाँच जना सवार थिए । मृतक चारै जना पुरुष रहेका छन् । मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको…
काठमाडौँ । वकिल हुँ भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले एक नक्कली वकिललाई ठगी मुद्दामा पक्राउ गरेको प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए। पक्राउ पर्नेमा जाजरकोट छेडागाड नगरपालिका-१२ बस्ने ४९ वर्षीय मानबहादुर सिंह छन्। उनले आफूलाई भरतविक्रम, भक्तबहादुर र भरतबहादुर सिंह भनेर चिनाउने गरेका छन्। अर्कै व्यक्तिको लाइसेन्स नम्बर समेत दुरुपयोग गरी बैंकिङ कसुर मुद्दामा थुनामा रहेका मानिसलाई छुटाउने, मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोप उनीमाथि छ। पटक-पटक गरी उनले ३१ लाख रकम ठगी गरेको खुलेको एसपी रिजालले बताए। उनीबाट विभिन्न चेक, कागजातहरू बरामद भएका छन्। घटनामाथि थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला…
काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी अनलाइन सेवा हाल बन्द छ। सर्भरमा समस्या आएका कारण सेवा प्रभावित भएको भन्दै यातायात व्यवस्था विभागले मङ्गलवार साँझ सूचना जारी गरेको छ। सूचनामा उल्लेख गरेअनुसार विभागबाट सञ्चालित सवारी चालक अनुमतिपत्र सम्बन्धी इडिएलभिआरएस प्रणालीको जिआइडिसी डेटाबेस सर्भरमा समस्या आउँदा सेवा प्रभावित बनेको हो। उक्त सर्भर सिंहदरवारमा छ। सर्भरमा देखिएको समस्याको समाधान काम भइरहेको समेत जारी सूचनामा भनिएको छ। समस्या समाधान नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रभावित रहनेछ।
काठमाडौं । सरकारले आगामी पाँच वर्षसम्म जुगल हिमाल नि:शुल्क आरोहण गर्न दिने भएको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिकमा रहेको सिन्धुपाल्चोकको जुगल हिमाल आगामी पाँच वर्षसम्म नि:शुल्क आरोहण गर्न दिने निर्णय गरेको हो । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित् ६ हजार एक सय ५१ मिटर अग्लो हिमालको पहिलोपटक २०७५ को चैतमा सफल आरोहण भएको थियो ।
काठमाडौँ । सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । छलफलमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् । तीन नेताहरूबीच सत्य निरूपण तथा मेलमिलाप आयोगलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । यसअघि चैत २५ पनि सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच छलफल भए पनि सहमति हुन सकेको थिएन । सभामुख देवराज घिमिरेको पहलमा बसेको बैठकमा सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग…
पर्सा । वीरगन्ज–रक्सौलको मुख्य नाका तीन दिनका लागि चौबिसै घण्टा खुला हुने भएको छ। नयाँ वर्षको उपलक्ष्यमा वीरगन्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको रात्रि बजारका सञ्चालनका लागि भारतबाट नेपाल प्रवेश गर्ने नाका तीन दिनसम्म चौबिसै घण्टा खुला गरिन लागिएको हो । राति १० बजेपछि बिहान ५ बजेसम्म बन्द गरिँदै आएकोमा चैत ३० देखि भने वैशाख २ गतेसम्म वीरगन्ज नाका २४ सै घण्टा खुल्ला गराउन लागिएको हो । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार भारतीय पर्यटकहरूलाई लक्षित गरी महानगरपालिकाले नयाँ वर्षमा अवसरमा आयोजना गर्न लागिएको रात्रिकालीन बजारका लागि वीरगन्ज नाका चौबिसै घण्टा खुला रहने छ । सो बारेमा जानकारी दिँदै…