Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यद्यपि, हेलिकप्टरमा सवार पाइलट भने जीवितै फेला परेका छन् । इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो । हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले बताए । उनका अनुसार विमानमा पाइलट श्री अधिकारी मात्र रहेको र उनी जीवितै फेला परेका थिए ।
काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले उपनिर्वाचनपछि कांग्रेस मधेश सरकारमा सहभागी हुने बताएका छन् । आइतबार बिहान प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खाँणले सत्ता गठबन्धन दलहरूबीच मधेश प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताउँदै वैशाख १० मा हुने उपनिर्वाचनपछि कांग्रेस मधेश सरकारमा सहभागी हुने बताएका हुन् । उनले भने, ‘मधेश प्रदेशसहित अन्य प्रदेशमा पनि सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति भएको हो । उपनिर्वाचन पछि कांग्रेस मधेश प्रदेश सरकारमा सहभागी हुनेछ ।’
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् । शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ । हिजो मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको सङ्ख्या ३५६ जना पुगेका छन् । काठमाडौँ उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन् ।…
नयाँदिल्ली । शुक्रबार दिल्लीको तिहाड जेल बाहिर एउटा अनौंठो दृश्य देखियो । जेल जानका लागि आत्मसमर्पण गर्न आएका कैदीहरूको लामो लाइन मात्रै देखिएन कि जेल भित्र जानका लागि एक आपसमा तछाड मछाड गरेको दृश्य पनि ढोका देखियो । मानौं कारागारमा सबैभन्दा पहिले को प्रवेश ? गर्ने भन्नेमा कैदीबन्दीहरुको बीचमा प्रतिस्पर्धा चलिरहेको छ । वास्तवमा कोरोना महामारीका बेला सर्वोच्च अदालतको आदेशमा ४ हजार ६८३ कैदी रिहा भएका थिए । जसमा ११ सय ८४ कैदी सजाय पाएका थिए भने अन्य बिचाराधिन कैदी थिए । कोरोना महामारीमा बाहिर आउन पाएका मध्ये अधिकांश कैदीले अहिलेसम्म कारागारमा फर्केर गएका थिएनन । तर, गत फागुन २४ गते…
कैलाली । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन् । माओवादी परित्याग गरेर एमाले गएका भट्टलाई भेट्न प्रधानमन्त्री प्रचण्डको उनकै निवासमा पुगेका हुन् । कैलालीको गोदाबरी नगरपालिका–१ अत्तरियास्थित भट्टको निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले उनीसँग राजनीतिकसहितका विषयमा कुराकानी गरेका हुन् । कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार धनगढी विमानस्थलबाट सिधै भट्ट निवास पुगेर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले उनीसँग भेटवार्ता गरेका हुन् । जसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
काठमाडौं । पूर्वी रूकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्मामा बिहीबार मृत फेला परेका दुई बालिकाको हत्या भएको खुलेको छ। स्थानीय ७ वर्षीया कालीमाया बुढा र उनकी ८ वर्षीया दिदी रिना बुढाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई किशारीलाई पक्राउ गरेको छ । गत बुधबार सिस्नो टिप्न हिँडेका दिदीबहिनीको घरबाट २ किलोमिटर पर झुपा खोला भीरमा उनीहरूको शव भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रमुख, डिएसपी अन्जना श्रेष्ठले बालिकाहरूको हत्यामा संलग्न २ जना किशोरी पक्राउ परेको जानकारी दिईन् । डिएसपी श्रेष्ठका अनुसार हत्या भएका २ बालिकाले एक तोला बराबरको सुनका गहना लगाएका थिए। त्यही गहनाकै लोभमा किशोरीहरूले बालिकाको…
जनकपुरधाम । सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ । बोदेबर्साइन नगरपालिका(६ खामगडाका ५५ वर्षिय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका-७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका थिए । ज्वाइँको कुटपिटबाट नाक, मुख, टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका उनलाई स्थानीय जीवन ज्योति अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि धरान लगिएको थियो । स्वास्थ्यमा सुधार हुँदा गत चैत १८ गते घर फर्केर औषधि खाइरहेका उनको शनिबार दिउँसो मृत्यु भएको…
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आइतबार हुँदैछ । जिल्ला अदालत काठमाडौंले लामिछाने बिरूझकाे बलात्कारको जारी मुद्दाको पेसी आइतवारका लागि तोकिएको हो । अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्धालाई प्राथमिकतामा राखिएको छ । लामिछानको मुद्धाको फैसाला गरेका न्यायधिस केशवप्रसाद घिमिरेको इजलासमा गत बुधवार सुनुवाइ हुने तय भएपछि उनका कानुन व्यावसायीको अनुरोधमा रोकिएको थियो । पुनः सुनवाईका लागि पेशी तोकिएको भए पनि समयसिमा अभावका कारण गत बिहिवार सुनवाई हुन सकेको थिएन । सर्वोच्च अदालतले सो मुद्धाको चाडो किनारा लगाउनका लागि निर्देशन दिए अनुसार आजै फैसाला आउन सक्ने सम्भावना रहेको छ । एक किशोरी माथी…
जुम्ला । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरिएको छ। नेकपा (माओवादी केन्द्र) जुम्लाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको हो। माओवादी निकट दलित मुक्ति मोर्चाको हालै सम्पन्न जिल्ला सम्मेलनका क्रममा ती जोडीलाई सम्मान गरिएको माओवादी केन्द्र जुम्लाका इन्चार्ज नरेश भण्डारीले बताए। माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका अध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो। अध्यक्ष नेपालीले भने, ‘विद्यमान अवस्थामा उहाँहरूलाई ताकत दिन हौसला प्रदान गर्न गरिएको छ।’ कार्यक्रममा दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधि र कर्मचारीलाई समेत सम्मान गरिएको छ। पार्टीले समाजमा विभेद भइरहेकै समयमा प्रोत्साहन गर्ने उद्देश्यले यो काम गरिएको दलित…
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं.४ का भक्तमाया ७२ वर्षको उमेरमा नेपाली नागरिक बनेकी छिन् । ७२ वर्ष लामो जीन्दगी हिमगंगाको माटोमा बिताईसकेकी उनले नेपाली नागरिकता लिएकी थिईनन । भक्तमायालाई प्रमुख जिल्ला अधिकारी अनिता निरौला नेतृत्वको टोलीले घरमै पुगेर नागरिकता दिए पछि उनि आधिकारिक नेपाली नागरिक बनेकी हुन् । भक्तमायाले जीवनका ७२ वसन्त एक्लो जीवन काटेकी छिन् । परिवारको नाममा एक बहिनि र भाई छन् । भाई पनि अशक्त छन, अशक्त भाई भक्तमायालाई छाडेर छुट्टिएर बसेका छन् । भक्तमाया र उनकी बहिनि मैया सँगै बस्दै आएका छन । उनको भागमा परेको थोरै खेतले केहि महिना खान त पुग्छ तर…